सोलुखुम्बुमा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कामलाई गति दिन माग
सुबास दर्नाल
सोलुखुम्बु, भदौ २९ । सोलुखुम्बुको गार्मामा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कार्यलाई गति दिन माग गर्दै सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानको ध्यानार्कषण गराएको छ । बजेट अभावमा वर्षौदेखि निर्माण कार्यले गतिलिन नसकेको तथा गुरुयोजना अनुसार काम नभएकाले बजेट व्यवस्थापन गरि गुरुयोजना अनुरुप अघि बढाउन मन्त्रालयलाई ४ बुँदे माग पत्र पेस गरिएको हो ।
सोमबार वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा जनप्रतिनिधि र सरोकारवालाहरुसँग बसेको बैठकले काममा अत्यन्तै ढिला सुस्ती भएकाले कामको गतिलाई बढाई पर्वतिय कलेज गार्मामा नै सञ्चालन गर्न माग गर्दै माग सहितको ध्यानार्कषण पत्र नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्र प्रसाद चौलागाईलाई ध्यानाकर्षणपत्र पेस गरिएको छ । माग पत्रमा नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान स्थापना पश्चात प्रतिष्ठानस...









