कुभिण्डेको गोपिनीमा साङ्गे छयोइलिङ गुम्बा
खोटाङ, वैशाख २७ । खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डे दम्कु गोपिनीमा बौद्ध धर्मावालम्बीहरुको गुम्बा निर्माण गरिएको छ । स्थानीय सरकार र सहयोगीतादाताहरुबाट रकम संकलन गरेर साङ्गे छयोइलिङ गुम्बा निर्माण गरिएको स्थानीयले जनाएका छन् ।
गुम्बा निर्माण सम्पन्न भएसँगै बुधबार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ । रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र उपाध्यक्ष कौशिला गुरुङले संयुक्त रुपमा गुम्बाको उद्घाटन गर्नुभएको हो । गाउँपालिको आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित ४ लाख, आर्थिक वर्ष २०७९/०८० मा विनियोजित ६ लाख र ४५ जना दाताबाट संकलित ९ लाख ७५ हजार ११० रुपैयाँ गुम्बा निर्माणमा लगानी भएको गुम्बा निर्माण उपभोक्ता समितिका सचिव पर्शुराम तामाङले बताउनुभयो ।
गुम्बा भित्र बुद्धकोसहित तीनवटा मुर्ती राखिएको छ । बाकी रहेको ६० हजार १३० रुपैयाँ बजेट गुम्बा वरपर घेराबारा, शौचालय, पिउने प...








