Friday, July 3News That Matters

समाज

खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रतीकात्मक तस्वीर २३ कात्तिक, खोटाङ । खोटाङमा चाडपर्वको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबही गरिएको छ । ना १ ज ६२११ र ना १ ज ६४६० नं. को टाटासुुमो कारबाहीमा परेका हुन् । प्रहरी चेकजाँचको क्रममा सोमबार ऐँसेलुखक गाउँपालिका–३, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिका–४, बाक्सिलाबाट काठमाडौँका लागि छुटेका ती टाटासुमोले यात्रुबाट बढी भाडा लिएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बढी असुल भएको भाडा जफत गरेर यात्रुलाई फिर्ता गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो । बढी भाडा असुल्ने टाटासुमो चालकलाई जरिवाना तिराएर छाडिएको पनि उहाँले बताउनुभयो । प्रहरीले यसअघि पनि हलेसीमा बढी असुल भएको भाडा यात्रुलाई फिर्ता गराएको थियो । यस्तै ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ४ वटा बस, एउटा ट्याक्टर, १...
बन्ने भयो शिक्षक अस्पताल, देशभरका शिक्षक हर्षित

बन्ने भयो शिक्षक अस्पताल, देशभरका शिक्षक हर्षित

ताजा अपडेट, समाज
कार्तिक २३ : शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले हिजो (सोमबार) शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिनुभयो । समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गर्नु भएको थियो । बजेट कार्यान...
खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २२ : खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत निःशुल्क उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत प्रसव बेदनाले पीडित दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो । आचार्य र राईलाई सामान्यतया सुत्केरी हुुनुपर्ने समय अगावै प्रसव वेदना लागेकोे र खड्काको सुत्केरी हुनुपर्ने समय नाघिसक्दा पनि उच्च रक्तचापका कारण सुत्केरी हुन नसकेको जिल्ला अस्पताल खोटाङकी जीपी डा. नितु लामाले बताउनुभयो । उहाँहरूको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । अस्पतालबाट यसबारे जानकारी भएपछि लगत्तै प्रशासनले उद्धारका लागि महिला तथा बालबालिका मन्त्रालयमा सिफा...
खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २१ : १२ औँ राष्ट्रिय जनगणना २०७८ अन्तर्गत खोटाङमा मूल गणनाको तयारी पूरा भएको छ । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाका लागि आवश्यक तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय खोटाङले जनाएको छ । मूूल गणनाका लागि छनोट भएका २ सय ९० गणकलाई काक्ति १३ देखि १६ गतेसम्म तालिम दिइएको थियो । तालिम प्राप्त गणकहरूलाई कात्तिक २५ गतेदेखि तथ्यांक संकलन गर्ने गरी आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकिएको जिल्ला जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी) ले बताउनुभयो । उहाँले कात्तिक २४ गते घर तथा घर परिवारको सूचीकरणमा खटिएका सुपरीवेक्षकले गणकलाई कार्यक्षेत्र देखाउने बताउनुभयो । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ । ८० प्रश्नसहित गणक घरघरमा मूल गणनाका लागि आउँदा उनीहरूलाई सही सूचना दिन पनि जिल्ला जनगणना कार्यालयले आग्रह गरेको छ । जनगणनालाई प्रभावकारी ...
श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
  २१ कात्तिक :  दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो । घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न के गर्ने ?

जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न के गर्ने ?

