Saturday, April 25News That Matters

समाचार

मानव अधिकार उल्लंघनकर्तालाई चुनावमा उम्मेद्वार नबनाउन आयोग खोटाङको आग्रह

मानव अधिकार उल्लंघनकर्तालाई चुनावमा उम्मेद्वार नबनाउन आयोग खोटाङको आग्रह

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत १० । राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नं. १ शाखा कार्यालय खोटाङले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्तालाइ उम्मेद्वार नबनाउन आग्रह गरेको छ । आयोगले आफ्नो कार्यक्षेत्र खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरेर मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह गरेको हो । साथै आयोगले निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तय गर्न पनि राजनीतिक दलहरूलाई आग्रह गरिएको कार्यालयका प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो । यस्तै निर्वाचन प्रचारप्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न, निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रमहरूमा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका शब्दहरू कोही पनि उम्मेद्वार तथा ने...
प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटनका लागि प्रधानमन्त्री देउवा, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे हेलीकप्टर मार्फत कार्यक्रम स्थल आउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रको हितमा रहेकाले संसदबाट पास गरिएको बताउनुभएको छ । एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार गरेपनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको बिपरित नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ । यस्तै, खानेपानी मन्त्री चौधरीले एमसिस...
प्रधानमन्त्री देउवा भोलि खोटाङ आउँदै

प्रधानमन्त्री देउवा भोलि खोटाङ आउँदै

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत्र ६ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार खोटाङ आउँदै हुनुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मूल्य अभिवृद्धि करसहित रु. ५ करोड ६० लाख १० हजार ५ सय ४५ मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु. दुई करोड बजेटमा निर्माण सम्पन्न भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रा.लि.ले निर्माण गरेको हो । निर्माण कम्पनीसँग वि.सं. २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६...
शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ५ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित शारदा माध्यमिक विद्यालयलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त भएको छ । रु २ लाख २५ हजार मूल्य बराबरको विद्यालयमा प्रयोग हुने डेस्क बेन्च लगायत अन्य फर्निचर निशुल्क प्राप्त भएको प्रधानाध्यापक हर्कबहादुर कार्कीले जानकारी दिनुभयो । रावाबेसी गाउँपालिकामा जन्मिएर हाल राजधानी काठमाडौमा रहनु भएका जीवन पोखरेल, मणि नेपाल र नरेश न्यौपानेले संयुक्त रुपमा सो सामाग्री निशुल्क विद्यालयलाई प्रदान गर्नुभएको हो । तीन जनाले विद्यालयलाई प्रदान गर्नुभएको फर्निचर सामुदायिक सिकाइ केन्द्र हौंचुरले निशुल्क ढुवानी गरिदिएको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।...
सोलुखुम्बु : भवनको बार्दली भाचिँदा ७ जना घाइते, गम्भीर ३ जनालाई काठमाडौँ पठाइयो

सोलुखुम्बु : भवनको बार्दली भाचिँदा ७ जना घाइते, गम्भीर ३ जनालाई काठमाडौँ पठाइयो

Banner News 1, ताजा अपडेट, समाचार, समाज
खोटाङ, चैत्र ०३ । सहकारीको भवनको बार्दली भाचिँदा सोलुखुम्बुमा ७ जना घाइते भएका छन् । आज बिहान करिब ९ बजेको समयमा सोताङ गाउँपालिका–५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बार्दली भाँचिदा ७ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा सोताङ गाउँपालिका–५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर–३ की ३५ वर्षीया सबिना कुुलुङ, ३० वर्षीया पार्वता बाँस्तोला, ४५ वर्षीया राधा बस्नेत र ५५ वर्षीया निरु गौतम, वडा नम्बर–५ की ३५ वर्षीया मनकुमारी कार्की र ५५ वर्षीया रीता बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिनुभयो । घाइतेमध्ये हरिमाया, सबिना र पार्वताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ । अन्यको प्राथामिक अस्पताल सोताङमा उपचार भइरहेको छ । सहकारीको मासिक बैठक चलिरहेका बेला भवनको बार्दली भाँचिएको बताइएक...
दिक्तेल र साकेलामा आज दिउँसो विधुत आपूर्ति बन्द हुने

दिक्तेल र साकेलामा आज दिउँसो विधुत आपूर्ति बन्द हुने

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केही भाग र साकेला गाउँपालिकाको केही भागमा आज दिउँसो विधुत आपूर्ति बन्द हुने भएको छ । दिक्तेल फिडर अन्तर्गत छिप्ती, कट्टी, दिखुवा खोला वारीको ११ केभी हाईटेन्सन लाइनको तार अपग्रेड गर्ने क्रममा विधुत आपूर्ति बन्द हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । उक्त फिडरमा पूरानो तार हटाएर नयाँ तार लगाउने र ईन्सुलेटेड कभर कन्डक्टर तान्ने काम गरिने हुंदा आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिक्तेलबजारसहित, बाम्राङ, लफ्याङ, खाल्ले, नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा र साकेला गाउँपालिकाको अधिकांश स्थानमा विधुत आपूर्ति बन्द हुने प्राधिकरण प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।...
संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Banner News 1, ताजा अपडेट, समाचार, समाज
२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनु भएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा हेलिकप्टर मार्फत लगिएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।...
खोटाङमा गोरुले हान्दा गम्भीर घाइते राईको मृत्यु

खोटाङमा गोरुले हान्दा गम्भीर घाइते राईको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २६ । खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिनुभयो । गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको थियो । राईले मलका लागि आफन्तबाट ल्याएर उक्त गोरु पाल्न थालेको केही दिन मात्र भएको बताइएको छ । उनलाई बुधबार बिहान गोरुले हानेको थियो । गम्भीर घाइते भएका उनको फेमिली केयर अस्पताल दिक्तेलमा उपचार हुँदै गर्दा गएराति निधन भएको ढकालको भनाइ छ । मृतक राई शारीरिक रुपमा अपांग समेत रहेका थिए ।...
कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, हलेसी तुवाचुङ दोस्रो

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, हलेसी तुवाचुङ दोस्रो

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २२ । खोटाङका स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा सर्वाधिक ७५.१८ अंक ल्याएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ६३.०७ अंक ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । यस्तै ६२.२० अंकसहित वराहपोखरी तेस्रो, ५८.३८ अंकसहित खोटेहाङ चौथो, ५७.०२ अंकसहित साकेला पाँचौँ, ५६.३६ अंकसहित रावाबेँसी छैटौँ, ५१.३४ अंकसहित जन्तेढुंगा सातौँ, ५१.२७ अंकसहित दिप्रुङ चुइचुम्मा आठौँ, ४९.७० अंकसहित ऐँसेलुखर्क नवौँ र ३७.५७ अंकसहित केपिलासगढी गाउँपालिका दशौँ स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक फागुन १८ ...
खोटाङ : फागुन २२ भित्र निवदेन दिएर मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

खोटाङ : फागुन २२ भित्र निवदेन दिएर मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

Banner News 1, ताजा अपडेट, समाचार
खोटाङ, फागुुन १९ । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावलीमा भएको त्रुटि सच्याउने प्रयोजनका लागि निवेदन माग गरेको छ । मतदाता नामावलीमा नाम दर्ता भई विवरणमा त्रुटि भएका मतदाताले निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन निवेदन आह्वान गरिएको हो । नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन फागुन २० गतेदेखि २२ गतेसम्म निवेदन दिन सकिने कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली फागुन २० गते सम्बन्धित पालिकाको वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिनेछ । त्रुटि सच्याउन निवेदन दिँदा जिल्ला निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर वा जिल्ला निर्वाचनको इमेल deodikt...