Thursday, September 24News That Matters

ट्रेन्डिङ

खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

खोटाङमा व्यावसायिकरुपमा कालिज पालन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार भट्टराई (सरगम) खोटाङ, भदौ ११ । कालिज भन्ने बित्तिकै हाम्रो दिमागमा कुनै जंगल आउछ । त्यो स्वभाबिक पनि हो, किनकी हामीले कालिज प्राय जंगलमा देखेका छौँ । तर पछिल्लो समय व्यावसायिकरुपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा बिगत २ वर्षदेखि कालिज पालन सुरु भएको हो । सुन्तलेका चन्द्रमणी राईको परिवारले यतिबेला व्यावसायिक रुपमा कालिज पालन गरिरहेका छन् । पहिले खेती हुने जग्गा काम गर्ने मान्छे नहुँदा बिस्तारै जंगलमा परिणत भयो । अहिले त्यही जंगलभित्र कालिज पालन र होमस्टे सञ्चालन भइरहेको छ । सुन्तलेको हर्रेचुङ डाँडामा रहेको आफ्नो नम्मबरी जग्गामा चन्द्रमणीले होमस्टे सञ्चालन गर्ने अनि पाहुनालाई अर्गानिक खाना खुवाने सोँच बनाएको बताउनुहुन्छ । सोही समयमा जापानमा रहेका उहाँको छोरा मुकेश राई पनि गाउँमै उद...
दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग

दिक्तेल रुपाकोट : खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन माग

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३२ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो । खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगरकार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालिन प्रधानाध्यापकहरुले निमित्तकोरुपमा विद्यालयको कामकाज गरिरहनु भएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टा छुट्टै सूचना निकालेको छ । दिक्तेल ...
खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा

खोटाङका ६ ठुला योजना अलपत्र, २ अपुरै, १ अन्योलमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम)   खोटाङ, साउन ३१ । वर्षौ अघि ठेक्का लागेका खोटाङका ६ वटा ठुला योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिए पनि जिल्लाका ६ ठुलो योजना अलपत्र रहेका छन् । ठेक्का सम्झौता म्याद सकिन लागेका २ वटा ठुला योजना अपुरै छन् । एउटा देशकै ठुलो योजना अन्योलमा अवस्थामा छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको महुरे–फोक्सिन्टार सडक र मध्यपहाडी राजमार्ग अन्तरगत सेखुवा–चखेवाभन्ज्याङ सडकको कालोपत्रे गर्ने ठेक्का सम्झौता वर्षौँ अघि लागेको थियो । सम्झौता म्याद सकिए पनि निर्माण कम्पनीको लापारबाहीका कारण अहिले सडकको अवस्था ह्दयवेधी छ । यी दुई सडकमा दिनमा सयौँ यात्रुहरु आवतजावत गर्छन् । तर सडक हिलाम्मे र खाल्डाखुल्डीहुँदा यात्रुहरुको कन्तबिजोग छ । सडकको अवस्था नाजुकहुँदा बिरामीलाई समयमा अस्पताल लान नसक्ने अवस्था रहेको स्थानीय बताउछन् । ४९ किलोमिटर महुरे–फोक्सिन्टार सडक...
हलेसी तुवाचुङका विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा लागु गरियो

हलेसी तुवाचुङका विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा लागु गरियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २५ । खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शुन्य शूल्क” कार्यक्रम अन्तरगत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशूल्क बनाइएको हो । नगरपालिकाले “शुन्य शूल्क कार्यविधि २०७९” पारित गरेर सबै विद्यालयहरुमा “शुन्य शूल्क” कार्यक्रम लागु गरेको हो । यदि विद्यालयहरुले कुनै पनि बहानामा शुल्क लिएको पाइएमा कारबाही हुने नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । निजि शिक्षकलाई तलब प्रदान, परिक्षा सञ्चालन खर्च लगायतकाका लागि भन्दै बिद्यालयहरुले शूल्क लिने गरेका थिए । नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर अघिल्लै वर्षबाट “शुन्य शूल्क” कार्यक्रम घोषणा गरेको थियो । यो वर्षबाट कार्यक्रम पूर्णरुपमा लागु गरिएको संयोजक कार्कीको भनाइ छ । नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत...
विद्यालयको गम्भीर लापारबाही : नयाँ भवनमा सामान, भत्किएको भवनमा विद्यार्थी

