हलेसीमा तरकारीको मूल्य निर्धारण, खरिद विक्री र चिस्यान केन्द्र आइतबारबाट सञ्चालन हुने
खोटाङ, फागुन १८ । हलेसी तुवाचुङ नगरपालिकामा तरकारीको मुल्य निर्धारण गरिएको छ । जनप्रतिनिधि, कृषक र होटल व्यावसायीहरुको शुक्रबार बसेको छलफलले मूल्य निर्धारण गरेको हो ।
हाल निर्धारण गरिएको मूल्य अनुसार कृषकले उत्पादन गरेको तरकारी खरिद विक्री हुने छ । आवश्यकता र सयमको आधारमा मूल्य परिवर्तन पनि हुँदै जाने नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । मूल्य निर्धारणसँगै हलेसी तुवाचुङ नगरपालिकामा तरकारीमा एकरुपता आउने छ ।
यस्तै, कृषकहरुले उत्पादन गरेको तरकारी र फलफुलको बजारीकरणको लागि नगरपालिकाले वडा नम्बर ७ महादेवस्थानस्थित ट्राफिक चोकमा खरिद विक्री केन्द्र (कृषि मार्ट) र चिस्यान केन्द्रसमेत स्थापना गरेको छ । उक्त दुवै संरचनाहरु पर्सी आइतबारदेखि सञ्चालनमा आउने छन् । सञ्चालनको लागि नगरपालिकाले कार्यविधि निर्माण गरेर सूचनामार्फत निजी क्षेत्रलाई जिम्मा दिएको प्रमुख राईले बताउनुभयो । जिम्मा पाएक...









