Sunday, October 25News That Matters

समाज

उपभोक्ता समितिको सहजताको लागि केपिलासगढीमा अभिमुखिकरण तालिम

उपभोक्ता समितिको सहजताको लागि केपिलासगढीमा अभिमुखिकरण तालिम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : उपभोक्ता समितिको सहजताको लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरेको छ । हिजो देखि गाउँपालिकाको वडा नम्बर १ फेदिबाट सुरु भएको तालिम आज (शुक्रबार) खार्ताम्छामा प्रदान गरिएको गाउँपालिकाका प्रशासन प्रमुख सौधन राई (युनिक साम्पाङ)ले जानकारी दिनुभयो । राईका अनुसार बिगतका बर्षमा उपभोक्त समितिमा रहेका ब्यक्तिहरुलाई सबै ज्ञान नहुँदा उनिहरुले सास्ती खेप्नु परेको थियो । चालु आर्थीक बर्ष २०७८÷०७९मा उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुको सहजताको लागि वडागत रुपमा समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरिएको उहाँले बताउनु भयो । तालिम पश्चात उपभोक्ता समितिहरुले हरेक योजना उत्कृष्टको साथ सम्पन्न गर्ने बिश्वास गाउँपालिकाले लिएको पनि उहाँको भनाई छ । योजना सम्झौता कसरी गर्ने, खाता सञ्चालन कसरी गर्ने, माईन्युट, सिफारिस र निवेदन कसरी ल...
खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खेतबारीमा उम्रिएको लागु औषध (गाँजा) प्रहरीले नष्ट गरेको छ । नगरपालिकाको वडा नम्बर ५ दुर्छिम राबु स्थीत करीब २ रोपानी क्षेत्रफल जग्गामा रहेको ५ सय भन्दा बढी गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न गस्तिलाई तिब्रता गर्दै लैजाने क्रममा आज इलाका प्रहरी कार्यलय हलेसीकाका प्रमुख एवं प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको कार्यलयले जनाएको छ ।...
खोटाङ : चार दिनमा प्रसव व्यथाले थलिएका चार गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ : चार दिनमा प्रसव व्यथाले थलिएका चार गर्भवतीको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
२५ कात्तिक, खोटाङ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपाािलका–५, चिसापानीकी १९ वर्षीया हीरा राया खड्कालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरिएको हो । पारिवारिक स्रोतका अनुसार खड्कालाई हिजोदेखि प्रसव व्यथा लागेको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुग्नुभएकी खड्काको बच्चा खेल्ने पानीको मात्रा घटेको देखिएको केन्द्रले जनाएको छ । केन्द्रले त्यहाँ उपचार सम्भव नभएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएको थियो । केन्द्रले पठाएको पत्रका आधारमा प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि पत्र ल...
खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २३ : कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित खोटाङका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै जिल्लाका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप उक्त रकम पाउने भएका हुन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका ६ सय २ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ सय ३७ अति विपन्न परिवारले राहत रकम पाउने राजपत्रमा उल्लेख छ । यस्तै साकेला गाउँपालिकाका १९३, दिप्रुङ चुइचुम्मा गाउँपालिकका ३ सय ३८, खोटेहाङ गाउँपालिकाका ४ सय १७, जन्तेढुङ्गा गाउँपालिकाका ३ सय ५ र वराहपोखरी गाउँपालिकाका २ सय ४७ परिवारले राहत रकम पाउने भएका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले कोरोनाबाट प्रभावित अ...
खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रतीकात्मक तस्वीर २३ कात्तिक, खोटाङ । खोटाङमा चाडपर्वको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबही गरिएको छ । ना १ ज ६२११ र ना १ ज ६४६० नं. को टाटासुुमो कारबाहीमा परेका हुन् । प्रहरी चेकजाँचको क्रममा सोमबार ऐँसेलुखक गाउँपालिका–३, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिका–४, बाक्सिलाबाट काठमाडौँका लागि छुटेका ती टाटासुमोले यात्रुबाट बढी भाडा लिएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बढी असुल भएको भाडा जफत गरेर यात्रुलाई फिर्ता गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो । बढी भाडा असुल्ने टाटासुमो चालकलाई जरिवाना तिराएर छाडिएको पनि उहाँले बताउनुभयो । प्रहरीले यसअघि पनि हलेसीमा बढी असुल भएको भाडा यात्रुलाई फिर्ता गराएको थियो । यस्तै ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ४ वटा बस, एउटा ट्याक्टर, १...
बन्ने भयो शिक्षक अस्पताल, देशभरका शिक्षक हर्षित

बन्ने भयो शिक्षक अस्पताल, देशभरका शिक्षक हर्षित

ताजा अपडेट, समाज
कार्तिक २३ : शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले हिजो (सोमबार) शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिनुभयो । समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गर्नु भएको थियो । बजेट कार्यान...
खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २२ : खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत निःशुल्क उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत प्रसव बेदनाले पीडित दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो । आचार्य र राईलाई सामान्यतया सुत्केरी हुुनुपर्ने समय अगावै प्रसव वेदना लागेकोे र खड्काको सुत्केरी हुनुपर्ने समय नाघिसक्दा पनि उच्च रक्तचापका कारण सुत्केरी हुन नसकेको जिल्ला अस्पताल खोटाङकी जीपी डा. नितु लामाले बताउनुभयो । उहाँहरूको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । अस्पतालबाट यसबारे जानकारी भएपछि लगत्तै प्रशासनले उद्धारका लागि महिला तथा बालबालिका मन्त्रालयमा सिफा...
खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २१ : १२ औँ राष्ट्रिय जनगणना २०७८ अन्तर्गत खोटाङमा मूल गणनाको तयारी पूरा भएको छ । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाका लागि आवश्यक तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय खोटाङले जनाएको छ । मूूल गणनाका लागि छनोट भएका २ सय ९० गणकलाई काक्ति १३ देखि १६ गतेसम्म तालिम दिइएको थियो । तालिम प्राप्त गणकहरूलाई कात्तिक २५ गतेदेखि तथ्यांक संकलन गर्ने गरी आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकिएको जिल्ला जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी) ले बताउनुभयो । उहाँले कात्तिक २४ गते घर तथा घर परिवारको सूचीकरणमा खटिएका सुपरीवेक्षकले गणकलाई कार्यक्षेत्र देखाउने बताउनुभयो । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ । ८० प्रश्नसहित गणक घरघरमा मूल गणनाका लागि आउँदा उनीहरूलाई सही सूचना दिन पनि जिल्ला जनगणना कार्यालयले आग्रह गरेको छ । जनगणनालाई प्रभावकारी ...
श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
  २१ कात्तिक :  दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो । घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न के गर्ने ?

जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न के गर्ने ?

Banner News 2, ताजा अपडेट, समाज
जाडो याम सुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण स्वास्थ्य समस्या देखिने भन्दै खानपानमा ध्यान दिन डाक्टरले  ‍सुझाव दिएका  छन् । अहिले ज्वरो र रुघाखोकीको समस्या बढ्दै गएको छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । जाडोमा यी भाइरस बढी सक्रिय रहने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभयो । यो भाइरसले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । रुघाखोकीलाई सामान्य रूपमा सोचेर बेवास्ता गरे निमोनिया पनि हुन सक्ने डाक्टर कार्कीले बताउनुभयो ।  डाक्टरका अनुसार जाडो याममा बालबालिका र ज्येष्ठ नागरिक निमोनियाको उच्च जोखिममा हुन्छन् । याे बेला पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी त्यहीँ ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिन...