Tuesday, April 21News That Matters

ट्रेन्डिङ

फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन

फटिक कुमार श्रेष्ठको नेतृत्वमा रावा क्याम्पसको नयाँ समिती चयन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २८ । खोटाङको रावा बेसी गाउँपालिका-२ खार्पास्थित रावा क्याम्पसको नयाँ संचालक समिती गठन गरिएको छ । शनिबार भएको क्याम्पसको तेस्रो सभाले फटिक कुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिती गठन गरेको हो । रावा बेसी गाउँपालिकाका अध्यक्षसमेत रहनु भएका श्रेष्ठलाई सभाले सर्वसम्मत क्याम्पस संचालन समितिको अध्यक्षमा चयन गरेको छ । समितीको उपाध्यक्षमा राजन मगर चयन हुनु भएको क्याम्पस प्रमुख दिपक पोखरेलले जानकारी दिनुभएको हो । यस्तै, सदस्यहरुमा भुपराज पाेखरेल, लिलानारायण श्रेष्ठ, भुमिदक्त दाहाल, पुण्य कुमारी मगर, सिता कट्वाल, यज्ञनारायण श्रेष्ठ, गिता देवी पाेखरेल र सदस्य सचिवमा क्याम्पस प्रमुख पोखरेल रहनु भएको छ । क्याम्पसको विधान अनुसार यो समितीको कार्यकाल तीन वर्षको रहनेछ । सम्पन्न तेस्रो सभामा खोटाङका संघीय सांसद रामकुमार राई (पासाङ), प्रदेश सभा ´क` का सांसद पाँचकर्ण राई लगायतको उपस्थिति रहेको थिय...
खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे

खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २५ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो । मंगलबार राती करीब ८ः१५ को समयमा सुरु भएको आगो राती १२ बजे मात्र नियन्त्रणमा आएको थियो । गोठमा परालको कुनिउँ भएकाले आगो नियन्त्रण गर्न समस्या भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको २ तले घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको उहाँको भनाइ छ । घरसँगै अन्नपात, भाँडाकुडा, लत्ताकपडा, नगद पैसा सबै जलेर नष्ट भएको छ । गोठमा राखिएको ४५ वटा बाख्रा पनि आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन् । भैँसीको अर्को पाडोे जलेर मरे...
ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा मेयरको उजुरी

ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा मेयरको उजुरी

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ठेकेदार पक्राउ गर्न भन्दै गृह–मन्त्रालयमा उजुरी दिनुभएको छ । मेयर जमानी बसेर सडक ढलानको लागि खरिद गरिएको सामानको रकम नतिरेपछि ठेकेदारलाई पक्राउ गर्न भट्टराईले सोमबार गृह–मन्त्रालयमा उजुरी दिनुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड कालोपत्रेको जिम्मा लिएको याक्थुङहाङ/साप/सिरुवा जेभीले लामो समयसम्म सडक अलपत्र छाडेको थियो । रकम अभावको कारण देखाउदै निर्माण कम्पनी पन्छिएको थियो । विकासको लागि भन्दै मेयर भट्टराईले पसलमा जमानी बसेर सामान खरिद गरेपछि दिक्तेल बजार भित्रको सडक ढलान गरिएको थियो । ठेकेदार शिव चौंलागाईले १० दिनमा रकम दिने भन्दै असार ९ गते मर्केन्डाइज एण्ड कन्सल्ट प्रा.लिबाट रु १७ लाख ५० हजारको सामान लगेको बताइएको छ । पसलमा मेयर भट्टराईको १५ लाखको चेक राखिएको थियो...
खोटाङमा डेढ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

खोटाङमा डेढ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २२ । डेढ लाख पुरस्कार राशिको ‘नेर्पा भुलभुले अन्तरवडा स्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सुरु भएको छ । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १८ वटा वडाका खेलाडी सहभागी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा आयोजक ‘ए’ टिमले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई ट्राइब्रेकरमा ६–५ ले हराउँदै आयोजक नेर्पा ‘ए’ले विजयी सुरुवात गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । आफ्नो टिमलाई जिताउन महत्वपुर्ण भुमिका निभाएका नेर्पाका गोल रक्षक इन्देश गुरुङ म्यान अफ दि म्याच चुनिदै नगद रु एक हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्र...
ठेकेदारबाट मेयरनै ठगिए

ठेकेदारबाट मेयरनै ठगिए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, पुस २१ । काम गरेको पैसा ठेकेदारले नदिएर दैनिक ज्यालादारी मजदुरहरु पीडित भएको कुरा त हामीले सुनिरहेका हुन्छौँ । तर खोटाङमा सडक ढलानको काममा ठेकेदारले नगरपालिकाका मेयरलाई नै पीडित बनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड अन्तरगत जिल्ला अदालतदेखि हाडडाँडासम्म केही समय अघि सडक ढलान गरिएको छ । अदालबाट बरगाँछिसम्म ढलान गरेपछि रकम अभाव कारण देखाउदै निर्माण कम्पनी पन्छिएको थियो । ढलानको काम रोकिने भएपछि मेयर तीर्थराज भट्टराई जमानी बसेर आवश्यक सामान पसलबाट दिलाइदिएको अहिले खुल्न आएको छ । दश दिनभित्र पैसा तिर्ने सर्तमा ठेकेदार शिव चौलागाइँले बिबेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रा.लि दिक्तेल शाखाबाट रु १७ लाख ५० हजारको सामान लगेको बताइएको छ । सुरुमा ठेकेदारको विश्वास नभएको भन्दै पसलबाट सामान दिन नमानेपछि मेयर भट्टराईले आफ्नो ब्यक्...
खोटाङ : महिलाको हत्या गरी लुटपाट गर्ने श्रेष्ठ दम्पती पक्राउ

