आदिवासी जनजाति महासंघमा विवाद, शेर्पा र मगरको नेतृत्वमा छुट्टा छुट्टै समिति घोषणा
खोटाङ, वैशाख २१ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको नयाँ कार्यसमिति चयनमा विवाद भएको छ । नयाँ नेतृत्व चयनमा विवाद भएपछि फुर्वा शेर्पाको अध्यक्षतामा र एलबी मगरको अध्यक्षतामा छुट्टा छुट्टै दुई वटा समिति निर्माण भएको छ । कार्यसमिति चयनमा उब्जिएको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । दुवै समितिले सामाजिक सञ्जालमा आफु पक्षहरुको बधाई पाइरहेका छन् ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार चौथो जिल्ला अधिवशेनको उद्घाटन गरिएको थियो । बिहिबार बन्दसत्रमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुन नसकेको हो । एक समुहले पुनः फुर्वा शेर्पाको नेतृत्वमा समिति निर्माण भएको भन्दै पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको छ । अर्को समुहले निर्वतमान वरिष्ठ उपाध्यक्ष एलबी मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको सार्वजनिक गरेको छ ।
ब्यक्तिको स्वार्थको कारण निर्वाचन मण्डललाई कब...