Banner News 2, ताजा अपडेट, समाज
जाडो याम सुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण स्वास्थ्य समस्या देखिने भन्दै खानपानमा ध्यान दिन डाक्टरले  ‍सुझाव दिएका  छन् । अहिले ज्वरो र रुघाखोकीको समस्या बढ्दै गएको छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । जाडोमा यी भाइरस बढी सक्रिय रहने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभयो । यो भाइरसले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । रुघाखोकीलाई सामान्य रूपमा सोचेर बेवास्ता गरे निमोनिया पनि हुन सक्ने डाक्टर कार्कीले बताउनुभयो ।  डाक्टरका अनुसार जाडो याममा बालबालिका र ज्येष्ठ नागरिक निमोनियाको उच्च जोखिममा हुन्छन् । याे बेला पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी त्यहीँ ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिन...
खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
१७ कात्तिक, खोटाङ । खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिम, शान्ति सुरक्षालगायत कुरालाई ध्यानमा राख्दै राति ९ बजेभन्दा पछि र बिहान ६ बजेसम्म देउसी–भैलो खेल्न नपाइने निर्णय गरेको हो । तिहार मनाउँदा सरकारले तोकेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, अत्यधिक भीडभाडजन्य कार्य नगर्न जिल्ला प्रशासन कार्यलय खोटाङले जिल्लाबासीलाई आग्रह गरेको छ । यस्तै आगलागीबाट क्षति हुन सक्ने कुरालाई ख्यालमा राख्दै तिहारको समयमा पटका, आतिसबाजी लगायत प्रज्ज्वलनशील विष्फोटक पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ । सार्वजिनिक रूपमा मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास खेल्ने कार्य नगर्न पनि जिल्ला प्रशासनले आग्रह गरेको छ । तोकिएका नियम विपरीत कसैले कार्य गरे/गराएको पाइए तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने प्रशासनले...
वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई  सचेतना

वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई सचेतना

Banner News 1, समाचार, समाज, स्थानीय
१५ कात्तिक, खोटाङ । जिल्लामा वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेस्थित शितला माविका विद्यार्थीहरूलाई सोसम्बन्धी सचेतना प्रदान गरिएको हो ।  विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई वैदेशिक रोजगारीका कारण हुन सक्ने मनोसामाजिक समस्या र ठगी तथा त्यसबाट जोगिने उपायबारे सचेतना दिइएको हो । वैदेशिक रोजगार सेवा समाज दिक्तेलको आयोजना र सुरक्षित आप्रवासन परियोजना (सामी), खोटाङको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सामीका कार्यक्रम संयोजक सन्तोष राई र सोही परियोजनाका मनोसामाजिक परामर्शदाता प्रमोद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज केसी र अन्य पदाधिकारी, शिक्षकहरू उपस्थित थिए ।...
नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन तीन महिने सीपमूलक ढाका बुनाइ तालिम प्रदान गरेको छ । आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाको ९ नं. वडा निर्मलीडाँडास्थित साकेला महिला समूहका ७ जना महिलालाई तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो । नगरपालिका र ९ नं. वडाको आर्थिक सहयोगमा गत साउन १४ गतेबाट सुरु तालिममा चन्द्रकला राईले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी महिलाले ढाकाको कपडाबाट साडी, कोट, सललगायतका कपडा बनाउन सिकेका छन् । उनीरूले उत्पादनसमेत थालिसकेका र ठूलो मात्रामा उत्पादन गरे नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने उपप्रमुख राईले बताउनुभयो । तालिमका समापनका अवसरमा आज प्रशिक्षिकालाई प्रशंसापत्र र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाले विगतका वर्षमा पनि नगरभित्रका ...
उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई दिरुमनपाको पूर्ण छात्रवृत्ति

उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई दिरुमनपाको पूर्ण छात्रवृत्ति

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/११ कात्तिक, खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा अध्ययन गर्ने दलित विद्यार्थीले उच्च शिक्षा निःशुल्क लिन पाउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उक्त क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न थालेको हो । क्याम्पसमा बिहिबार आयोजित कार्यक्रमकाबीच शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई छात्रवृत्ति प्रदान गरेर नगरपालिकाले पूर्ण छात्रवृत्ति वितरण कार्यक्रमको सुरुवात गरेको हो । उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाको नीतिगत निर्णयअनुसार चालु शैक्षिक सत्रबाट यो कार्यक्रम सुरु गरिएको उपप्रमुख विणादेवी राईले बताउनुभयो । यो वर्ष कोरोना महामारीका कारण छात्रवृत्ति वितरण गर्न भने केही ढिलाइ भएको उहाँको भनाइ छ । शिक्षामा समतामूलक पहुँच ...