हलेसी तुवाचुङका पाठेघरको समस्या भएका १३ महिलाको निःशूल्क शल्यक्रिया
खोटाङ, माघ १२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका १३ जना महिलाहरुको शल्यक्रियासहितको सफल उपचार गराएको छ । बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गराएको हो ।
पाठेघरको समस्या भएका महिलाको पहिचान र उपचारका लागि नगरपालिकाले पुस २० र २१ गते महिला प्रजनन रुग्णता शिविर सञ्चालन गरेको छ । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा २२ जना महिलाहरुको पाठेघरको शलयक्रिया गर्नु पर्ने देखिएको थियो । २२ मध्ये १८ जनालाई माघ ४ गते अस्पताल लगिएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव विबेक पराजुलीले बताउनुभयो । ४ जना अउपचारको लागि जान नमानेको उहाँको भनाइ छ ।
उपचारसहित बिरामी र कुरुवालाई निःशूल्क खाना बस्न र यायातायातको व्यवस्था नगरपालिकाले गरेको थियो । बस रिजर्भ गरेर नगरपालिकाले अस्पताल पुराएको १८ मध्ये १३ जनाको ...









