Friday, October 23News That Matters

समाज

खोटाङका छ स्थानीयतहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङ्ख्या शुन्य

खोटाङका छ स्थानीयतहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङ्ख्या शुन्य

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २१ गते : खोटाङका ६ वटा स्थानीय तहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङख्या शुन्यमा झरेको छ । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लामा ६ वटा स्थानीय तहमा सक्रिय संक्रिमतको सङख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा हाल कोरोना भाईरसका एक जना पनि सक्रिय संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो । आज (सोमबार) जिल्लाको बिभिन्न ठाउँमा ६६ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । परिक्षण गरिएका मध्ये ६ दशमलब ०६ प्रतिशतमा पुष्टि भएको हो । यस्तै आज १६ जना संक्रमणमुक्त भएसँगै जिल्लामा अहिले सक्रिय संक्रमितको सङख्या ५५ रहेको उहाँको...
बराहपोखरीमा भदौ २७ बाट भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने

बराहपोखरीमा भदौ २७ बाट भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २१ गते : खोटाङको बराहपोखरी गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन गर्ने भएको छ । आज सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले कोरोना भाईरसको कारण लामो समय बन्द रहेको बिद्यालय भदौ २७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । अहिले बराहपोखरी गाउँपालिकामा कोरोना भाईरसको सक्रिय संक्रमित सङ्ख्या शुन्य रहेको छ । यस्तै संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाले बिद्यालयमा पठनपाठन सुरु गर्न लागेको गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिकाले पठनपाठन सुरु गरिसकेको छ भने जन्तेढुंगा गाउँपालिकाले पनि भदौ २७ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।...
भरुवा बन्दुक सहित खोटाङमा दुई ब्यक्ति पक्राउ

भरुवा बन्दुक सहित खोटाङमा दुई ब्यक्ति पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा अबैध हातहतियार सहित दुई ब्यक्ति पक्राउ परेका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका ४९ बर्षिय दिलसेर राई र सोहि ठाउँका ५५ बर्षिय खडग सिंह राईलाई १÷१ नाल भरुवा बन्दुक सहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । घरमा अबैध हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय खोटाङबाट खटिएको प्रहरी निरिक्षकको टोलीले निजहरुको घर र गोठबाट भरुवा बन्दुक सहित उनिहरुलाई कानुन बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
खोटेहाङमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु, जन्तेढुंगामा भदौ २७ देखि

खोटेहाङमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु, जन्तेढुंगामा भदौ २७ देखि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको खोटेहाङ गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकामा कोरोना भाईरस को संक्रमणदर कम हुँदैगएपछि हिजो बिहिबार बाट पठनपाठन सुरु गरेको गाउँपालिकाले जनाएको छ । शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या कम भएको बिद्यालय बिहान १० बजेदेखी दिउँसो २ बजे सम्म सञ्चालन गरिनेछ । यस्तै शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या धेरै भएको बिद्यालयमा कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म र कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुशार गाउँशिक्षा समितिको भदौ ८ गतेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन सुचारु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउँनु भयो । जन्तेढुंगामा भदौ २७ देखि जन्तेढुंगा गाउँपा...
रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ भदौ १७ गते : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र वडा नम्बर ५ दुबेकोलमा टेलीकमको टावार निर्माण भएको दुई बर्ष पुग्नै लाग्दा पनि हाल सम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउँनु भयो । घरबाट टेलीकमको टावार देखिन थालेको दुई बर्ष भयो तर आज सम्म मोबाईलमा नेटवर्कले प्रवेश नगरेकोे अर्का स्थानीय जीनब तामाङको भनाई छ । गाउँपालिकाको कार्यलयमा नेटवर्क नआउँदा सेवा प्रभाहमा समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । अतिआवश्यक काम पर्दा फोन गर्नको लागि कार्यलय छाडेर डाँडा तीर निस्कनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ...
कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १७ : खोटाङमा थप एक जनाको कोरोना भाईरस संक्रमणको कारण ज्यान गएको छ । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पामा हिजो बुधबार साँझ २० महिनाको बालिकाको ज्यान गएको स्वास्थ्य चौकि खार्पाले जनाएको छ । ४ दिन अगाडि मृतक बालीकाको बावु आमामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बालीकाको मृत्यु भए पश्चात कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य चौकी खार्पाका प्रमुख अमिर बिश्वकर्माले जानकारी दिनुभयो । यो सहित जिल्लामा कोरोना संक्रमणको कारण ज्यान गुमाउँनेको सङ्ख्या १३ पुगेको छ ।...
वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्षमा खोटाङका १५ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७\७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ । सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ । गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।...
हलेसी तुवाचुङमा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना

हलेसी तुवाचुङमा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
हलेसी तुवाचुङ नगरपालिकामा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर इवन राईले कार्यलयको उद्धघाटन गर्नु भएको शिक्षक संघ नगर कमिटीका अर्थसचिब यकराज बुढाथोकिले जानकारी दिनुभयो । अर्थसचिव बुढाथोकीका अनुसार नगरपालिकाको वडा नम्बर ५ दुर्छिम स्थीत जितमान राउतको घरको एउटा कोठा भाडामा लिएर कार्यलय स्थापनासँगै उद्धघाटन गरिएको हो । कार्यक्रममा नगरपालिकाको उपमेयर बिमला राई, नेपाली कांग्रेसका जिल्ला कार्य समिती सदस्य चक्र कुमार राई, नगरपालिकाका भित्रका करीब ५० जना शिक्षक लगाएतकोे उपस्थित रहेको उहाँले बताउँनु भयो ।...
जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको स्थानीयले गुनासो गरेका छन । करीब १५ दिन अगाडि देखि नेटवर्कमा समस्या आउँदा फोनमा दोहोरो कुराकानी हुन नसकेको उनिहरुको दुखेसो छ । हतपत फोन नलाग्ने यदि लागिहाले पनि आवाज नबुझीने भएको कारण १५ दिन देखि कसैसँग सम्पर्क हुन नसकेको जन्तेढुंगा गाउँपालिका चिसापानीका टिका रेक्मी र खेम श्रेष्ठले बताउँनु भयो । यस्तै नेटवर्कमा समस्या हुँदा अनलाई कक्षा समेत प्रभाबित बनेको शिक्षक कपिल शर्माको भनाई छ । नेपाल टेलीकम शाखा कार्यलय दिक्तेललाई समस्या सुनाउँदा ट्रान्सफर्ममा समस्या आएकाले केहि दिनमा समाधान गर्ने बताएपनि समाधान नभएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो । खोटाङ, सोलुखुम्बु र ओखलढुंगा हेर्दै आएको नेपाल टेलीकम शाखा कार्यलय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थी ले नयाँ ट्रान्सफर्म हुँदा पनि समस्या आएक...
खोटाङमा एक युवाले गरे आत्महत्या

खोटाङमा एक युवाले गरे आत्महत्या

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १४ : खोटाङमा एक युवाले आत्महत्या गरेका छन । जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुर गिद्धे स्थीत ३२ बर्षिय अर्जुन परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहका अनुसार हिजो करीब साडे ७ बजेको समयमा उनले आफ्नै घरको धुरीको बलोमा तारको पासो लगाएर आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानको लागि ऐसेलुखर्क इलाका प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली खटिएर थप अनुसन्धान भईरहेको उहाँले बताउँनु भयो । मृतक परियारको श्रीमती र २ छोरी रहेको बताईएको छ ।...