Monday, August 24News That Matters

धर्म संस्कृति

हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु

हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, असार २१ । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले शिक्षा ऐन बनाएका छन् । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । हराउन लागेका अर्थात लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वद्र्धनमा नगरपालिका जुटेको हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख भाषा घोषणा गरेको छ । लोपोन्मुख भाषा संरक्षणकालागि भाषा आयोगसँगको समन्वयमा हलेसी तुवाचुङ नगरपालिकाले लगानि गरेर यस अघि बाटै अनौपचारिक रुपमा तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । भर्खरै मात्र तेस्रो चरणको ४५ दिने कक्षा...
पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

Banner News 1, अर्थ, ताजा अपडेट, धर्म संस्कृति, समाज, स्थानीय
खोटाङ, असार ११ । पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान गरिएको छ । त्रिधार्मिक तपोभूमि हलेसी महादेव मन्दिर दर्शनका लागि आउने पर्यटकको गणनालागि मन्दिरको गेटमा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । माछापुच्छ्रे बैंक हलेसी शाखाको सहयोगमा मासिक तथा वार्षिकरुपमा हलेसिमा भित्रने धार्मिक पर्यटकको तथ्याङ्क संकलन गर्न मानिस गणक मेसिन जडान गरिएको हो । जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज रिबन काटेर उद्घाटन गर्नुभएको छ । मेसिन उद्घाटन कार्यक्रममा प्रमुख राईसँगै उप–प्रमुख रमेश कुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरी लगायतको उपस्थिती रहेको थियो ।...
मनोकांक्षा पुरा भएकोमा हलेसी मन्दिरलाई सुनको त्रिशुल

मनोकांक्षा पुरा भएकोमा हलेसी मन्दिरलाई सुनको त्रिशुल

अर्थ, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ ३१ । आफ्नो मनोकांक्षा पुरा भएको भन्दै एक युवाले हलेसी मन्दिरमा सुनको त्रिशुल चढाउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार निवासी (हाल ब्रिटिश आर्मी) प्रमेश राईले ६ आना २ लालको सुन त्रिशुल चढाउनु भएको हो । यस्तै हलेसी मन्दिरमा ६ दिनमा १ लाख १८ हजार ४ सय २० रुपैयाँ भेटी संकलन भएको छ । जेठ २४ गतेदेखि जेठ ३० गतेसम्म सो भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । संकलन भएको भेटी मध्ये ४६ हजार १ सय ५५ बिरामीलाई आर्थीक सहयोग, पानी, दुध, दहि, खाजा, भेटी गणना, अतिथि खर्च लगायत अन्यमा खर्च भएको छ । बाकी रहेको ७२ हजार २ सय ६५ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा बैंकमा जम्मा भएको सूचना केन्द्रले जनाएको छ ।...
१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

अर्थ, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ २६ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसी मन्दिरबाट १५ दिनको अवधिमा करिब ४ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । जेठ ९ गतेदेखि २३ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ३ लाख ८५ हजार ७ सय २० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट २ लाख २१ हजार ५ सय, मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ८५ हजार १ सय २० र बसाहा गुफामा रहेको दानपेटिकाबाट ७९ हजार १ सय रुपैयाँ भेटी संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । भेटीको रकमबाट हलेसी बजारलगायतका क्षेत्र र मन्दिरमा रहेको सार्वजनिक शौचालयको हचको सरसफाइ, बिजुली र पानीको महसुल, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कारलगायतमा १ लाख ६७ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । खर्च कटौतीपछि बाँकी रहेको रकम...

किराँत पोसाकमा सजिएका मान्छे, रमाएको तुवाचुङ डाँडो

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडा किराँत पोसाकले रङ्गिएको छ । करीब १४ वर्ष यता वर्षमा एक पटक किराँत पोसाकले रङ्गिदै आएको यो डाँडा कोरोना भाइरस (कोभिड–१९) को कारण बिगत दुई वर्ष रङ्गिन पाएको थिएन् । तर यो वर्ष पुनः तुवाचुङ डाँडाले आज एक दिन आफ्नो रङ्ग परिवर्तन गरेको छ । तुवाचुङ जयाजुम संरक्षण समितिको आयोजनामा भएको साकेला सिल्ली नाँचका कारण तुवाचुङ डाँडाले आफ्नो मुहार फेरेको हो । किराँती सांस्कृतिक थलो तुवाचुङ डाँडा किराँती पुर्खा तोयामा, खियामा र रैछाकुले बसेको भन्ने मान्यता छ । जसकारण किराँत उद्गम आदिम भुमि तुवाचुङ डाँडालाई मानिदै आएको किराँत समुदायको भनाइ छ । वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बसाइँ सर्ने भएकाले उधौली भन्ने चलन छ । जसअनुसार किराँत समुदायले ...
जेठ २१ गते तुवाचुङ डाँडामा साकेला नाँच्न जाने हैन त ?

जेठ २१ गते तुवाचुङ डाँडामा साकेला नाँच्न जाने हैन त ?

