Sunday, October 25News That Matters

समाज

विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १९ गते । पाँच वर्ष अघि ठगिएका खोटाङका ६ जना ब्यक्तिले अझै पनि रकम फिर्ता पाएका छैनन् । विदेश पठाइदिन्छु भन्दै खोटाङ सोल्माका प्रेम पुरीले उनिहरुसँग रु ८ लाख ९५ हजार लगेका थिए । विदेश पठाइदिने बहानामा रकम लिएर फरार भएका पुरीले हालसम्म रकम फिर्ता गरेका छैनन् । २०७५ सालमा पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भन्दै दिक्तेलका इन्द्र बहादुर खड्का (माइकल), कर्ण बहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट रु ५०–५० हजार र सोम बहादुर भण्डारीबाट रु ३५ हजार लिएका थिए । दिक्तेलकै बाबुराम खड्काबाट जापान पठाइदिन्छु भन्दै रु ६ लाख ६० हजार लिएका थिए । तर पुरीले विदेश नपठाइ रकम लिएर फरार भएको पीडितहरुको गुनासो छ । उनिहरुले आईएमई र मोबाइल बैंकिङमार्फत पुरीलाई रकम पठाएका थिए । उक्त पैसा पठाएको रकमको प्रमाणसहित सम्बन्धित निकायहरुमा लामो समयदेखि धाए पनि रकम फिर्ता नपाएको उनिहरुको दुखेसो छ । खोटा...
६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १८ । चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म खोटाङबाट ४ हजार बढी नागरिक विदेश गएका छन् । साउनदेखि पुषसम्म ६ महिनामा ४ हजार १ सय ६६ जनाले वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएका हुन् । साउनमा ६६५ जना, भदौमा ६७२ जना, असोजमा ७२७ जना, कात्तिकमा ४५४ जना, मंसिरमा ८२३ जना र पुषमा ८२५ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रबाशन सामी कार्यक्रमले जनाएको छ । जसमा महिला ३९२ र पुरुष ३ हजार ७७४ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जिल्लाका ९ हजार ८०६ जनाले वैदेशिक रोजगारिको लागि श्रम स्वीकृति लिएको सामी कार्यक्रमका जिल्ला संयोजक सन्तोष कुमार राईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जानको लागि अन्तिम प्रक्रिया श्रम स्वीकृति हो । जसकारण चालू आर्थिक वर्षको हालसम्म ४ हजार बढी नागरिक विदेश गएको संयोजक राईले बताउनुभयो । उनिहरु प्राय खाडी मुलुक, मलेसीया लगायतका देश गएका छन् । तथ्यांक अनु...
आमा र बच्चाको स्वास्थ्यको लागि धितुङमा “सुत्केरी भेटघाट” कार्यक्रम

आमा र बच्चाको स्वास्थ्यको लागि धितुङमा “सुत्केरी भेटघाट” कार्यक्रम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा वडा कार्यालय र आमा समुह मिलेर “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरेका छन् । आमा र शिशुको स्वास्थ्यको लागि “सुत्केरी भेटघाट” कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । “सुत्केरी भेटघाट” कार्यक्रम अन्तरगत वडा भित्र सुत्केरी भएका महिलाहरुलाई भेट्न आमा समुह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकाहरु जाने गरेका छन् । कुखुराको भाले, अण्डा, गाउँ घरमा उत्पादन भएका चामल, दाल, सागपात, गुन्द्रुक, फलफुल लगायतका पोषिलो परिकार लिएर सुत्केरी भेट्न जाने गरिएको छ । कुखुराको भाले र एक क्यारेट अण्डा वडा कार्यालयकोतर्फतबाट र अन्य खाने कुरा आमा समुहहरुले संकलन गरेर सुत्केरी भेट्न जाने गरिएको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको लागि यो कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ । ‘आमा र बच्चाको स्वास्थ्यक...
विदेशबाट आएर जसले गाउँको विद्यालयलाई दिए नगद पाँच लाख र एक रोपनी जग्गा

