टेकमाइन इन्टरनेटको लापारबाहिको यो हद, वडा कार्यालयको सेवासमेत प्रभावित
खोटाङ, फागुन ६ गते । टेकमाइन इन्टरनेटको लापारबाहिको कारण खोटाङमा सरकारी कार्यालयदेखि विभिन्न संघ संस्थाहरुको सेवा प्रभावित बनेको छ । नेट जडान गरेर मर्मतमा टेकमाइन कम्पनीले ध्यान नदिदा कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावित भएको हो ।
बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले स्थानीय तह तथा कार्यालयहरुमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे वडा कार्यालयमा माघ २५ गतेदेखि इन्टरनेट नचल्दा सेवा प्रभावित भएको वडाध्यक्ष सुनिल राई बताउनुहुन्छ ।
बसाइँसराइ, जन्मदर्ता, जग्गाको तिरो तिर्ने, पञ्जिकरणका कामहरु सबै अनलाइनबाट हुने गरेको छ । तर वडा कार्यालयमा इन्टरनेट नचल्दा सेवा प्रभावित भएको उहाँको भनाइ छ । ‘नागरिकह...









