प्रसूति व्यथाले गम्भीर सावाकटहरेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार
२३ मंसिर, खोटाङ । खोटाङमा प्रसूति व्यथाले गम्भीर एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।
प्रसूति व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि उहाँलाई स्वास्थ्य चौकी, सावाकटहरे लगिएको थियो । जाँचका क्रममा उहाँमा उच्च रक्तचाप तथा कम्पनको समस्या इक्लामसिया देखिएको स्वास्थ्य चौकी प्रमुख रामकुमार मग्रातीले बताउनुभयो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि त्यहाँ उपचार सम्भव नहुने जनाउँदै स्वास्थ्य चौकीले उद्धारका लागि गरेको आग्रह अनुसार खोटेहाङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ सिंहदरवारलाई हेलिको...