विदेशबाट आएर जसले गाउँको विद्यालयलाई दिए नगद पाँच लाख र एक रोपनी जग्गा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा चारबोटेस्थित डिकुवा आधारभूत विद्यालयले नगद पाँच लाख पाँच रुपैयाँ र एक रोपनी जग्गा निःशूल्क प्राप्त गरेको छ । डिकुवा घर भइ हाल बेलायत बस्दै आउनुभएका बाबुराम राईले विद्यालयलाई नगद र जग्गा प्रदान गर्नुभएको हो । राईले विद्यालयमै उपस्थित भएर नगद रकम हस्तान्त्रण गर्नुभएको प्रधानाध्यापक प्रमेश कुमार राईले जानकारी दिनुभयो । यस्तै, राईका वुबा बल्लशेर राई र आमा कमलादेवी राईको स्मारक, सरस्वती देवीसहितको विद्यालयमा निर्माण गर्नुभएको प्रधानाध्यापक राईले बताउनुभयो । स्व. बल्लशेर राईले उक्त विद्यालय स्थापना गर्नुभएको थियो । जसकारण वुबा र आमाको नाममा विद्यालयलाई जग्गा र नगद प्रदान गरिएको राईको परिवारले जनाएको छ । राईले प्रदान गर्नुभएको रकम विद्यालयको कोषमा राखिएको छ । उक्त रकम लगानि गरेर प्राप्त ब्याजबाट निजी शिक्षकलाई तलब प्रदान गर्ने प्रधानाध्या...
गाईघाट–दिक्तेल सडक निर्माण सुरु भएको २९ वर्षमा पनि कालोपत्रे हुन सकेन

गाईघाट–दिक्तेल सडक निर्माण सुरु भएको २९ वर्षमा पनि कालोपत्रे हुन सकेन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ ९ । सगरमाथा लोकमार्ग निर्माण सुरु भएको तीन दशक पुग्नै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिल्यान्यास गरेर सगरमाथा लोकमार्ग निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भएको तीन दशक पुग्न लाग्दा ३० किलोमिटर पनि सडक कालोपत्रे हुन नसकेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख संजिवकुमार मिश्रले बताउनुभयो । ठेकेदार कम्पनीका कारण हालसम्म सडक कालोपत्रे हुन नसकेको उहाँको भनाइ छ । लोकमार्ग अन्तरगत गाईघाट देखि दिक्तेलसम्मको सडक कालोपत्रेको लागि विभिन्न चरणमा ठेक्का लागेको थियो । तर निर्माण कम्पनीको लापारबाहिको कारण सडक अहिले अलपत्र अवस्थामा छ । सम्झौता अनुसार काम सम्पन्न भएको भए हाल सडक कालोपत्रे भएर चिल्लो हुने थियो । तर सडकमा अहिले बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुमाल्लेहुँदा सवारी साधन आवतजावत गर...
रावा बेसी : पाठेघरको समस्या भएका महिलाहरुको गाउँपालिकाले निःशूल्क उपचार गरिदिने

रावा बेसी : पाठेघरको समस्या भएका महिलाहरुको गाउँपालिकाले निःशूल्क उपचार गरिदिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ७ । खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क उपचार गरिदिने भएको छ । पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेसनसहितको निःशूल्क उपचार गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । गाउँसम्म पुगेर पाठेघरको समस्या भएका महिलाहरुको पहिचान गर्न र उनिहरुको उपचारका लागि गाउँपालिकाले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँग सम्झौता गरेको छ । जसअनुसार पाठेघरको समस्या भएर उपचार नपाएका महिलाहरुको निःशूल्क उपचार हुने गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । गाउँ घरमा धेरै महिलाहरु पाठेघरको समस्याले ग्रसीत भएकाले उनिहरुको निःशूल्क उपचारका लागि व्यवस्था मिलाइएको उहाँको भनाइ छ । पाठेघरको समस्या भएका महिलाहरुको पहिचानको लागि गाउँपालिकाको दुई ठाउँमा शिविर आयोजना गर्ने तयारी गरिएको जनाइएको छ । शिविरमा पहिचान भएका महिलाहरुलाई श्रीरमेमोरीयल अस्पताल बनेपामा लग...
भाडाको घरमा बस्दै आएको बाहुनीडाँडा स्वास्थ्य चौकी अब आफ्नै भवनमा

