हलेसी तुवाचुङका ९४ किसानले पाए भैसी, दुध विक्री गर्न नगरपालिकाले डेरी सञ्चालनमा ल्याउदै
खोटाङ, चैत ९ । अघिल्लो वर्ष ४४ जना किसानलाई भैसी वितरण गरेको हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष थप ५० किसानलाई भैसी प्रदान गर्ने भएको छ । नगरपालिकाको “भैसी प्रवद्र्धन कार्यक्रम” अन्तरगत थप ५० किसानले भैसी खरिदका लागि शुक्रबार सम्झौता गरेका हुन् ।
किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यले दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ भैसी प्रदान गर्ने नगरपालिकाको नीति छ । सोही अनुसार अघिल्लो वर्ष दुई माउ भैसी पालिरहेका ४४ जना किसानलाई नगरपालिकाले एक माउ भैसी दिएको थियो । उनीहरुले अहिले तीन माउ भैसी पालेर दुध उत्पादन गर्दै विक्री वितरण गरिरहेका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ मा थप ५० जना दुई माउ भैसी पालिरहेका किसानले एक माउ भैसी पाउदै छन् । शुक्रबार भएको सम्झौता अनुसार किसानले उन्नत जातको भैसी खरिद गरेर ल्याउने छन् । त्यसको ८० प्रतिशत अर्थात ८० हजार नगरपालिकाले किसा...







