Wednesday, July 29News That Matters

समाचार

दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिको सुविधामा एक वर्षमा १ करोड २२ लाख ६४ हजार खर्च भएको पाइएको छ । महालेखा परीक्षको कार्यालयको लेखा परीक्षण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा उक्त खर्च भएको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाका मेयर उपमेयरदेखि वडा सदस्यसम्मको सुविधा खर्चमा १ करोड २२ लाख ६४ हजार खर्च भएको छ । जुन नगरपालिकाको आन्तरिक आयको ९९.५ प्रतिशत हो । प्रतिवेदन अनुसार पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६८ प्रतिशत चालु र २७ प्रतिशतमात्र पुँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको महालेखाले जनाएको छ । मितव्ययिता नपनाइ अत्याधिक खर्च महालेखा प्रतिवेदन अनुसार कर्मचारी तथा पदाधिकारी बैटक भत्ता, अनुगमन तथा भ्रमण खर्च,...
दिप्रुङ चुइचुम्मामा १६ लाख बढी खाना खाजामा खर्च, मृत्यु भएका ब्यक्तिको खातामा भत्ता निकासा

दिप्रुङ चुइचुम्मामा १६ लाख बढी खाना खाजामा खर्च, मृत्यु भएका ब्यक्तिको खातामा भत्ता निकासा

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विविध शिर्षकमा १६ लाख बढी खाना र खाजामा मात्र खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयले निकालेको गाउँपालिकाको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले खाना र खाजामा विविध शिर्षकबाट १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको जनाएको छ । गाउँपालिकाले खर्च गर्दा मितव्ययिता अपनाएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । एक आर्थिक वर्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कर्मचारी पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड २४ लाख ८१ हजार खर्च गरेको छ । विविध शिर्षकमा १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको छ । कर्मचारी पदाधिकारी बैठक र अन्य भत्तामा ३८ लाख ४० हजार खर्च देखिन्छ । अनुगमन मुल्याङ्कन र भ्रमण खर्चमा ३१ ला...
जन्तेढुंगाका जनप्रतिनिधि र कर्मचारीको एक वर्षमा ४५ लाख बैठक भत्ता, ३१ लाख भ्रमण खर्च

जन्तेढुंगाका जनप्रतिनिधि र कर्मचारीको एक वर्षमा ४५ लाख बैठक भत्ता, ३१ लाख भ्रमण खर्च

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार सरगम (भट्टराई )  खोटाङ, असार ४ । एक वर्षमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड ५३ लाख ९९ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जन्तेढुंगा गाउँपालिकाले उक्त खर्च गरेको हो । एक आर्थिक वर्षमा गाउँपालिकामा कर्मचारी पदाधिकारी बैठक र अन्य भत्ता ४५ लाख २४ हजार, भ्रमण खर्च ३१ लाख ४६ हजार, इन्धन खर्च २४ लाख ९ हजार र विविध खर्च ५३ लाख २० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले खर्च गर्दा सवारी गुडेको किलोमिटर उल्लेख गरी सवारी लगबुक नराखेको, भ्रमण गर्नुको कारण र उदेश्य उल्लेख गरी भ्रमण प्रतिवेदन तयार नगरेको, अनुगमन समिति बनाइ अनुगमन मुल्यांकन नगरेको तथा एउटै कार्यमा दोहोरो हुने गरी अनुगमन गरेको देखिएकाले...
साकेला गाउँपालिकामा ऐन विपरीत ६ जना कर्मचारी नियुक्त गरी २७ लाख खर्च

साकेला गाउँपालिकामा ऐन विपरीत ६ जना कर्मचारी नियुक्त गरी २७ लाख खर्च

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, जेठ ३० । खोटाङको साकेला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरीत ६ जना कर्मचारी राखेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार साकेला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरीत पूर्ण सरसफाई कार्यक्रम अन्तरगत ६ जना सरसफाइ उत्प्रेरकहरु नियुक्त गरेर रु २७ लाख ६ हजार ५ सय ८७ रुपैयाँ खर्च गरेको जनाएको छ । “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(१) बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा पालिकामा विषयगत शाखा रहेको संगठन संरचना कायम गर्नु पर्ने उल्लेख छ । कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण बेगर पूर्ण सरसफाइ कार्यक्रममा ५ वडाका लागि १÷१ जना राजपत्र अनंकित द्धितीय...
अचार बनाउन सिक्दै डुम्रेधारापानीका महिला