विद्यालयको गम्भीर लापारबाही : नयाँ भवनमा सामान, भत्किएको भवनमा विद्यार्थी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, साउन २५ । खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापारबाहीको कारण विद्यार्थी जीर्ण भवनमामा बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ । कक्षा ८ सम्म पठनपाठन भइरहेको उक्त विद्यालयको २–५ कक्षा सम्मका विद्यार्थीहरु जीर्ण भवनमा बसेर अध्ययन गरिरहेका छन् । कक्षा ५ पठनपाठन हुने कोठाको झ्याल मक्किएर भत्किएको छ । झ्याल भत्किएर जीर्ण अवस्थामा रहेको कोठाभित्र विद्यार्थी अध्ययन गरिरहेको दृश्य केही दिन यता सामाजिक सञ्जालमा चर्चित भएको छ । उक्त तस्विर सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाशमान तामाङले लगाएका हुन् । तस्विर हेर्दा जुनसुकै समयमा भवन पुरै भत्किन सक्ने देखिन्छ । निर्माण भएको करीब १५ वर्ष भएको उक्त भवनको झ्याल गत असारमा मक...
त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड २६ लाख भेटी संकलन

त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड २६ लाख भेटी संकलन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, साउन २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको विश्वकै प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा एक वर्षमा १ करोड बढी भेटी संकलन भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा हलेसी मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट १ करोड २६ लाख ४४ हजार ८ सय ९७ भेटी संकलन भएको हलेसी विकास समितिले जनाएको छ । संकलन भएको भेटीमध्ये ६३ लाख १२ हजार ९ सय ९२ रुपैयाँ खर्च भएको बताइएको छ । मन्दिर व्यवस्थापन, कर्मचारी तथा पुँजारीलाई तलव लगायतमा उक्त रकम खर्च भएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । बाकी रहेको ६३ लाख ३१ हजार ९ सय ४ रुपैयाँ पैसा समितिको बैंक खातामा जम्मा भएको उहाँको भनाइ छ । यस्तै, एक वर्षमा मन्दिरमा करीब डेढ तोला सुन, १२५ तोला चाँदी दर्शनार्थीले चडाएका छन् । ३ लाख २६ हजार ९९ भारु, २१३ अमेरिकन डलर, १९८ मलेसियन पैसा, १४० हंकङ डलर, ६ कतारी रियाल, १ स...
ऐसेलुखर्कको बौद्ध आविमा नियम विपरीत शिक्षक नियुक्ति, विव्यसको मनोमानी

