खोटाङका क्याम्पसहरुमा स्ववियु चुनाव अन्योलमा
खोटाङ, फागुन २९ । खोटाङका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाले नेटो काटिसक्दा खोटाङका क्याम्पसहरुमा निर्वाचन हुने कुनै छाँटकाँट छैन् ।
चैत ५ गते (स्ववियु) निर्वाचन हुने भनिए पनि जिल्लाका ७ वटै क्याम्पसमा तोकिएको समयमा चुनाव नहुने निश्चितप्राय छ । ५ वटा क्याम्पसले निर्वाचनको कुनै प्रत्रिया नै अघि नबढाएको बुझिएको छ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पसले प्रक्रिया अघि बढाए पनि विवादका कारण निर्वाचन नहुने पक्कापक्की नै भइसकेको बुझिएको छ ।
सदरमुकाममा रहेको दिक्तेल बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको संगठन दर्तासम्म पुगेर विवादले उत्कर्ष पुगे पछि अन्योलता छाएको हो । त्रि.विको कार्यतालिकालाई केही परिमार्जन गरेर चुनावी प्रक्रियामा गएको क्याम्पस अन्ततः विवाद मिलाउन नसक्ने अवस्थामा पुगेको छ । फागुन १९ गत...








