एमाले खोटाङ : प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ जना, प्रदेशसभा ‘ख’ मा दंगाल सर्वसम्मत सिफारिस
खोटाङ, भदौ १९ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले आसन्न निर्वाचनका लागि आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि शनिबार बसेको एमालेको जिल्ला कमिटिको बैठकले छलफल गरेर उम्मेद्वारका नाम प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ३ जनाको नाम नेपाली बर्णानुक्रमअनुसार सिफारिस गरेको जनाएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश सदस्य देवन राई, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रमेश पौडेल र प्रदेश सदस्य राजन प्रसाद ढकालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटि सचिवालय सदस्य रमेश परियार र जिल्ला कमिटि सदस्य राजकुमारी राई...









