Friday, July 3News That Matters

समाज

रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ भदौ १७ गते : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र वडा नम्बर ५ दुबेकोलमा टेलीकमको टावार निर्माण भएको दुई बर्ष पुग्नै लाग्दा पनि हाल सम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउँनु भयो । घरबाट टेलीकमको टावार देखिन थालेको दुई बर्ष भयो तर आज सम्म मोबाईलमा नेटवर्कले प्रवेश नगरेकोे अर्का स्थानीय जीनब तामाङको भनाई छ । गाउँपालिकाको कार्यलयमा नेटवर्क नआउँदा सेवा प्रभाहमा समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । अतिआवश्यक काम पर्दा फोन गर्नको लागि कार्यलय छाडेर डाँडा तीर निस्कनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ...
कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १७ : खोटाङमा थप एक जनाको कोरोना भाईरस संक्रमणको कारण ज्यान गएको छ । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पामा हिजो बुधबार साँझ २० महिनाको बालिकाको ज्यान गएको स्वास्थ्य चौकि खार्पाले जनाएको छ । ४ दिन अगाडि मृतक बालीकाको बावु आमामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बालीकाको मृत्यु भए पश्चात कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य चौकी खार्पाका प्रमुख अमिर बिश्वकर्माले जानकारी दिनुभयो । यो सहित जिल्लामा कोरोना संक्रमणको कारण ज्यान गुमाउँनेको सङ्ख्या १३ पुगेको छ ।...
वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्षमा खोटाङका १५ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७\७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ । सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ । गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।...
हलेसी तुवाचुङमा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना

हलेसी तुवाचुङमा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
हलेसी तुवाचुङ नगरपालिकामा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर इवन राईले कार्यलयको उद्धघाटन गर्नु भएको शिक्षक संघ नगर कमिटीका अर्थसचिब यकराज बुढाथोकिले जानकारी दिनुभयो । अर्थसचिव बुढाथोकीका अनुसार नगरपालिकाको वडा नम्बर ५ दुर्छिम स्थीत जितमान राउतको घरको एउटा कोठा भाडामा लिएर कार्यलय स्थापनासँगै उद्धघाटन गरिएको हो । कार्यक्रममा नगरपालिकाको उपमेयर बिमला राई, नेपाली कांग्रेसका जिल्ला कार्य समिती सदस्य चक्र कुमार राई, नगरपालिकाका भित्रका करीब ५० जना शिक्षक लगाएतकोे उपस्थित रहेको उहाँले बताउँनु भयो ।...
जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको स्थानीयले गुनासो गरेका छन । करीब १५ दिन अगाडि देखि नेटवर्कमा समस्या आउँदा फोनमा दोहोरो कुराकानी हुन नसकेको उनिहरुको दुखेसो छ । हतपत फोन नलाग्ने यदि लागिहाले पनि आवाज नबुझीने भएको कारण १५ दिन देखि कसैसँग सम्पर्क हुन नसकेको जन्तेढुंगा गाउँपालिका चिसापानीका टिका रेक्मी र खेम श्रेष्ठले बताउँनु भयो । यस्तै नेटवर्कमा समस्या हुँदा अनलाई कक्षा समेत प्रभाबित बनेको शिक्षक कपिल शर्माको भनाई छ । नेपाल टेलीकम शाखा कार्यलय दिक्तेललाई समस्या सुनाउँदा ट्रान्सफर्ममा समस्या आएकाले केहि दिनमा समाधान गर्ने बताएपनि समाधान नभएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो । खोटाङ, सोलुखुम्बु र ओखलढुंगा हेर्दै आएको नेपाल टेलीकम शाखा कार्यलय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थी ले नयाँ ट्रान्सफर्म हुँदा पनि समस्या आएक...
खोटाङमा एक युवाले गरे आत्महत्या

खोटाङमा एक युवाले गरे आत्महत्या

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १४ : खोटाङमा एक युवाले आत्महत्या गरेका छन । जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुर गिद्धे स्थीत ३२ बर्षिय अर्जुन परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहका अनुसार हिजो करीब साडे ७ बजेको समयमा उनले आफ्नै घरको धुरीको बलोमा तारको पासो लगाएर आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानको लागि ऐसेलुखर्क इलाका प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली खटिएर थप अनुसन्धान भईरहेको उहाँले बताउँनु भयो । मृतक परियारको श्रीमती र २ छोरी रहेको बताईएको छ ।...
सशस्त्र प्रहरीमा भर्ना खुल्यो

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । सूचना हेर्नुहोस्ः...
पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता

Banner News 2, ताजा अपडेट, समाचार, समाज
नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अविरल वर्षापछि गएकाे पहिरोमा परेर हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् । हुप्सेकोट गाउँपालिका-४ का अध्यक्ष रोशन थापाका अनुसार बेपत्ता हुनेमा हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी रहेका छन् । हर्कबहादुर पुलामीको भने गम्भीर अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । सुरक्षाकर्मीको टोली अहिले घटना स्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण त्यही ठाउँका पदमबहादुर पुलामीकाे घरमा समेत क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर परिवार पहिरोको जोखिममा परेका छन् । यस्तै शङ्खदेवमा समेत एक घरमा क्षति पुगेको छ । वड...
भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

भारी बर्षाका कारण विभिन्न ठाउँ डुबानमा

Banner News 1, ताजा अपडेट, समाचार, समाज
लगातारको झरीले देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । रुपन्देहीको भैरहवा, तिलोत्तमा, रुद्रपुरलगायतका ठाउँ डुबानमा परेको छ ।रूपन्देहीको तिनाउ, रोहिणी, कञ्चन, कपिलवस्तुको बाणगङ्गा लगायतका नदी छेउछाउमा बाढी पसेको छ । यस्तै गएरातिदेखिको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले राप्त...
खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा सोही ठाउँका मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ । बुधबार दिउँसो घरबाट हिडेका गिरीराज अबेरसम्म घर नफर्केपछि खोजि गर्दा घर भन्दा करिब २ सय मिटर टाढा बारीमा मृत फेला परेका थिए । घटना भएको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धाद भईरहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।...