Thursday, September 24News That Matters

ट्रेन्डिङ

मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा

मालपोत कार्यालय खोटाङ हाकिम बिहिनहुँदा सेवाग्राही मर्कामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ११ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख सरुवा भएर गएपछि लामो समयसम्म मालपोत कार्यालय प्रमुह बिहिनहुँदा सेवाग्राही मर्कामा परेका हुन् । प्रमुख नहुँदा हाल मालपोतमा राजिनामा, दृष्टिबन्दक, बकसपत्र, लगायतका सामान्य कामहरु मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्वपुर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरु करीब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुरानो घर भएका मनिकुमार राई हाल झापामा बस्दै आएका छन् । बुवाको मृत्यु पश्चात गाउँको जग्गा आमाको नाममा नामसारी गर्न वैशाख २ गते जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा मर्कामा परेको बताउँछन् । पुरानो प्रमुख सरुवा भएको र नयाँ प्रमुख चाडै आउने कार्यालयका कर्मचारीबाट ...
ह्वाटस्एपबाट खोटाङको एक महिलाको ३ लाख बढी रकम ठगी, नवलपरासीको महिला पक्राउ

ह्वाटस्एपबाट खोटाङको एक महिलाको ३ लाख बढी रकम ठगी, नवलपरासीको महिला पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख ७ । ह्वाटस्एपको माध्यमबाट खोटाङको एक महिलाको ३ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ३ लाख १५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । प्रलोभनमा पारेर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई प्रहरीले पक्राउ गरेको छ । चापागाईले ‘तपाईलाई पाउण्ड पार्सल आएको छ, उक्त पार्सल लिन रकम पठाउनु प¥यो’ भनेर प्रलोभन देखाएको बताइएको छ । ह्वाटस्एपमा मेसेज पठाएर रकम स्क्यान गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । यश विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक, समाचार, स्थानीय
खोटाङ, चैत २५ । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई बिरुद्ध शनिबार समन्वय समितिको सभाहलमा भइरहेको जिल्लासभामा उनिहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् । जिल्लासभा सञ्चालन भइरहकैबेला प्रवेश गरेर नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । यायोक्खाका अध्यक्ष बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथ...
दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्था बिभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो । बिभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको बिभागमा कार्यरत नायब सुब्बा हरिस सुबेदीले जानकारी दिनुभयो । बिहिबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो । बिभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।...
दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेश पायल राई (राई इज किंग) लाई नगरपालिकाको ‘सद्भावना दूत’मा राखेको छ । नगर कार्यपालिकाको चैत १९ गतेको निर्णयले गायक राईलाई ‘सद्भावना दूत’मा राखिएको मंगलबार पत्रकार सम्मेलन गरेर मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मनु भएका राई हाल देशकै चर्चित गायकको रुपमा स्थापित हुनुहुन्छ । गायक राईलाई नगरपालिकाले शान–मान र स्वाभिमानकोरुपमा लिएकाले समृद्धि र पहिचानका लागि नगर ‘सद्भावना दूत’मा राखिएको मेयर भट्टराईले बताउनुभयो । गायक राईले पनि समृद्धि र पहिचानका लागि आफु लागि पर्ने प्रतिबद्धता दिएको उहाँको भनाइ छ । गायक राईको देश तथा विदेशमा हुने नियमित भ्रमणले नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त रहेको मेयर भट्टराईले बताउनुभयो । यस्तै, सोही कार्यपालिकाले विभिन्न सल्ला...
खानेपानीको समस्याले खोटाङको एक गाउँ पुरै रित्तियो

खानेपानीको समस्याले खोटाङको एक गाउँ पुरै रित्तियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, चैत १४ । खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले अहिले रित्तो भएको छ । करीब ५५ घर परिवार बसोबास गर्ने पुरानो गाउँमा अहिले जम्मा ४ घर मात्र बाकी रहेका छन् । ५१ घर परिवार पुरानो गाउँबाट बसाइँसराइ गएपछि अहिले गाउँ वनमारा घारीले घेरिएको छ । प्राय घरहरु लडिसकेका छन्, केही घर लड्न तरखरमा छन् । मानिसको बसोबास हुँदासम्म मकै, गहुँ, गहत, दाल प्रशस्त फल्ने बारीमा अहिले सेतो वनमारा मात्र भेटिन्छ । सगरमाथा राजमार्गले छोए पनि खानेपानीको समस्याले ग्रसीत पुरानो गाउँबासी अन्ततः गाउँ छाड्न बाध्य भएका हुन् । अहिले उक्त गाउँमा बस्दै आएका ४ घर मध्ये १ घरमा बस्दै आउनु भएका नवराज रेग्मी बाध्यताले मात्र बस्नु परेको बताउनुहुन्छ । नजिकैको महंकला आधारभुत विद्यालयको प्रधानाध्यापकसमेत ...
हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरले लिन सुरु गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनका लागि नगरको मातहतमा नगर स्तरीय परिक्षा सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेकाले (एसईई) मोडलमा परिक्षा सञ्चालन सुरु गरिएको मेयर राईको भनाइ छ । नगरपालिकाको मातहतमा प्रश्नपत्र तयार पारेर बिहिबारबाट परिक्षा सुरु गरिएको छ । नगरपालिका भित्रका ९० वटा सामुदायिक विद्यालयमध्ये ७० वटा विद्यालयलाई परिक्षा केन्द्र तोकिएको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । सबै परिक्षा केन्द्रमा फरक विद्यालयका शिक्षकलाई केन्द्र अध्यक्ष बनाएर परिक्षा सञ्चालन भएको उहाँको भनाइ छ । नगर स्तरीय परिक्षा सञ्चालन गरिरहेको नगरपालिकाले उत्कृष्ट अंक ल्याउने...
हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगर भित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमासमेत सहयोगि कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो ...
ग्राहकसँग करोडौँ पैसा सापटी लिएर प्रभु बैंक दिक्तेल ब्राञ्चका मेनेजर फरार

ग्राहकसँग करोडौँ पैसा सापटी लिएर प्रभु बैंक दिक्तेल ब्राञ्चका मेनेजर फरार

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा ग्राहकसँग करोडौँ पैसा सापटी लिएर फरार भएका छन् । प्रभु बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर एक महिना अघिदेखि खतिवडा फरार भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी लिएको चर्चा छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्माले ...
खोटाङमा एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

खोटाङमा एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ४ । खोटाङमा एक ब्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा प्रेटोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार राती करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए । नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताउनुभयो । जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राती नै काठमाडौं लगिएको छ । श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपी पुष्टि हुन बाकी रहेको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । प्रेटोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका ब...