युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा सडक स्तरोन्नती धमाधम
खोटाङ, पुस १४ । युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । ४ किलोमिटर लम्बाई रहेको उक्त सडक ६ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको काम भइरहेको हो ।
बाम्राङस्थित सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पूर्वलाहुरे तथा उनीहरुका परिवार गरी २७ जनाले रु १६ लाख ७७ हजार आर्थिक सहयोग गरेका छन् । हाल अन्य देशमा रहेका सामातुङ्गेहरुले पनि सहयोग रकम पठाउन थालेको श्रम समितिका संयोजक एबं पूर्ववडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । रकम संकलनसँगै श्रमदानको काम पनि अहिले धमाधम भइरहेको छ ।
जेसिभि र डोजरले गर्ने वाहेकका कामका लागि सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०÷१० दिन श्रमदान गर्ने नीति बनाइएको छ । जसअनुसार अहिले स्थानीयहरु घरबाट कुटो, कोदालो, झम्पल लगायतको आवश्यक सामाग्री ल्...









