खोटाङमा व्यवसायीकरुपमा खुकुरी उत्पादन, अनलाइन डेलिभरी पनि हुने
खोटाङ, भदौ ७ । खोटाङमा व्यवसायीकरुपमा खुकुरी लगायत घरेलु फलामे औजार उत्पादन गर्न थालिएको छ । बराहपोखरी गाउँपालिका–४ धर्तुङ छुलुवारका सेवन राईले फलामे घरयासी सामाग्री उत्पादन गर्ने कारखाना दर्ता गराएर खुकुरी साथै अन्य घरेलु औजारहरु निर्माण गरिरहनु भएको हो ।
उहाँकी श्रीमती बिमला राईको नामबाट ९ महिना अगाडि घरेलु तथा साना उद्योयक कार्यालय दिक्तेलमा कारखाना दर्ता गराएको उहाँको भनाइ छ । कारखाना दर्ता गराएको करीब ३ महिना पछिबाट रामकुमारी छुलाछा खुकुरी उद्योग कारखाना खोलेर फलामे औजारहरु उत्पादन गरिरहेको उहाँले बताउनुभयो । कारखानामा फलामे सामाग्री उत्पादन तथा निर्माणकालागि खुकुरीको नेपालकै चर्चित जिल्ला भोजपुरबाट दुई जना कालिगड ल्याइएको सञ्चालक राईले बताउनुभयो ।
‘विज्ञ दुई जना कालिगड राखेका छौँ, औजार निर्माणकालागि समस्या छैन् । धरानबाट फलाम ल्याएर यहाँ अहिले खुकुरी, खुर्पा, कुटो, कोदालो सबै निर्म...









