रोजगारीको प्रलोभन देखाएर अढाइ करोड ठगी गरेको आरोपमा सोलखुम्बुका एकसहित पाँच जना पक्राउ
खोटाङ, जेठ १६ । आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई भिजिट भिसामा दुबई पठाएर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोलुखुम्बु घर भएका एकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका होमबहादुर खड्का, लमजुङको राईनास नगरपालिका–३ घर भएका मधुविलास बाँस्कोटा, कागेश्वरी मनोहरा नगरपालिका–७ निवासी रञ्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ घर भएका राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा–७ घर भएका सन्तोष प्याकुरेललाई ठगी आरोपमा पक्राउ गरिएको हो । हालसम्म ७६ जना पीडितले दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी भएको भनी उनीहरुविरुद्ध लिखित जाहेरी दिएको ब्यूरोले जनाएको छ ।
भिजिट भिसामा नेपालबाट दुबई पठाएर दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको समूहले ‘आर्मस गार्ड’ मा ...









