मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक
खोटाङ, मङ्सिर २४ । मानव अधिकारको सवालमा माथिल्लो सगरमाथाका तिन जिल्लाको अवस्था चिन्ताजनक रहेको मानव अधिकार आयोगले जनाएको छ । दिक्तेलमा आज भएको ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय खोटाङलका प्रमुख श्याम बाबु काफ्ले यस्तो बताउनु भएको हो ।
प्रमुख काफ्लेका अनुसार खोटाङमा अघिल्लो आ.व. र यस आ.व.को चारमहिना भित्रमा गरी ९३ जनाबाट आत्महत्या भएको छ । यसै अवधिमा ओखलढुंगामा ६१ र सोलुखुम्बुमा ९३ जनाले आत्महत्या गरेका छन । तर त्यसको रोकथामको प्रभावकारी कार्य हुन भने सकेको छैन । यस्तै अघिल्लो आर्थिक आ.व. र यस आ.व. को कार्तिक मसान्त सम्म खोटाङमा महिला हिंसा विरुद्धका विभिन्न ४६, ओखलढुंगामा ८६ र सोलुखुम्बुमा पनि ४६ वटा घटना प्रहरी कार्यालयमा पुगेका छन् । मानसिक समस्या भएका महिला समेत...