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडामा साकेला सिल्ली चण्डि नाँच प्रदर्शन हुनेभएको छ । जेठ २१ गते शनिबार वैशाख पुर्णिमाको औशिको पञ्चमी तिथीको अवसरमा साकेला नाँच प्रदर्शन हुन लागेको हो । किराँत उद्गम आदिम भुमि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा हुन लागेको साकेला नाँचको प्रमुख अतिथिको रुपमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई र बिशिष्ट अतिथीको रुपमा उपप्रमुख रमेश कुमार राउत रहनु हुनेछ । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई समेत सोही कार्यक्रम दिने आयोजकले जनाएको छ । जिल्लाका अन्य सबै पालिकाका प्रमुख र उपप्रमुखलाई समेत निम्ता गरिएको तुवाचुङ जायजुम संरक्षण समितीका केद्रिय अध्यक्ष राकेश राईले जानकारी दिनुभयो । २०७९ सालको उभौलि तोयामा खियामा रैछाकुलेको सामुहिक तिन चुला पुजा साकेला सिल्ली चण्डि नाच धामि झाक्रि ढोल झ्याम्टा सहित प्रदर्शन हुने अध्यक्ष राईले बत...
हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

Banner News 3, अर्थ, धर्म संस्कृति
खोटाङ, २४ वैशाख । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको पवित्र सङ्गमस्थल हलेसी मन्दिरबाट १९ दिनमा ११ लाख बढी भेटी सङ्कलन भएको छ । २०७९ वैशाख १ गतेदेखि १९ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकले ११ लाख २६ हजार ९६ रुपैयाँ भेटी चढाएका हुन् । हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईकाअनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ७ लाख ७३ हजार ५ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६९ हजार ६ सय, रुद्री, पुराण, लाखबत्ती र अन्य सहयोगबाट २ लाख ८२ हजार ९ सय ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । भेटीबापतको आम्दानीबाट विद्युत, पानी, रुद्री, पुराण, लाखबत्तीको रसिद कटाएबापतको खर्च, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कार र अन्य गरी १ लाख ४० हजार ६ सय ३४ रुपैयाँ खर्च गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम ९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ माछापुच्छ्रे बैङ्क, हलेसी शाखामा...
हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने

हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, माघ २७ । तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने भएको छ । माघ ७ गतेदेखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको मन्दिर फागुन १ गतेदेखि खुलाउने निर्णय भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो । जिल्लामा तेस्रो लहरमा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर बन्द गरिएको थियो । दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने हुँदै आएको थियो । यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिना पछि गत भदौमा खोलिएको थियो । धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ...
हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन

हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, मङ्सिर २६  । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १७ दिनमै ८ लाख बढी भेटी संकलन भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र रहेको हलेसीमा गत मङ्सिर ६ गतेदेखि २२ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ८ लाख ३९ हजार १ सय ९७ रुपैयाँ भेटी संकलन भएको हो । हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा शिव–पार्वती थानबाट ५ लाख २९ हजार ४ सय ५, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ३१ हजार ३ सय ४५, बसाहा गुफा दान पेटिकबाट ३९ हजार ६ सय, गणेश मन्दिर दान पेटिकाबाट २६ हजार १ सय रुपैयाँ भेटी संकलन भएको छ । यस्तै भक्तालुले चढाएको चामल बिक्रीबाट १४ हजार ८ सय ८० रुद्री लाख बत्तीलगायत अन्य सहयोगबाट १ लाख ९२ हजार २ सय ७७, र ढ्याक्के पैसा ५ हजार ५ सय रुपैयाँ संकलन भएको छ । यसैगरी यस अवधिमा मन्दिर दर्शनार्थीले भा.र...
दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

दोस्रो हलेसीको नामले परिचित हौँचुरको जुडिमा भक्तजनको भिड (फोटो फिचर)

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ मङ्सिर १७ : हरेक बर्षको बालाचतुर्दशीको अवसरमा जुडिमा हजारौ भक्तजनहरुको भिड लाग्ने गरेको छ । कोरोना भाईरसको कारण अघिल्लो बर्ष जुडिमा मेला लाग्न सकेको थिएन । यो बर्ष भने जुडिमा भब्य मेला लागेको छ । खोटाङको दोस्रो हलेसीको नामले परिचित जुडि जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुरमा अवस्थीत छ । साँघुरो बाटो भएको कारण खेत भन्दा माथी भिरमा रहेको जुडि गुफामा जान पहिले निकै कठिन थियो । तर अहिले गाउँपालिका र वडाकार्यलयले बजेट बिनियोज गरेर गुफा सम्म जान सिढी निर्माण गरिदिएको छ । शौचालय र खानेपानीको धाराको ब्यवस्था पनि गरेपछि जुडिको रौनक थपिएको छ । हरेक बर्षको बालाचतुर्दशीका दिन मेला लाग्दै आएको जुडिमा दर्शन गर्दा मनले चिताएको पुरा हुने जनबिश्वास रहिआएको छ । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल जुडिको अझ प्रचार प्रसार गर्नसके आन्तरिक एवं बाह् पर्यटकको गन्तव्य स्थान बन्न सक्न...