खोटाङ : महिलाको हत्या गरी लुटपाट गर्ने श्रेष्ठ दम्पती पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् । तामाङको हत्या र लुटपाट गरी फरार भएका जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका हुन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयको अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन । उक्त घटनाको आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बसेकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेको परिवारका सदस्यले बताएका छन् । भोलिपल्ट बिहान ओ...
खोटाङ : बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

खोटाङ : बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । बैंकिङ कसूर मुद्दामा फरार एक प्रतिवादी महिलालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी जारी भएपनि फरार रहेकी सुनिता खड्कालाई पुस १७ गते प्रहरी वृत सातदोबाटोको समन्वयमा ललितपुर–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न समयमा रु ३५ लाख २५ हजार रकम लगेर खाली चेक दिएको भन्दै निर्माला भुजेलको जाहेरीको आधारमा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कार्कीले जानकारी दिनुभयो । उदयपुरको चुहाडेमा जन्म भइ दोलखाको फस्कु घर भएकी ४१ वर्षिया खड्का हाल काठमाडौं बस्दै आएको बताइएको छ । निज खड्काले भुजेलसँग विभिन्न प्रलोभन देखाएर मोटो रकम लगेको प्रहरीको भनाइ छ । खड्काले बैंक अफ काठमाडौंको चेक काटिदिएको र चेक साट्न जादा खातामा रकम नभएको भन्दै भुजेलले जाहेरी दिएको प्रहरी निरीक्षक कार्कीले बत...
हलेसी तुवाचुङमा, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

हलेसी तुवाचुङमा, अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनकालागि नगरपालिका र करुणा फाउण्डेसन संस्थाबीच सोमबार सम्झौता भएको हो । कोशी प्रदेश सरकार, हलेसी तुवाचुङ नगरपालिका र फाउण्डेसनको संयुक्त लगानिमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट ०८३ पुस मसान्तसम्म लागू हुने जनाइएको छ । यस बीचमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । अब पालि...
खोटाङमा कोदो राम्रो उत्पादन हुन्छ, तर आम्दानी हुँदैन्

खोटाङमा कोदो राम्रो उत्पादन हुन्छ, तर आम्दानी हुँदैन्

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार सरगम (भट्टराई) खोटाङ, पुष १५ । रैथाने बाली कोदो खोटाङमा अझै पनि मनग्ये फल्ने गरेको छ । तर यसबाट उल्लेखीय आम्दानी हुन नसक्दा किसानहरु चिन्तित् छन् । उनिहरुले अन्य विकल्प नभएको कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउछन् । जिल्लाका प्राय सबै ठाउँमा कोदो फल्छ, कृषकले रोप्दै पनि आएका छन् । कृषक यस खेतीबाट सन्तुष्ट भने छैनन् । चालू आर्थिक वर्ष २०८०/८१ म मात्र खोटाङमा ३४ हजार १ सय ४६ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र खोटाङसँग छ । तर, कोदोलाई सहि सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् । अधिकांश कृषकको भनाइ अनुसार गाउँ घरमा आजभोली कोदोको प्रयोग जाँडरक्सीमा मात्र भइरहेको छ । तर त्यसबाट पनि उल्लेखीय आम्दानी छैन् । रोटी, ढिडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन विस्तारै हराउदै गएको छ । अहिले जिल्लामा घरेलु मदिरा उत्पादनको ल...
युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा सडक स्तरोन्नती धमाधम

युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा सडक स्तरोन्नती धमाधम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १४ । युके लाहुरेको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । ४ किलोमिटर लम्बाई रहेको उक्त सडक ६ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको काम भइरहेको हो । बाम्राङस्थित सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पूर्वलाहुरे तथा उनीहरुका परिवार गरी २७ जनाले रु १६ लाख ७७ हजार आर्थिक सहयोग गरेका छन् । हाल अन्य देशमा रहेका सामातुङ्गेहरुले पनि सहयोग रकम पठाउन थालेको श्रम समितिका संयोजक एबं पूर्ववडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । रकम संकलनसँगै श्रमदानको काम पनि अहिले धमाधम भइरहेको छ । जेसिभि र डोजरले गर्ने वाहेकका कामका लागि सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०÷१० दिन श्रमदान गर्ने नीति बनाइएको छ । जसअनुसार अहिले स्थानीयहरु घरबाट कुटो, कोदालो, झम्पल लगायतको आवश्यक सामाग्री ल्...