ऐसेलुखर्कको बौद्ध आविमा नियम विपरीत शिक्षक नियुक्ति, विव्यसको मनोमानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बौद्ध आधारभूत विद्यालयमा नियम विपरीत शिक्षक नियुक्ति गरेको पाइएको छ । विस्थापित शिक्षकलाई स्थापित गराउने भन्दै विद्यालयले नियम मिचेर शिक्षक नियुक्ति गरिएको पाइएको हो । विद्यालयले गत चैत २३ गते प्राथमिक तहको राहत कोटामा शिक्षक आवश्यकता भनेर सूचना निकाल्यो । जसमा शिक्षक सेवा आयोगको करार सूचिमा रहेका ३ जनाको निवेदन पर्यो । करार सूचिमा रहेका ब्यक्तिको निवेदन परेपछि परिक्षा नगराई स्वत उनै ब्यक्तिलाई नियुक्ति दिने नियम छ । सोही अनुसार नम्बरका आधारमा मिन प्रसाद दाहाले उक्त विद्यालयबाट वैशाख १४ गते नियुक्ति पाएको देखिन्छ । शिक्षक सेवा आयोगको परिक्षामा बैकल्पिकमा नाम रहेका दाहालको स्थायी नियुक्ति हुने भएपछि बौद्ध आविमा पुनः सोही शिक्षक कोटा खाली भयो । त्यसपछि विद्यालयले गलत तरिका अपनाएको देखिन्छ । शिक्षक दाहालले जेठ ७ गते नै राजिनामा दि...
खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाईते भएका छन्  । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीको खुदुर्केमा दुर्घटना भएको हो । ज ३३८७ नम्बरको जीपमा २ वर्षको बच्चासहित १३ जना सवार रहेका थिए । अन्य सामान्य घाईते भए पनि पाँच जनाको अवस्था गम्भीर देखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । बेहोस् अवस्थामा रहेका पाँच घाईतेको पहिचान हुन बाँकी छ । गाउँपालिका प्रहरी, नेपाल प्रहरी र स्थानीयले दुर्घटनाका घाईतेको उद्धार गरिरहेका छन् । घाइतेको गाउँपालिकाको ‘हेल्लो डाक्टर’ सेवामार्फत प्राथमिक उपचार भइरहेको छ । घाईतेको अवस्था हेरेर जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । पञ्चमी -याङसोलाटार सडक खण्डमा ढुंगा खसेको र फुटाउन...
मझुवागढीलाई फूलको पहाड बनाउन श्रमदानमार्फत १५ हजार बिरुवा रोपियो

मझुवागढीलाई फूलको पहाड बनाउन श्रमदानमार्फत १५ हजार बिरुवा रोपियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १३ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा जनश्रमदानमार्फत फूलका बिरुवाहरु रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकापर्ने मझुवागढी क्षेत्रमा शनिबार बिहान वृहत जनश्रमदानमार्फत करिब १५ हजार फूलका बिरुवा रोपिएको हो । मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने नगरपालिकाको अभियान अन्तरगत अघिल्लो वर्ष पनि केही बिरुवाहरु रोपिएका थिए । यस वर्ष भने फूलको पहाड बनाउने योजनालाई वृहतरुपमा अघि बढाइएको छ । करिब २ सय ५० जनाको उपस्थितिमा दिक्तेल बजारको हाडडाँडा देखि कालिका भगवती मन्दिर परिसरसम्म फूलका बिरुवा रोपिएको छ । मझुवागढीको माथिल्लो क्षेत्रसम्म पुग्नको लागि हाडडाँडाबाट निर्माण गरिएको सिढीको वरिपरिहुँदै मन्दिर एवं गुफाको परिसरमा करिब १५ प्रजातिका फूलका बिरुवाहरु रोपिएका छन् । श्रमदानमा जिल्ला समन्वय समिति र नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकासँगै विभिन्न कार्यालयका कर्मचार...
खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १२ । खोटाङमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीमा ट्याक्टर दुर्घटनाहुँदा चालक सोही पालिका ३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो । खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर इन्द्रेणी पोखरीस्थित नेर्लामा बिहिबार दिउँसो करिब सवा १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब ५० मिटर तल खसेको ट्याक्टरका चालक तामाङ गम्भीर घाइते भएका थिए । उपचारका लागि धरान लानेक्रममा तामाङको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । उदयपुरको साउनेमा पुगेपछि राती ८ः३० बजे मृत्यु भएका ट्याक्टर चालक तामाङको पोष्टमार्टमका लागि इन्दे्रणी पोखरी ल्याइएको प्रहरीको भनाइ छ । खोटाङ बजारमा पानी बोक्ने ट्यांकी छाडेर पछाडीको डाला बिना ट्याक्टरको अगाडीको भाग मात्रै फर्किएको बेला दुर्घटना भएको हो । ट्याक्टरम...