१० स्वर्ण पदका लागि जन्तेढुंगामा सुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
खोटाङ, फागुन ७ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । १० स्वर्ण पदका लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित चिसापानी माध्यमिक विद्यालयमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा ५ विद्यामा प्रतिस्पर्धा हुनेछ । जसमा महिला, पुरुष भलिबल, १०० र २०० मिटर दौड, हाई जम र लङ जम गरी ५ विद्यामा १० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा शाखा प्रखुक सुर्य बहादुर दाहालले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारबाट प्राप्त १ लाखमा गाउँपालिकाले ३ लाख थपेर जम्मा ४ लाख बजेटमा प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागि प्रत्येक बिद्यालयलाई व्यवस्थापन खर्चका लागि रु २०/२० हजार र प्रमाणपत्र गाउँपालिकाले उपलब्ध गराएको छ । बिजेता वि...