अचार बनाउन सिक्दै डुम्रेधारापानीका महिला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २७ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका महिलाहरु अचार बनाउन सिक्न थालेका छन् । गाउँपालिकाले आयोजना गरेको अचार बनाउने तालिममा डुम्रेधारापानीका २५ जना महिलाहरु सहभागी भएका हुन् । महिलाहरुलाई अचारबाट व्यावसायिक बनाउने उदेश्यसहित तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँच दिने अचार बनाउने तालिम सुरु गरिएको शाखा प्रमुख उद्धव बास्तोलाले बताउनुभयो । जेठ २३ बाट सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म स्थानीय स्तरमा उत्पादन हुने आप, खुर्सानी लगायतको अचार बनाउन सिक्ने छन् । अचार निर्माणसँगै त्यसको लेबलिङ र प्याकेजिङ पनि सिकाइने बास्तोलाको भनाइ छ । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डे लगायतले ...
पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १० । पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षका सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा बेपत्ता भएका हुन् । डिकुवाका वडाध्यक्ष देबेन्द्र राईका अनुसार शनिबार बिहान करिब ११ बजेको समयमा डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन राईलाई सुनकोशीले बगाएको हो । स्थानीयहरुले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो । वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको उहाँको भनाइ छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटिएका हुन् । धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए । सुनकोशी किनारको बाटोहुँदै गएका दुवै जना तुइम्बु बादरेखोप भन...
रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी

रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा वडा अधिवेशन सुरु गरेको छ । जिल्ला सदरमुकाम एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबाट रास्वपाले वडा अधिवेशन सुरु गरेको हो । शुक्रबार भएको पहिलो वडा अधिवेशनले दिक्तेल वडाको सभापतिमा दुर्गा देवी कार्कीलाई चयन गरेको छ । पार्टीको बिधान अनुसार कार्कीको नेतृत्वमा ११ जनाको वडा समिति निर्माण गरिएको रास्वपाका खोटाङ सभापति मुकुन्द कृष्ण थापाले जानकरी दिनुभयो । उप–सभापतिमा चन्द्र बहादुर परियार, सचिवमा पदम घिमिरे चयन हनुभएको छ । यस्तै, सदस्यहरुमा सिता बस्नेत, इन्द्र बेलास आचार्य, सुशिला बास्तोला, गिता आचार्य, लीलानाथ पाण्डे, डिल्ली प्रसाद आचार्य, राधा घिमिरे पराजुली र तोरण सैंजु रहनुभएको छ । कार्यक्रममा जिल्ला सभापति थापासँगै जिल्ला सचिव तुला बहादुर खत्री, दिक्तेल नगर संयोजक पर्शुराम थापा (आशिष), जिल्ला RAT बिभाग संयोजक आनन्द ख...
सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुशासनमा छलाङ मारेको छ । हरेक वर्ष बेरुजु रकम घटाउदै ल्याएको नगरपालिकाले यो वर्ष ०.१५ प्रतिशतमा झारेको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार रहेको छ । यो वर्ष पनि खोटाङ जिल्लाको सबै भन्दा कम बेरुजु हुने स्थानीय तह हलेसी तुवाचुङ बनेको छ । हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुने स्थानीय तहमा जिल्लाको पहिलो र कोशी प्रदेशको तेस्रो भएको छ । देशभरको ७५३ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुनेमा १० औँ नम्बरमा रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटाङको कम बेरुजु हुने दोस्रो स्थानीय तह ऐसेलुखर्क गाउँपालिका रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार बेरुजु रहेको छ । यस्तै, रावा बेसी गाउँप...
पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ३१ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पञ्चावती आधारभूत विद्यालयमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय तेज बहादुर राउतको स्मृतिमा परिवारले वैशाख ३० गते मंगलबार अक्षयकोष स्थापना गरेका हुन् । श्रीमती तिल कुमारी राउत, छोराछोरीहरु गणेश बहादुर राउत, होम बहादुर राउत, कृष्ण बहादुर राउत, शर्मिला राउत, जानुका राउत र तिलक राउतले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्त्रण गरेका हुन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्न सहयोग गर्ने उदेश्यले स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छोरा कृष्ण राउतले बताउनुभयो । अक्षयकोषको रकमबाट आएको ब्याजले हरेक वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिने उहाँको भनाइ छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लंक बहादुर बस्नेतको अध्यक्षता एवं मंगलटारका वडाध्यक्ष गण राईको प्रमुख आतिथ्यतामा अक...
खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २८ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारकोक्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकै बारीमा जोत्ने क्रममा सामान्य विवादहुँदा श्रीमती रेनुकाले श्रीमान पाँचकर्णलाई कोदालोको पासोले टाँउकोमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । गम्भीर घाइते पाँचकर्णलाई नगर अस्पताल दुर्छिम उपचारको लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँचकर्णको शनिबार साँझ मृत्यु भएको प्रह...