खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि
राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन २४ गते । खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहिबार राती मृत भेटिएका थिए । प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको पाइएको हो ।
साउन २२ गते बिहिबार घरबाट हराइरहेका १० वर्षकी छोरी र ४ वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए । सँगै हराएका अन्य ४ जना बच्चा भने सकुसल भेटिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका स्थानीय इन्द्र बहादुर बस्नेतले बताउनुभयो । भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्यष्टि गरिएको उहाँको भनाइ छ । यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भीरबाट लडेर मृत भेटिएको बालबालिकाको अन्त्यष्टि गरिएको भनेर गोरखापत्र समाचारदातालाई जानकारी आ...









