Friday, April 17News That Matters

स्थानीय

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १७ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशन एवं साधारण सभाले आज चाहारको अध्यक्षतामा ११ सदस्सीय पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई, कोषाध्यक्षमा सरिता राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा रघुनन्द राई, जेपि राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय, गोपाल आचार्य निर्वाचित हुनु भएको छ भने अन्य दुई जना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष चाहारले जानकारी दिनुभयो । यस्तै लेखा सुपरिवेक्षण समितिमा कबिकुमार राई र ध्रुव श्रेष्ठ निर्वाचित हुनुभएको छ । पुर्व जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष नुरकाजी सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले आर्थिक बर्ष २०७८\७९ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आ.व २०७७\७८ को खर्च अनुमोदन तथा २०७८\७९ को लागि प्रस्ताबित ...
काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना भएको छ । ना १ ज ४९५६ नम्बरको सुमो मध्य पाहाडि लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका ७ गुँरासेमा अन्यत्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । आज करीब साँझ ५ बजे भएको दुर्घटनामा सुमोमा सवार ७ जनानै घाइते भएका छन । घाइते मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दुईका ६२ बर्षका काजिमान राईको दाहिने हातको ३ वटा औला चुट्टिएको छ । १ बर्षका नाबालक सहित अन्य ६ जनालाई सामान्य चोट लागेको छ । घाइतेको इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले उद्दार गरी ओमबाबा पोलिक्लीनिक मेडिकल हलेसीमा उपचार भईरहेको छ । सुमो चाल फरार रहेको प्रहरीको भनाई छ ।...
दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका करिब एक हजार कृषकले दुई लाख सम्म कर्जा पाउने भएका छन । अब कृषकले बैंकबाट ५ वर्षका लागि प्रतिकृषक बढिमा २ लाख सम्म सहुलियतपूर्ण कर्जा स्वीकृत गरी कृषीमा लगानी गर्न पाउने नगरपालिकाकी उपमेयर बिणादेवी राईले जानकारी दिनुभयो । उपमेयर राईका अनुसार कृषकलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने लक्ष्यका साथ नगरपालिका, ग्लोवल आइएमई बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि बिच कर्जा सहजीकरण सम्वन्धी समझदारी गरिएको छ । कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर कृषक निर्माणका लागि आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्वोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले बुधबार त्रि–पक्षीय समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । ...
जन्तेढुंगा गाउँपालिकामा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय

जन्तेढुंगा गाउँपालिकामा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, पुस १४ । आज देशैभर बर्षासँगै हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । खोटाङका रुपाकोट, टेम्केडाँडा, बहानेपोखरी, मैयुङडाँडा, लगायतका उच्च स्थानमा सामान्य हिमपात भएको छ भने अन्य ठाउँमा भारी बर्षाका कारण चिसो अत्याधिक बढेको छ । चिसो बढेसँगै खोटाङको जन्तेढुंगा गाउँपालिकाले एक हप्ताका लागि विद्यालय बन्द गरेको छ । गाउँपालिकाले पुस १५ अर्थात भोली देखि पुस २३ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । चिसोले बालबालीका र बृद्धबृद्धालाई बढी असर गर्ने भएको हुँदा देशैभर विद्यालय बन्द गर्न विज्ञले सुझाव दिएका छन । यता जन्तेढुंगा गाउँपालिकाले पनि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने निर्ण गरिएको गाउँपालिकाले जनाएको छ ।...
प्रहरीटोलीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई बुझायो

प्रहरीटोलीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई बुझायो

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, पुस १३ । खोटाङमा प्रहरीले भेट्टाएको मोबाइलफोन सम्बन्धित ब्यक्तिलाई दिएको छ । इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले भेट्टाएको फोन सम्बन्धित ब्यक्तिलाई दिएको हो । आज राती बिहान २ बजे प्रहरी टोलीले हलेसी मन्दिरमा नोकिया कम्पनीको उक्त मोबाइल फोन भेट्टाएको थियो । मोबाइल सोहि स्थानका मनोज गिरीको रहेको थाहापाएपछि प्रहरीले सम्बन्धित ब्यक्ति गिरीलाई फोन बुझाएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।...
जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...
यस्ता छन् एमाले खोटाङको १३औँ पूर्ण बैठकका निर्णय

