Monday, August 24News That Matters

समाज

जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । जिल्ला प्रशासन कार्यालय खोटाङले सशस्त्र द्वन्द्व र माओवादी जनआन्दोलनको क्रममा घाइते तथा अपांगता भएका व्यक्तिहरूको निवेदन माग गरेको छ । गृह मन्त्रालयको परिपत्रबमोजिम कार्यालयले घाइते तथा अपांगता प्रतिशत र श्रेणी निर्धारणका लागि निवेदन माग गरेको हो । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका तर हालसम्म घाइते तथा अपांगता प्रतिशत निर्धारण नभएका र साविकको घाइते तथा अपांगताको अवस्थामा हेरफेर भएका व्यक्तिले निवदेन दिन सक्ने कार्यालयले जनाएको छ । आजको मितिले तीन महिनाभित्र त्यस्ता व्यक्तिहरूले निवदेन दिन सक्ने घाइते तथा अपांगता निर्धारण एवं पुनरावलकोन सिफारिस समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख भएको घाइते तथा अपांगता प्रतिशत र श्रेणीको आधारमा ...
पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ...
माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा खोटाङको वराहपोखरी गाउँपालिका–१ भञ्याङमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ । मगर जातिको भाषा, कला र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ, वराहपोखरी गाउँपालिकाले यही माघ १ गते मेला आयोजना गरेको हो । सो अवसरमा सामूहिक मौलिक नृत्य र खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपांगी मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार भलिबल प्रतियोगिता पुस २९ र ३० गते र सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ भने मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मौलिक नृत्य हुर्रासहितका जातीय पहिचान झ...
हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हलेसी मन्दिरमा १७ दिनको अवधिमा ३ लाख ८१ हजार रुपैयाँ बढी भेटी संकलन भएको छ । दर्शनार्थी तथा पर्यटकबाट मंसिर २३ गतेदेखि पुस ११ गतेसम्ममा ३ लाख ८१ हजार ५ सय ९० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार महादेव मन्दिरको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६ सय ६५ रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ४७ हजार ९ सय २५ रुपैयाँ संकलन भएको हो । साथै बिजुली, पानी, इलाका प्रहरी कार्यालय हलेसीको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर रङरोगन, गणेश मन्दिर रङरोगन, मन्दिर व्यवस्थापन समितिबाट ट्राफिक चोकमा निर्माण गरिएको मन्दिर प्रवेश गेट रङरोगन तथा लेखन, भेटी गणना, अतिथि सत्कार, खाजा, विभिन्न आर्थिक सहयोग ल...
खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङमा लामो समयसम्म विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटिएको छ । ५ हजार बढी बक्यौता तिर्न बाँकी रहेका र दुई महिनासम्म महसुल नतिरेका दिक्तेलबजार क्षेत्रका ती ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । आइतबार लाइन काटिएकामध्ये ८ जना ग्राहकले ४० हजार ७ सय २ रुपैयाँ बक्यौता रकम तिरेपछि पुनः लाइन जडान गरिएको छ । लाइन काटिएका अन्य ९ ग्राहकबाट अझै ८३ हजार ५ सय २२ रुपैयाँ ७१ पैसा महसुल उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । महसुल असुली अभियान निरन्तर जारी रहने भएकाले बेलैमा बक्यौता तिरेर ग्राहक अनुशासन कायम गर्न पनि केन्द्रले आग्रह गरेको छ ।...
दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङ सदरमुकाम दिक्तेलबजारमा मह भन्दै एक तराई मूलकी महिलाले अखाद्य वस्तु बिक्री गर्दै हिँडेको पाइएकाले सचेत रहन उद्योग वाणिज्य संघ खोटाङले आग्रह गरेको छ । महको नाम गरेर अपरिचित एक महिलाले आफू खोटाङबासी भएको बताउँदै अखाद्य वस्तु बिक्री गरेको जानकारीमा आएको संघका महासचिव मनोज बजियमले बताउनुभयो । कोही कसैलाई पनि खरिद नगर्न र ती महिला भेट्नेलाई उद्योग वाणिज्य संघमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।...
जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १७ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशन एवं साधारण सभाले आज चाहारको अध्यक्षतामा ११ सदस्सीय पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई, कोषाध्यक्षमा सरिता राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा रघुनन्द राई, जेपि राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय, गोपाल आचार्य निर्वाचित हुनु भएको छ भने अन्य दुई जना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष चाहारले जानकारी दिनुभयो । यस्तै लेखा सुपरिवेक्षण समितिमा कबिकुमार राई र ध्रुव श्रेष्ठ निर्वाचित हुनुभएको छ । पुर्व जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष नुरकाजी सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले आर्थिक बर्ष २०७८\७९ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आ.व २०७७\७८ को खर्च अनुमोदन तथा २०७८\७९ को लागि प्रस्ताबित ...
काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना भएको छ । ना १ ज ४९५६ नम्बरको सुमो मध्य पाहाडि लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका ७ गुँरासेमा अन्यत्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । आज करीब साँझ ५ बजे भएको दुर्घटनामा सुमोमा सवार ७ जनानै घाइते भएका छन । घाइते मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दुईका ६२ बर्षका काजिमान राईको दाहिने हातको ३ वटा औला चुट्टिएको छ । १ बर्षका नाबालक सहित अन्य ६ जनालाई सामान्य चोट लागेको छ । घाइतेको इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले उद्दार गरी ओमबाबा पोलिक्लीनिक मेडिकल हलेसीमा उपचार भईरहेको छ । सुमो चाल फरार रहेको प्रहरीको भनाई छ ।...
दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका करिब एक हजार कृषकले दुई लाख सम्म कर्जा पाउने भएका छन । अब कृषकले बैंकबाट ५ वर्षका लागि प्रतिकृषक बढिमा २ लाख सम्म सहुलियतपूर्ण कर्जा स्वीकृत गरी कृषीमा लगानी गर्न पाउने नगरपालिकाकी उपमेयर बिणादेवी राईले जानकारी दिनुभयो । उपमेयर राईका अनुसार कृषकलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने लक्ष्यका साथ नगरपालिका, ग्लोवल आइएमई बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि बिच कर्जा सहजीकरण सम्वन्धी समझदारी गरिएको छ । कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर कृषक निर्माणका लागि आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्वोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले बुधबार त्रि–पक्षीय समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । ...
जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...