Friday, April 24News That Matters

समाचार

यस्तो बन्यो एमाले खोटाङको नयाँ कार्यसमिति, अध्यक्षमा देव विक्रम राई

यस्तो बन्यो एमाले खोटाङको नयाँ कार्यसमिति, अध्यक्षमा देव विक्रम राई

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देव विक्रम राई विजयी हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनका अध्यक्षका अर्का उम्मेद्वार रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । राईले ३३९ मत पाउदा दंगालको पक्षमा १८७ मत परेको हो । हाल अध्यक्षमा निर्वाचित राई यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्षमा पराजित दंगाल यस अघि अध्यक्ष हुनुहुन्थ्यो । यस्तै, जिल्ला कमिटीको उपाध्यक्षमा कुमार आचार्य विजयी हुनुभएको छ । आचार्यले ३५८ मत पाउदा अर्का उम्मेद्वार उपिन कुमार राईले १३४ मत पाउनुभएको हो । कमिटीको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । खुल्ला उपसिचवमा राजन बञ्जरा निर्वाचित हुनुभएको छ । उपसिचवमा ७ जनाको उम्म...
खोटाङमा चट्याङ लागेर हल गोरु मरे

खोटाङमा चट्याङ लागेर हल गोरु मरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३० । खोटाङमा चट्याङ लागेर एक हल गोरु मरेका छन् । बिहिबार राती करीब ८ बजेको समयमा चट्याङ लागेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा एक हल गोरु मरेका हुन् । चट्याङ लागेर मरेका गोरु विजयखर्क बसेरीका चक्र ढुंगानाको एउटा र नारायण ढुंगानाको एउटा रहेको बताइएको छ । ढुंगाना दाजुभाईले एक/एक वटा गोरु खरिद गरेर हल बनाएका थिए । उक्त हल गोरु चक्रले पाल्ने गरेको स्थानीय राजन शर्माले बताउनुभयो । घर भन्दा करीब १०० मिटर टाढा गोठमा बाँधिएको गोरु चट्याङ लागेर मरेको शुक्रबार बिहान मात्र परिवारले थाहा पाएका हुन् । बाटो हिड्ने ब्यक्तिले गोठमा गोरु ढलिरहेका छन् भनेर हेर्न जादा हल गोरु नै मरेको भेटिएको शर्माले बताउनुभयो । राती करीब ८ बजेको समयमा हावाहुरीसहित विजुली चम्किदा ठुलो आवाज आएको थियो । त्यहि समयमा चट्याङ लागेको उनीहरुको अनुमान छ । एउटा गोरुको ढाडको छालानै डढेको भेटिएको शर्माको भना...
दूधकोशी जलविद्युत् आयोजना छिटो थाल्ने सरकार र लगानीकर्ताबीच सहमति

दूधकोशी जलविद्युत् आयोजना छिटो थाल्ने सरकार र लगानीकर्ताबीच सहमति

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, चैत २९ । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना छिटो थाल्ने सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने उक्त आयोजना छिटो थाल्ने नेपाल सरकार र आयोजनाको लगानीकर्ताबीच सहमति भएको हो । दुई पक्षबीच बिहीबार भएको छलफलमा दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण अगाडि बढाउने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो । दूधकोशी जलविद्युत आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ...
एमाले खोटाङको अधिवेशन सुरु : मन्तव्य सर्वसम्मतको, तयारी चुनावको

