आमा र बच्चाको स्वास्थ्यको लागि धितुङमा “सुत्केरी भेटघाट” कार्यक्रम
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा वडा कार्यालय र आमा समुह मिलेर “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरेका छन् । आमा र शिशुको स्वास्थ्यको लागि “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
“सुत्केरी भेटघाट” कार्यक्रम अन्तरगत वडा भित्र सुत्केरी भएका महिलाहरुलाई भेट्न आमा समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकाहरु जाने गरेका छन् । कुखुराको भाले, अण्डा, गाउँ घरमा उत्पादन भएका चामल, दाल, सागपात, गुन्द्रुक, फलफुल लगायतका पोषिलो परिकार लिएर सुत्केरी भेट्न जाने गरिएको छ । कुखुराको भाले र एक क्यारेट अण्डा वडा कार्यालयकोतर्फतबाट र अन्य खाने कुरा आमा समुहहरुले संकलन गरेर सुत्केरी भेट्न जाने गरिएको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।
सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको लागि यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । ‘आमा र बच्चाको स्वास्थ्यक...









