Sunday, October 25News That Matters

समाज

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सयभन्दा तल

खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सयभन्दा तल

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १  सयभन्दा तल झरेको छ । अघिल्लो दिनसम्म १  सय २ जना सक्रिय संक्रमित रहेको जिल्लामा आज एकैदिन २४ जना निको भएसँगै यो संख्या ८० मा झरेको हो । जिल्लामा पछिल्लो समय दैनिक थपिने संक्रमितको भन्दा निको हुनेको संख्या निरन्तर बढ्दो छ । नमुना परीक्षण गरिएकामध्ये पनि जिल्लामा पछिल्लो समय संक्रमण निकै कममा देखिने गरेको छ । जिल्लामा आज एकैदिन २४ जना सक्रमणमुक्त हुँदा २ जना मात्र नयाँ संक्रमित थपिएका छन् । विभिन्न स्थानमा गरिएको २० जनाको एन्टिजेन परीक्षणमा २ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । संक्रमित सबै होम आइसोलेसनमा रहेका उहाँले बताउनुभयो ।...
खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

खोटाङमा बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको छ । शनिबार बिना पास चलाएको भन्दै प्रहरीले चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा कार्यालयको बा २ ब ९४४८ नम्बरको मोटरसाइकल, दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । अब उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने शर्तमा छाडिएको र मोटरसाइकल सम्बन्धित कार्यालयलाई बुझाइएको शाहले बताउनुभयो । ...
आइतबारदेखि नेपालमा रेल कुद्ने

आइतबारदेखि नेपालमा रेल कुद्ने

Banner News 2, ताजा अपडेट, समाज
माघ २८ : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ।  फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए। निर्देशक झाका अनुसार  सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए। 'रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे  खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ', झाले भने। यो क्रममा त्रुटि फेला परे मर्मत सम्भार गर्ने योजना रहेको  कम्पनीका महाप्रबन्धक झाले बताए। ड्राइ रनका लागि रेलको लिंक वरपर अतिक्रमण गरी लगाएको हाटबजारको व्यवस्थापन, टहरा छाप्रो हटाउने, एलसी गेट (लेभल क्रसिङ) द्वार, स्टेशन, हल्ट सेन्टरसहित अन्य भौतिक संरचना तथा प्राविधिक मर्मत  भइसकेको...
खोटाङमा गोरु काट्ने तीन जना पक्राउ

खोटाङमा गोरु काट्ने तीन जना पक्राउ

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङमा गोरु काट्ने तीन जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ पक्राउ परेका हुन् । आज अपरान्ह ४ बजेतिर सोही नगरपालिका–२ दिखुवामा गोरु काटेर मासु बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूको साथबाट गोरु काट्न प्रयोग गरिएको एउटा बञ्चरो र चार वटा खुकुरी बरामद गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
खोटाङमा एकैदिन ३१ जना कोरोनामुक्त

खोटाङमा एकैदिन ३१ जना कोरोनामुक्त

ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङमा एकैदिन ३१ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । केही समयअघि संक्रमण पुुष्टि भई होम आइसोलेसनमा बसेका उनीहरू संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । एकैदिन तेस्रो लहरयताकै धेरै संक्रमित निको भएको जिल्लामा आज ७ जना नयाँ बिरामी थपिएका छन् । जिल्लाको विभिन्न स्थानमा ४० जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखा परेको हो । जिल्लामा केही दिनयता थपिनेभन्दा संक्रमित निको हुने दर निरन्तर बढेको छ । जसकारण सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो दिनसम्म २ सय २८ जना सक्रिय संक्रमित रहेको जिल्लामा आज थप भएकासहित यो संख्या २ सय ४ मा झरेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म कुल जनसंख्याको ६६ दशमलव ५५ प्रतिशत अर्थात् १ लाख १६ ह...
खोटाङमा टयाक्टरले किचेर बालकको मृत्यु

