Thursday, August 27News That Matters

समाज

हलेसी तुवाचुङको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज

हलेसी तुवाचुङको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । नगरले निर्माण गरेको शिक्षा ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालमा असार २४ गते शुझबार बसेको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार स्थानीय तहहरुले शिक्षा ऐन निर्माण गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले पनि आफ्नो छुट्टै नगर शिक्षा ऐन २०७६ निर्माण गरेर लागु गरेको छ । उक्त ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै अखिल नेपाल शिक्षक संघ खोटाङको हकमा इच्छराम राईले करीब एक वर्ष अघि नगरको शिक्षा ऐन नै खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । राईले नगरपालिकाको शिक्षा ऐन निर्माण भएसँगै गरिएका सबै कामहरु बदर गरीपाउ भन्दै...
हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रम

हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट यस कार्यक्रमको सुरुवात गरिएको हो । जसका लागि नगर प्रमुख विमलाई राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई नगद रु ५५ हजार समेत प्रदान गरिसक्नु भएको छ । अब बालविवाह रोक्न विद्यालयमा किशोरीहरुको समुह निर्माण हुनेछ । सोही समुहले बालविवाह रोक्न विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्नेछन् । “पहिले घरबाट दिएर बालविवाह हुन्थ्यो भने अहिले आफै भागेर बाविवाह गर्ने चलन बढिरहेको छ ।” नगर प्रमुख राईले भन्नुभयो, “त्यसैले अब बालविवाह रोक्नका लागि बालिकाहरु आफै सचेत हुनुपर्ने भएकाले उनिहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको हो ।” बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन ? भन्ने विषयमा उनिहरु आफैमा चेतना हुन आवश्यक रहेकाले यस कार्यक्रम प्रभावकारी हुने प्रमुख...
हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले गरे खोटाङ प्रहरीलाई सम्मान

हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले गरे खोटाङ प्रहरीलाई सम्मान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले खोटाङ प्रहरीलाई सम्मान गरेका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरीमा बस्दैआउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्या अभियोगका दोषीलाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले आज प्रहरीलाई सम्मान गरेका हुन् । गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातीले हजुरमालाई साथमा लिएर सुनसरीबाट २६ वैशााखमा खोटाङतर्फ हिँडेका थिए । तर नातीसँगै हिँडेकी तुलसाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी बगरमा खाल्डोभित्र शंकास्पद र सडिसकेको अवस्थामा फेला परेको थियो । घटना पश्चात फरार रहेका नाती निरबहादुर खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपालभारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा प...
एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई जीवनभर जेल

एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई जीवनभर जेल

Banner News 3, ताजा अपडेट, समाचार, समाज
असार २१ । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ । नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उ...
रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

ताजा अपडेट, समाचार, समाज
असार २१ । रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् । प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्र...
हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु

हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, असार २१ । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले शिक्षा ऐन बनाएका छन् । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । हराउन लागेका अर्थात लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वद्र्धनमा नगरपालिका जुटेको हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख भाषा घोषणा गरेको छ । लोपोन्मुख भाषा संरक्षणकालागि भाषा आयोगसँगको समन्वयमा हलेसी तुवाचुङ नगरपालिकाले लगानि गरेर यस अघि बाटै अनौपचारिक रुपमा तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । भर्खरै मात्र तेस्रो चरणको ४५ दिने कक्षा...
हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १८ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा भीषण पहिरो गएको छ । शुक्रबार साँझबाट परेको अभिरल वर्षाका कारण रातको समयमा करीब ५ सय मिटर लामो भीषण पहिरो गएको हो । पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयको भनाइ छ । पहिरोले बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भने भएको छैन् । भैरब बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ । भैरब राई, हरी राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै करीब १० घर उच्च जोखिममा छन् । त्यसैले जोखिममा परेका घरका मानिसहरुलाई अन्यन्त्र सार्ने सोँचमा छौँ ।”  ...
पालिकाका न्यायिक समितिले उल्लेखनीय काम गरेनन्, विद्यालयमा कानुनका कुरा पठनपाठन हुनुपर्छ

पालिकाका न्यायिक समितिले उल्लेखनीय काम गरेनन्, विद्यालयमा कानुनका कुरा पठनपाठन हुनुपर्छ

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १७ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले यातना विरुद्धको अधिकार सम्बन्धि अभिमुखीकरण गरेको छ । नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी, पत्रकार लगायतका विभिन्न संस्थाका प्रतिनिधि राखेर आयोगले अभिमुखीकरण गरेको हो । दिक्तेल स्थित होटल शुभदिनमा शुक्रबार (आज) आयोजना गरिएको कार्याक्रममा यातना, यातना विरुद्धका प्रयास र राज्यले गर्नुपर्ने दायित्व सम्बन्धि आयोकका कार्यालय प्रमुख श्यामबाबु काफ्लेले अभिमुखीकरण गर्नुभएको थियो । यस्तै, यातना रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका सम्बन्धि जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमनराज अर्याल र यातनाजन्य कसूरमा अभियोजन सम्बन्धि व्यवस्थाका विषयमा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता संगिता न्यौपाने ढुंगेलले अभिमुखीकरण गर्नुभएको हो । यातना कसरी हुन्छ र राज्यले गर्नुपर्ने दायित्व के ...
छुवाछुत मुक्त प्रदेशकालागि दलित अधिकारकर्मीबाट सुझाव संकलन

छुवाछुत मुक्त प्रदेशकालागि दलित अधिकारकर्मीबाट सुझाव संकलन

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, असार १६ । छुवाछुत मुक्त प्रदेशकालागि माथिल्लो सगरमाथाले परिचित खोटाङ ओखलढुंगा र सोलुखुम्बु तीन जिल्लाका दलित अधिकारकर्मीबाट सुझाव संकलन गरिएको छ । आज दिक्तेलमा सम्पन्न दलित सशत्तीकरण विधेयक मस्यौदाका लागि सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रमबाट सुझाव संकलन गरिएको हो । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रलायको आयोजना गरेको उक्त कार्यक्रममा तीन जिल्लाका ५० जना दलित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । प्रदेश सांसद उमिता विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण मस्यौदा समितिका सदस्यहरु हुकुम सिं नेपाली र अमर बराइलीले गर्नुभएको हो । कार्यक्रमबाट दलितहरुलाई सम्पुर्ण शिक्षा निशुल्क, आवासको व्यवस्था, स्वास्थ्य उपचार र बीमामा बिशेष छुट, निशुल्क लोकसेवा शिक्षा प्रदान लगायतका सुझाव संकलन भएको दलित अधिकारकर्मी विष्णु उपरकोटीले जानकारी दिनुभयो । प्राप्त सुझावले छुवाछुत मुक्...
खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १६ । खोटाङमा ५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालक पक्राउ परेका हुन् । उनि बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनले सोही गाउँकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नसाथ खटिएको बाक्सीला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहिबार (आज) बिहान २ बजे राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका बालकलाई जबरजस्तीकरणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको सूचना अ...