Thursday, August 27News That Matters

समाज

खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ

खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ

Banner News 3, ताजा अपडेट, समाचार, समाज
कात्तिक १५ । खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । हत्या अभियोगमा पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राई रहेका छन् । प्रहरीका अनुसार राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राजेन्द्रलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रामचन्द्रले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ । थप अनुसन्धान भइरहेको प्...
विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम

विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ५ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जलन्धारा प्राथमिक विद्यालयले विद्यार्थीको गलत डाटा नगरपालिकामा पठाउने गरेको पाइएको छ । विद्यालयमा जम्मा ७ जना विद्यार्थी रहेका छन् । तर विद्यालयले आइएमइएस डाटामा २४ जना भरेर पठाएको पाइएको हो । नगरपालिकाका मेयर विमला राई, उप–मेयर रमेश कुमार राउत, शिक्षा शाखा संयोजक पदम बहादुर कार्की लगायतको टोली शुक्रबार विद्यालयको अनुगमन गर्न जादा यस्तो पाइएको मेयर राईले बताउनुभयो । स्थानीय अभिभावकका अनुसार विद्यालयमा ७ जना विद्यार्थीले मात्र नाम दर्ता गराएका छन् । शुक्रबार भने तीन जना मात्र विद्यार्थी विद्यालयमा आएका थिए । विद्यालयमा नाम दर्ता नै नगराएका नक्कली विद्यार्थीको नाम लेखेर शिक्षकले हाजिरीसमेत गर्नेगरेको देखिएको मेयर राईको भनाइ छ । विद्यालयले नगरपालिकामा पठाएको शैक्षिक सत्र २०७९/८० को आइएमइएस डाटामा २४ जना विद्यार्थी रहेको उल्लेख गरिए...
हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते

हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, कात्तिक ५ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सर्लाहीबाट सोलुखुम्बु जादै गरेको प्रदेश१–०४–००१च००७५ नम्बरको गाडी दुर्घटना हुँदा चालक विशाल दनुवार र सह–चालक प्रविन पोखरेल घाइते भएका हुन् । घाइते दुवै जनाको ओखलढुंगा जिल्ला सदरमुकामस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार राती करीब ३ः३० बजेको समयमा गाडी अन्यन्त्रीत भएर दुर्घनटा भएको ट्राफिक प्रहरी मनोज खत्रीले बताउनुभयो । गाडी सडक भन्दा करीब ५० मिटर तल खसेको उहाँको भनाइ छ । करीब ४ सय वटा कुखुरा बोकेको गाडी सडक मुनी खस्दा आधा भन्दा धेरै कुखुरा मरेका छन् । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने सँगै रहेको अर्को गाडीको चालकको अनुमान छ ।...
रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा

रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा

ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र १३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरु सहभागी छन् । चार वटा समुह बनाएर एक हप्ता अघिबाट कक्षा सुरु गरिएको बताइएको छ । एउटा समुहमा २० देखि २५ जनाको रहेका छन् । २१ हप्तासम्म निरन्तर वित्तीय साक्षरता कक्षा संचालन गरिने सामी परियोजनाका कार्यक्रम संयोजक ओजोन बाबु आचार्यले जानकारी दिनुभयो । रेमिट्यान्सको सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि गर्ने लक्ष्यले सामी कार्यक्रम अन्तर्गत नगरपालिकाको दुई वटा वडामा उक्त कार्यक्रम गरिएको आचार्यले बताउनुभयो । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि, व्यवसायि...
एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

Banner News 3, अन्तरवार्ता, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भइरहेको खानेपानीको समस्या एक वर्ष भित्रमा समाधान हुने मेयर विमला राईले बताउनुभएको छ । हाल नगरपालिकाका अधिकांश ठाउँमा खानेपानीको समस्या रहेको छ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको सात वडामा खानेपानीको समस्या समाधान गर्न बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको छ । तर सम्झौता समय नाघिसक्दा पनि कामले पुर्णता पाएको छैन् । उक्त आयोजनाबाट तीन हजार ७५६ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । हाल अलपत्र जस्तै बनिरहको खानेपानी योजना सम्पन्न गर्न मन्त्रलायदेखि सम्बन्धित सबै निकायमा कुरा गरिरहेको र एक वर्ष भित्र काम सम्पन्न हुने मेयर राईले बताउनुभयो । ‘नगरपालिका भित्र सञ्चालन भइरहेको बृहत् पम्पिङ खानेपानी आयोजनासँगै अन्य खानेपानी योजनाहरु पनि सञ्चालन भइरहेका छन् । त्यी सबै योजना चाडै सम्पन्न हुन्छ, त्यसपछि नगरपालिका...
महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा कार्यशाला गोष्ठी

महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा कार्यशाला गोष्ठी

Banner News 3, ताजा अपडेट, समाचार, समाज
कात्तिक, १ । महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा पाँच जिल्लाका पत्रकारसँग कार्यशाला गोष्ठी गरिएको छ । सोही विषयमा कार्य गरिरहेको दलित महिला केन्द्र नेपाल (cdwn) ले प्रदेश नम्बर एकका पाँच जिल्लाका पत्रकारसँग मंगलबार बिराटनगरको रत्न होटलमा गोष्टि गरेको हो । खोटाङ, ओखलढुंगा, मोरङ, सुनसरी र झापा गरी पाँच जिल्लामा (cdwn) ले महिलाहरुलाई राजनीतिमा निरन्तरता दिन र प्रतिनिधित्व गर्न भूमिका खेलिरहेको केन्द्रिय उपाध्यक्ष लक्ष्मी परियारले बताउनुभयो । पाँच जिल्लाको ३९ पालिकामा काम गरिरहेको संस्थाले सोही क्षेत्रका १५ जना पत्रकारसँग छलफल गरेको हो । कार्यक्रममा महिलालाई राजनीतिमा रहिरहन एवं नेतृत्व स्थानमा पुग्न सञ्चार माध्यमले कस्तो भूमिक खेल्न सकिन्छ भन्ने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रस्तुति दिनुभयो । उपस्थित पत्रकारहरुले महिलाको राजनीति...

थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती भएको छ । सडकको बीचबाट बाहिर कटाएको ढल फुट्दा सवारी साधन वारपार गर्न र हिड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन् । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजाल बताउनुहुन्छ । ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कम्जोरीको कारण निर्माण भएको २ वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ । ढल निर्माण गर्दैगर्दा स्थानीयहरुको असन्तुष्टि रहेको पाइएको छ । धान, कोदो लगायतका उब्जा हुने ठाउँमा ढल कटाइदा स्थानीयले असन्तुष्टि जना...
खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २८ । अरिङगालको टोकाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २६ वर्षीय बिनोद ठटालको आज अरिङगालको टोकाइबाट मृत्यु भएको हो । आज बिहान ७ बजे बाटोमा हिड्ने क्रममा गोलाबाट निस्केको अरिङगालले टोक्दा उनको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनीसगै हिड्दै गरेका सोही ठाउका २५ वर्षीया सर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सर्मिला भने उपचारपछि घर फर्केका छ्न, नैनसिंको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।...
च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण

च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २७ । हलेसी तुवाचुङ नगरपालिकाले विश्व दृष्टि दिवसको अवसरमा बिहिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय बढीले सेवा लिएका छन् । वडा नम्बर तीन च्यास्मिटार स्वास्थ चौकीमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ४२ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको संयुक्त आयोजनामा गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कार्यक्रममा निशुल्क आँखा जाँच र चस्मा वितरण तथा जेष्ठ नागरिक लगायत अन्यको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जसमा आवश्यकता अनुसार ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । आँखा परिक्षणबाट १४ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले आगामि कात्तिक १९ देखि २१ गतेसम्म हलेसीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी ग...
जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु

जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २७ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया मार्फत प्रसूति गराउन एक महिना पश्चात पुनः सुरु भएको छ । कर्मचारी बिरामी भएको भन्दै अस्पतालले भदौ २६ गते बन्द गरेको सेवा असोज २७ गते (आज) बाट पुनः सञ्चालनमा ल्याएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि उक्त सेवा बन्द गरिएको अस्पतालले जनाएको थियो । कर्मचारी अभावमा सेवा बन्द भएको सूचना अस्पतालले प्रकाशन गरेपनि आकस्मिक रुपमा आएका बिरामीहरुको उपचार गर्दै आएको अस्पतालका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । आजबाट भने नियमित सेवा सुरु भएको उहाँको भनाइ छ ।...