Sunday, October 25News That Matters

समाज

कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले शिक्षकहरूको हिउँदे बिदा ७ दिन कटौती गरेको छ । कोभिड–१९ का कारण चालुु शैक्षिक सत्रमा विद्यालयहरू समयमा खुलाएर पठनपाठन सुचारु गर्न नसकिएकाले उक्त समय पुर्ताल गर्न बिदा कटौती गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिनुभयो । कोभिडका कारण शिक्षा क्षेत्रमा भएको अपूरणीय क्षतिलाई मध्यनजर गरेर शिक्षकहरूले नियामानुसार पाउने १५ दिने हिउँदे पुरै बिदा दिन नसकिएको उहाँको भनाइ छ ।  अत्यधिक चिसो बढेपछि बालबालिकालाई पठनपाठनमा असहजता पैदा भएको भन्दै गाउँपालिकाले आज एक सूचना जारी गरेर आजदेखि माघ १ गतेसम्म गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सूचना...
केपिलासगढीका २ सय ६० परिवारलाई न्यानो कम्बल

केपिलासगढीका २ सय ६० परिवारलाई न्यानो कम्बल

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको केपिलासगढी गाउँपालिकामा चिसोबाट जोगिन कम्बल बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३,४ र ५ का २ सय ६० घर परिवारलाई बुधबार न्यानो कम्बल बितरण गरिएको हो । नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवाइमा अमेरिकन संस्था होप एण्ड हेल्पीङ ह्याण्डले प्रदान गरेको भारतीय कम्बल (एस)का पोलिटव्युरो सदस्य एवं खोटाङ प्रदेश सभा ‘क’ का सांसद राजन राईले बितरण गर्नु भएको हो । गाउँपालिकाको अन्य वडा मध्ये १ र २ मा शुक्रबार, ६ र ७ नम्बर वडामा शनिबार बितरण गरिने नेकपा (एस) पार्टीका खोटाङ जिल्ला सह–सचिव माइतिराज राईले जानकारी दिनुभयो । चिसो मौसममा न्यानो कम्बल पाएका नागरिकले थोरै भएपनि राहत मिलेको बताएका छन । ...
खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका महिलालाई सिलाइ कटाइसम्बन्धी सीप विकास तालिम दिन थालिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले पुस १२ गतेदेखि ८ दिनसम्म सञ्चालन गरेको उद्यमशीलता विकास तालिम लिएका १७ जना महिलालाई सिलाइ कटाइ सम्बन्धी तीन महिने आधारभूत तालिम दिन थालिएको हो । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तालिमको मंगलबार नगरपालिकाकी उपप्रमुख वीणादेवी राईले उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटनपछि राईले तालिमले महिलाहरूमा सीप विकास गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी महिलालाई स्वरोजगार बनाउन नगरपालिकाका हरेक वडामा कार्यक्रम भइरहेको उहाँको भनाइ छ । वडा कार्यालय खाल्लेमा सञ्चालन भइरहेको तालिमका सहभागीलाई सबै उमेरका मानिसले लगाउने कपडा स...
जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । जिल्ला प्रशासन कार्यालय खोटाङले सशस्त्र द्वन्द्व र माओवादी जनआन्दोलनको क्रममा घाइते तथा अपांगता भएका व्यक्तिहरूको निवेदन माग गरेको छ । गृह मन्त्रालयको परिपत्रबमोजिम कार्यालयले घाइते तथा अपांगता प्रतिशत र श्रेणी निर्धारणका लागि निवेदन माग गरेको हो । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका तर हालसम्म घाइते तथा अपांगता प्रतिशत निर्धारण नभएका र साविकको घाइते तथा अपांगताको अवस्थामा हेरफेर भएका व्यक्तिले निवदेन दिन सक्ने कार्यालयले जनाएको छ । आजको मितिले तीन महिनाभित्र त्यस्ता व्यक्तिहरूले निवदेन दिन सक्ने घाइते तथा अपांगता निर्धारण एवं पुनरावलकोन सिफारिस समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख भएको घाइते तथा अपांगता प्रतिशत र श्रेणीको आधारमा ...
पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ...
माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा खोटाङको वराहपोखरी गाउँपालिका–१ भञ्याङमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ । मगर जातिको भाषा, कला र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ, वराहपोखरी गाउँपालिकाले यही माघ १ गते मेला आयोजना गरेको हो । सो अवसरमा सामूहिक मौलिक नृत्य र खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपांगी मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार भलिबल प्रतियोगिता पुस २९ र ३० गते र सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ भने मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मौलिक नृत्य हुर्रासहितका जातीय पहिचान झ...
हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हलेसी मन्दिरमा १७ दिनको अवधिमा ३ लाख ८१ हजार रुपैयाँ बढी भेटी संकलन भएको छ । दर्शनार्थी तथा पर्यटकबाट मंसिर २३ गतेदेखि पुस ११ गतेसम्ममा ३ लाख ८१ हजार ५ सय ९० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार महादेव मन्दिरको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६ सय ६५ रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ४७ हजार ९ सय २५ रुपैयाँ संकलन भएको हो । साथै बिजुली, पानी, इलाका प्रहरी कार्यालय हलेसीको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर रङरोगन, गणेश मन्दिर रङरोगन, मन्दिर व्यवस्थापन समितिबाट ट्राफिक चोकमा निर्माण गरिएको मन्दिर प्रवेश गेट रङरोगन तथा लेखन, भेटी गणना, अतिथि सत्कार, खाजा, विभिन्न आर्थिक सहयोग ल...
खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङमा लामो समयसम्म विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटिएको छ । ५ हजार बढी बक्यौता तिर्न बाँकी रहेका र दुई महिनासम्म महसुल नतिरेका दिक्तेलबजार क्षेत्रका ती ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । आइतबार लाइन काटिएकामध्ये ८ जना ग्राहकले ४० हजार ७ सय २ रुपैयाँ बक्यौता रकम तिरेपछि पुनः लाइन जडान गरिएको छ । लाइन काटिएका अन्य ९ ग्राहकबाट अझै ८३ हजार ५ सय २२ रुपैयाँ ७१ पैसा महसुल उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । महसुल असुली अभियान निरन्तर जारी रहने भएकाले बेलैमा बक्यौता तिरेर ग्राहक अनुशासन कायम गर्न पनि केन्द्रले आग्रह गरेको छ ।...
दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङ सदरमुकाम दिक्तेलबजारमा मह भन्दै एक तराई मूलकी महिलाले अखाद्य वस्तु बिक्री गर्दै हिँडेको पाइएकाले सचेत रहन उद्योग वाणिज्य संघ खोटाङले आग्रह गरेको छ । महको नाम गरेर अपरिचित एक महिलाले आफू खोटाङबासी भएको बताउँदै अखाद्य वस्तु बिक्री गरेको जानकारीमा आएको संघका महासचिव मनोज बजियमले बताउनुभयो । कोही कसैलाई पनि खरिद नगर्न र ती महिला भेट्नेलाई उद्योग वाणिज्य संघमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।...
जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १७ । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशन एवं साधारण सभाले आज चाहारको अध्यक्षतामा ११ सदस्सीय पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई, कोषाध्यक्षमा सरिता राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा रघुनन्द राई, जेपि राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय, गोपाल आचार्य निर्वाचित हुनु भएको छ भने अन्य दुई जना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष चाहारले जानकारी दिनुभयो । यस्तै लेखा सुपरिवेक्षण समितिमा कबिकुमार राई र ध्रुव श्रेष्ठ निर्वाचित हुनुभएको छ । पुर्व जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष नुरकाजी सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाले आर्थिक बर्ष २०७८\७९ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आ.व २०७७\७८ को खर्च अनुमोदन तथा २०७८\७९ को लागि प्रस्ताबित ...