खोटाङमा टयाक्टरले किचेर बालकको मृत्यु

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ १९ । खोटाङमा टयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५, दुबेकोल, भदौरेका १३ वर्षीय बालक रोशन विकको टयाक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ९ बजेको समयमा भदौरेस्थित भित्री सडकखण्डबाट चिन्डेश्वरातर्फ ढुंगा लिन जाँदै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्बरको टयाक्टर सडकडमा कोल्टे परी दुर्घटना भएको थियो । दुर्घटनामा परेको टयाक्टरको पाङ्ग्राले किचेर बालक रोशनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । मृतक बालक सोही ट्याक्टरमा मजदुरको रूपमा काम गर्दै आएका थिए । दुर्घटनापछि टयाक्टर र चालक रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि दिक्तेल लगिएको छ ।...
गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ १८ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङले विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरूका विरुद्ध वन विभाग परिसर, बबरमहल काठमाडौंमा शान्तिपूर्ण रूपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गरिरहँदा पक्राउ परेका सामुदायिक वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको हो । विरोधमा उत्रिँदा पक्राउ परेका सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकसहितका सामुदायिक वन अधिकारकर्मीलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेकोप्रति महासंघले भत्र्सना गरेको छ । नेपालको संविधानको धारा १७ बमोजिम प्रत्येक नागरिक र नागरिक समाजलाई आफ्ना सवालहरूका विष...
वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गाउँपालिकाको माग

वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाही गर्न गाउँपालिकाको माग

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ १६ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले वडा कार्यालय र विद्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाले माघ १३ गते बिहिबार राति ऐँसेलुखर्क गाउँपालिका–३ को वडा कार्यालय र वडा कार्यालयसँगै रहेको त्रिभुुवन माध्यमिक विद्यालय तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको हो । सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले घटनाको सम्बन्धित वडा कार्यालय, विद्यालय र इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट छानबिनको प्रयास भइरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले हस्ताक्षर गर्नुुभएको विज्ञप्तिमा अज्ञात समूहले वडा कार्यालयको गेटको चाबी तोडेर कार्यालयभित्र प्रवेश गरी वडाध्यक्ष र सचिवको कार्यकक्ष र वडाको सभाहल तोडफोड गरेको, वडाको ल्यापटप, कम्प्युटर जस्ता जिन्सी सामग्री छरपस्ट पारिएको त्यस्तै विद्यालयको कार्यालय छिर्ने ढोका तोफ...
ऐँसेलुखर्क वडा कार्यालय र एक विद्यालयमा तोडफोड

ऐँसेलुखर्क वडा कार्यालय र एक विद्यालयमा तोडफोड

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, माघ १४ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा वडा कार्यालय र विद्यालयको ताला तोडफोड भएको छ । ३ नं. वडा कार्यालय ऐँसेलुखर्क र सोही वडाको भस्मे सिरानटोलस्थित त्रिभुवन माध्यमिक विद्यालयको ताला तोडफोड भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गए राति अज्ञात समूहले वडा कार्यालय र विद्यालयको ताला तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । वडा कार्यालयको घेराबाराको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको भौतिक सामानहरु भने सुरक्षित छन । वडा कार्यालयले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कमा उजुरी दिएको छ । यस्तै विद्यालयको मूल ढोका र तीन वटा द...
दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारार्थ पाँच लाख बढी सहयोग जुट्यो

दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारार्थ पाँच लाख बढी सहयोग जुट्यो

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ ११ । खोटाङको खोटेहाङ गाउँपालिका–४, बडकादियाले, नौलाकी दुवै मिर्गौला फेल भएकी १४ वर्षीया बालिका कविता विश्वकर्माको उपचारका लागि ५ लाख बढी आर्थिक सहयोग जुटेको छ । दुवै मिर्गौला फेल भएपछि बालिका कविताको गत मंसिर ९ गतेदेखि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौँमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि पुस ५ गतेबाट सञ्चालित ‘कविता विश्वकर्मा बचाऔँ’ अभियानमार्फत ५ लाख २१ हजार ३ सय १८ रुपैयाँ आर्थिक सहयोग जुटेको हो । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माविमा कक्षा ९ मा अध्ययनरत बालिका कविताको उपचारार्थ विद्यालय परिवार, सोही विद्यालयका पूर्व विद्यार्थी, सरकारी तथा गैरसरकारी संघ संस्था, देश तथा विदेशमा रहेका नेपालीलगायतले आर्थिक सहयोग गरेका हुन् । अभियन्ता वराहपोखरी गाउँपालिका–१ स्थित शंखेश्वरी माविका पूर्व शिक्षक तथा हाल सुनसरीको इनरुवा नगरपालिका–६, मधेशास्थित ज...