एमाले खोटाङको अधिवेशन सुरु : मन्तव्य सर्वसम्मतको, तयारी चुनावको

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले जिल्ला कमिटी खोटाङको अधिवेशन सुरु भएको छ । एमाले जिल्ला कमिटीको आठौ अधिवेशन बुधबारबाट सुरु भएको हो । दिक्तेलस्थित कभर्डहलमा सुरु भएको अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको छ । अधिवेशन सफल बनाउन केन्द्र, प्रदेश कमिटीका मनग्य नेताहरु दिक्तेल आएका छन् । जिल्लाका ७९ वडा र विभिन्न संगठनबाट छनोट भएका ५७९ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । उपाध्यक्ष शाक्यसँगै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, संघीय खानेपानी मन्त्री राजेन्द्र राई, केन्द्रीय सदस्यहरु रमेश पौडेल, उषाकला राई, कोशी प्रदेश सांसद एवं पूर्व मन्त्री पाँचकर्ण राई लगायतका विभिन्न नेताहरुको उपस्थिति रहेको छ । मन्तव्य सर्वसम्मतको, तयारी चुनावको अधिवेशन उद्घाटन कार्...
खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाचार, समाज
खोटाङ, चैत २७ । खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन ब्यक्तिहरु स्थायी शिक्षक हुनुभएको छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको सम्पुर्ण परीक्षामा सफल भएर सोमबार तीनै जनाले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङबाट नियुक्ती पत्र बुझ्नुभएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहिन उमेश राई र उहाँकी श्रीमती सुर्यमायाँ लिम्बूले प्राशि स्थायीमा नाम निकाल्नु भएको हो । जन्मजात दृष्टिविहिन दम्पत्तीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नु भएको छ । । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित माबिमा र लिम्बू केपिलासगढी गाउँपालिका–३ बासपानीको मनोकामना आधारभुत विद्यालयमा सिफारिस हुनुभएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय दृष्टिविहिन भक्तबहादुर बिश्वकर्माले पनि प्राशि स्थायीमा नाम निकाल्नु भएको छ । ८...
एकै दिन आगलागीबाट खोटाङमा तीन घर खरानी

एकै दिन आगलागीबाट खोटाङमा तीन घर खरानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २७ । एकै दिन आगलागीबाट खोटाङमा तीन घर जलेर खरानी भएका छन् । वनमा लागेको डढेलो गाउँ पस्दा सोमबार हलेसी तुवाचुङ नगरपालिका एक घर जलेर खरानी भएको छ । विद्युत सर्टहुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावा बेसी गाउँपालिकामा एक÷एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित अरअरे सामुदायीक वनबाट सुरु भएको डढेलोले वडा नम्बर ३ च्यास्मीटार दाल्फुका वशन्त राईको घर जलेर खरानी भएको छ । डढेलोले राईको बसोबास नभएको रित्तो घर जलेको हो । आगलागीबाट राईको एक लाख बराबरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । अन्य घरहरुलाई भने छानामा पानी छेपेर जोगाइएको छ । सोही डढेलोले आइतबार साँझ बाहुनीडाँडा मैतुङको नाम्नाखु सिरानका लम्बरहादुर अधिकारीको घर, खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ तथा दाल्फुका भलाराज राईको तीन वटा...
कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक

कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २४ । नयाँ वर्ष २०८१ को अवसरमा रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक हुने भएको छ । नयाँ वर्षको अवसरमा चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्लान हुने गरी विभिन्न कार्यक्रम आयोजना गरिएको हो । रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे युवा, खेलकुद तथा सांस्कृतिक विकास समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई बाहिरबाट विभिन्न ब्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । ४ दिनसम्म सञ्चालन हुने कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, वडा स्तरीय पुरुष डोरी तान प्रतियोगिता आयोजना गरिएको छ । यस्तै, वडा स्तरीय सामुहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा रावा बेसी गाउँपालिका भित्रका विभिन्न जातजातीले आफ्नो मौलिक झाँकी प्रदर्शन पनि गर्ने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । वडा स...
खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ

खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरमा कोही नभएको बेला १२ वर्षीया बालिकालाई ललाई फकाइ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर परियारले बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई जबरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीले अभियुक्त परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । मावली घरमा बस्दैआएकी १२ वर्षीया बालिकालाई परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।...
खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम दिन खोटाङमा मोबाइलबाट चिट चोर्दै गरेका तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना मावि परीक्षा केन्द्रबाट मोबाइलसहित शुक्रबार तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीको नियन्त्रणमा पर्ने दुई जना छात्र र एक जना छात्रा रहेका छन् । उनीहरु अन्नपूर्ण मावि दोर्पाचिउरीडाँडा बुवालुङका विद्यार्थी रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की र डिएसपी पुरुषोत्तम खड्काको टोली अनुगमन गर्न जादा तीन जना विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । फेसबुक मेसेन्जर ग्रुप बनाएर प्रश्नपत्र पठाउने र उत्तर सार्ने गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताउनुभयो । ‘चिट चोर्नको लागि उनीहरुले “कक्ष...
खोटाङमा एसईई परीक्षामा चिट चोराउन विद्यार्थी र शिक्षकको मेसेन्जर ग्रुप

खोटाङमा एसईई परीक्षामा चिट चोराउन विद्यार्थी र शिक्षकको मेसेन्जर ग्रुप

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । इकाईका निमित्त प्रमुख नन्द बहादुर विश्वकर्माको टोली बिहिबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहिबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो । उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाईसमेत हटाइएको छ । एउटा कोठमा एक जना सरस्वति मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोब...