खस्कियो महुरेगढी प्राविधिक शिक्षालयको नतिजा, प्रथम सेमेस्टरमा सबै अनुत्तीर्ण
खोटाङ, वैशाख ५ । खोटाङको महुरेगढी प्राविधिक शिक्षालयको नतिजा खस्किएको छ । एक समय सबै विद्यार्थी उतिर्ण गराउने प्राविधिक शिक्षालयको नतिजा हाल शून्यमा झरेको हो ।
सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर (नियमित)मा महुरेगढी प्राविधिक शिक्षालयको नतिजा ‘शुन्य’ छ । सिटिइभिटिले २०७९ जेठमा महुरेगढीका ४८ विद्यार्थीले परिक्षा दिएका थिए । उक्त परिक्षामा कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेको पाइएको छ ।
सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताउनुभयो ।
सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा प्रदेशभरीका प्राविधिक शिक्षालयमध्ये गणेशमान मेमोरियल एकेडेमी, झापाले सबैभन्दा ...









