हलेसी तुवाचुङ : चाम्लिङ भाषा र लोपोन्मुख तिलुङ भाषा विद्यालयमा पठनपाठन सुरु
खोटाङ, असार २१ । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले शिक्षा ऐन बनाएका छन् । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । हराउन लागेका अर्थात लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वद्र्धनमा नगरपालिका जुटेको हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख भाषा घोषणा गरेको छ । लोपोन्मुख भाषा संरक्षणकालागि भाषा आयोगसँगको समन्वयमा हलेसी तुवाचुङ नगरपालिकाले लगानि गरेर यस अघि बाटै अनौपचारिक रुपमा तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । भर्खरै मात्र तेस्रो चरणको ४५ दिने कक्षा...








