हलेसीमा आँखा शिविर सुरु, उपचारका लागि बृद्धबृद्धादेखि बालबालिकासम्मको उपस्थिति
खोटाङ, पुस ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सुरु भएको छ । आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि अप्रेसनसहितको शिविर हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहिबारबाट सुरु भएको हो ।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका छन् । आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका छन् ।
हलेसीका ७८ वर्षिया मनसरा राई अघिल्लो वर्ष सोही ठाउँमा भएको शिविरमा एउटा आँखाको मोतीविन्दु अप्रेसन गरेर केही सुधार भएपछि अहिले अर्को आँखा अप्रेसनका लागि आएको बताउनुहुन्छ । यस्तै, राजापानीका ८७ वर्षिय जनकप्रसादन घिमिरे पनि आँखामा...