यस्ता छन् एमाले खोटाङको १३औँ पूर्ण बैठकका निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ११ । नेकपा एमाले खोटाङको १३ औँ पूर्ण बैठकका निर्णय सार्वजनिक भएको छ । पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा शनिबार बसेको बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । बैठकले पार्टीको यही पुस २३ गते हुने जिल्ला अधिवेशन लक्षित विभिन्न निर्णयहरू गरेको छ । बैठकले २३ औँ जिल्ला अधिवेशनको नारा ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔँ : विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले बनौँ’ भन्ने तय गरेको छ । जिल्ला अधिवेशन स्थल जिल्ला खेलकुद विकास समितको कभर्ड हल, माटिकोरे तोकेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमिति पनि गठन गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएको छ भने मूल व्यवस्थापन समिति संयोजकको जिम्मा देवविक्रम राईलाई दिइएको छ । यस्तै सांगठानिक प्रतिवेदन लेखन उपसमितिको...
नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ११ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी हुनुुभएको छ । सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १४१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । अध्यक्षका लागि जम्मा ६४७ मत खसेकोमा ४ मत बदर भएको थियो । अध्यक्षमा विजयी राईले ३८८ र प्रत्याशी राईले २४७ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ खोटाङको जिल्ला कार्यसमिति सह-सचिव हुनुहुन्थयो । उहाँ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ । यस्तै खुला उपाध्यक्षमा ३१५ मत ल्याएर सुमन खत्री विजयी हुनुभएको छ । खुुला उपाध्यक्षका अरू दुई उम्मेद्वार पवनकुमार बस्नेतले २०७ र ज्ञानेन्द्रकुमार राईले ६८ मत ल्याउनुभयो । यस्तै महिला उपाध्यक्षमा मुना चौलागाईं सर्वाधिक ४...
वुइपा स्वास्थ्य चौकीमा गर्भवती र सुत्केरीलाई प्रयोगशाला सेवा निःशुल्क

वुइपा स्वास्थ्य चौकीमा गर्भवती र सुत्केरीलाई प्रयोगशाला सेवा निःशुल्क

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ९ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१४ स्थित वुइपा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु भएको छ । आधारभूत स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । वडाको माग अनुसार नगरको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा ल्याबका लागि आवश्यक उपकरण उपलब्ध गराएको हो । ल्याबको बिहिबार नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमयेर विणादेवी राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य चौकीमा ल्याब सञ्चालनपछि बिरामीलाई न्यूनतम मूल्यमा सेवा उपलब्ध हुने वुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । रगत, दिसा पिसाब जाँच लगायत २० प्रकारका स्वास्थ्य सेवा ल्याबबाट उपलब्ध हुुने स्वास्थ्य चौकीले जनाएको छ । गर्भवती र सुत्केरी महिलालाई प्रयोशाला सेवा निःशुल्क हुने स्वास्थ्य चौकीकी ल्याब असिस्टेन्ट अमिता श्रेष्ठले जानकारी दिनुभ...
रावाबेसीका कृषकलाई आधुनिक कृषि औजार प्रयोग सम्बन्धि तालिम

रावाबेसीका कृषकलाई आधुनिक कृषि औजार प्रयोग सम्बन्धि तालिम

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ९ । जिल्लाको रावाबेसी गाउँपालिकाले कृषकलाई आधुनिक कृषि औजार उपकरण सञ्चालन तथा व्यवस्थापन सम्बन्धि दुई दिने आधारभूत तालिम प्रदान गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा हिजो र आज कृषि औजार उपकरण वितरण गरिएका २२ कृषक समुहका ३५ जना कृषक सहभागी गराई तालिम प्रदान गरिएको हो । तालिमको हिजो रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गर्नुभएको थियो । कृषिमा व्यावसायीकरणका लागि आधुनिक कृषि औजार उपकरणको उपयोग अपरिहार्य भएकाले तालिम आयोजना गरिएको गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख मुगाधन राईले जानकारी दिनुभयो । तालिममा खोटाङ एग्रोट्रेड एण्ड सप्लायर्सका प्रबन्धक धर्मराज राई, कृषि औजार प्राविधिकहरू दीपक राई र नेत्र राइले सहजीकरण गर्नुभएको थियो । आधुनिक कृषि औजार उपकरण सञ्चालन तथा व्यवस्थापनबारे जानकारी गराई कृषि उपकरणको प्रभावकारी प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले...