रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन
खोटाङ, भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” गठन गरिएको छ । सांसद डा.तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको प्रमुख उपस्थितिमा शनिबार “खोटाङ–काठमाडौ सम्पर्क बिभाग” गठन गरिएको रास्वपाले जनाएको छ ।
रास्वपाले गठन गरेको “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” सभापतिमा भरत प्रसाद घिमिरेलाई चयन गरिएको छ । खोटेहाङ गाउँपालिका–९ का घिमिरे सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । उपसभापतिमा एलिसा खड्का, सचिवमा यज्ञ बहादुर बन चयन हुनुभएको रास्वपा खोटाङका सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो ।
यस्तै, सदस्यहरुमा पर्शुराम बिष्ट, बलराम कार्की, लोक बहादुर कटवाल, विनोद दाहाल, कृष्ण बहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलक बहादुर राउत, नवीन फुयाँल, सोम बहादुर गिरी, कालुराम राई, प्रेम कुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिला माया पुरी र नरेन्द्र...