भाडाको घरमा बस्दै आएको बाहुनीडाँडा स्वास्थ्य चौकी अब आफ्नै भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ६ । भाडाको घरमा रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बाहुनीडाँडा स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको छ । नयाँ भवन निर्माण भएसँगै स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको हो । २ तले आरसिसि स्वास्थ्य चौकीको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मेयर राईसँगै उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण भाडाको घरमा बस्न बाध्य स्वास्थ्य चौकीले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । विगतमा तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । उक्त भवन भत्काएर वडाको नयाँ भवन निर्माण गर्न थालेपछि स्वास्थ्य चौकीलाई मासिक ५ हजार भाडामा सारिएक...
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम रावा बेसीमा सम्झौता

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम रावा बेसीमा सम्झौता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनकालागि गाउँपालिका र करुणा फाउण्डेसन संस्थाबीच शुक्रबार सम्झौता भएको हो । कोशी प्रदेश सरकार, स्थानीय सरकार र फाउण्डेसनको संयुक्त लगानिमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । शुक्रबार गाउँपालिकाको कार्यालयमा भएको सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष फटिक कुमार श्रेष्ठ र फाउण्डेसनको तर्फतबाट व्यवस्थापक सन्तोष धिमिरेले हस्ताक्षर गर्नुभएको छ । रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी र फाउण्डेसनका वरिष्ठ अधिकृत गिता त्वानावासु, विक्रम बस्नेत र पालिका संयोजक राकेश खड्का रहनुभएको छ । कार्यक्रम सम्झौतासँगै कार...
फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन

फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २८ । खोटाङको रावा बेसी गाउँपालिका-२ खार्पास्थित रावा क्याम्पसको नयाँ संचालक समिती गठन गरिएको छ । शनिबार भएको क्याम्पसको तेस्रो सभाले फटिक कुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिती गठन गरेको हो । रावा बेसी गाउँपालिकाका अध्यक्षसमेत रहनु भएका श्रेष्ठलाई सभाले सर्वसम्मत क्याम्पस संचालन समितिको अध्यक्षमा चयन गरेको छ । समितीको उपाध्यक्षमा राजन मगर चयन हुनु भएको क्याम्पस प्रमुख दिपक पोखरेलले जानकारी दिनुभएको हो । यस्तै, सदस्यहरुमा भुपराज पाेखरेल, लिलानारायण श्रेष्ठ, भुमिदक्त दाहाल, पुण्य कुमारी मगर, सिता कट्वाल, यज्ञनारायण श्रेष्ठ, गिता देवी पाेखरेल र सदस्य सचिवमा क्याम्पस प्रमुख पोखरेल रहनु भएको छ । क्याम्पसको विधान अनुसार यो समितीको कार्यकाल तीन वर्षको रहनेछ । सम्पन्न तेस्रो सभामा खोटाङका संघीय सांसद रामकुमार राई (पासाङ), प्रदेश सभा ´क` का सांसद पाँचकर्ण राई लगायतको उपस्थिति रहेको थिय...
खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे

खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २५ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो । मंगलबार राती करीब ८ः१५ को समयमा सुरु भएको आगो राती १२ बजे मात्र नियन्त्रणमा आएको थियो । गोठमा परालको कुनिउँ भएकाले आगो नियन्त्रण गर्न समस्या भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको २ तले घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको उहाँको भनाइ छ । घरसँगै अन्नपात, भाँडाकुडा, लत्ताकपडा, नगद पैसा सबै जलेर नष्ट भएको छ । गोठमा राखिएको ४५ वटा बाख्रा पनि आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन् । भैँसीको अर्को पाडोे जलेर मरे...