उपचार गर्न नसकेर थलिएका लफ्याङका जयकृष्णलाई नगरले लग्यो अस्पताल
खोटाङ, मङ्सिर ४ । रुखबाट लडेर थला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ५६ वर्षीय जयकृष्ण राईलाई नगरपालिकाले उपचारका लागि अस्पताल लगेको छ । घाँस झार्ने क्रममा रुखबाट लडेर बायाँ खुट्टाको गेडी भाँचिएका राईलाई उपचारका लागि नगरपालिकाले एम्बूलेन्समा हालेर ट्रमा सेन्टर काठमाडौं लगेको हो ।
गत कात्तिक ७ गते डाले घाँस झार्ने क्रममा रुखबाट लडेर खुट्टाको गेडी टुक्रिएका कारण संक्रमण भएर तिघ्राको मासु कुहिएर गन्हाउन थालेपछि राईलाई कात्तिक १३ गते जिल्ला अस्पतालमा लगिएको थियो । तर जिल्ला अस्पतालले तत्काल अन्यत्र लैजान भनेपछि उनलाई सोही दिन दिक्तेलको फेमिली केयर अस्पतालमा पु¥याइएको थियो । फेमिली केयरमा एक्स–रे गरेपछि राईको गेडी भाँचिएको पूष्टि भएको थियो । फेमिली केयरका सञ्चालक डा. कृष्णकुमार राई (केके)का अनुसार घाइतेको हिपज्वइन्टमा फ्याक्चर्ड नेक अफ फेमर भएको छ । उपचार गर्नेक्रममा ग...









