मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा
खोटाङ, वैशाख ११ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख सरुवा भएर गएपछि लामो समयसम्म मालपोत कार्यालय प्रमुह बिहिनहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
प्रमुख नहुँदा हाल मालपोतमा राजिनामा, दृष्टिबन्दक, बकसपत्र, लगायतका सामान्य कामहरु मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्वपुर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरु करीब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुरानो घर भएका मनिकुमार राई हाल झापामा बस्दै आएका छन् । बुवाको मृत्यु पश्चात गाउँको जग्गा आमाको नाममा नामसारी गर्न वैशाख २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउँछन् । पुरानो प्रमुख सरुवा भएको र नयाँ प्रमुख चाडै आउने कार्यालयका कर्मचारीबाट ...









