Tuesday, September 22News That Matters

ट्रेन्डिङ

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ परेका छन । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पाका ३१ बर्षिय किशोर पोखरेल पक्राउ परेका हुन । पोखरेल खार्पा स्थीत भाषा आधारभुत विद्यालयमा अत्यापन गराउदै आएका छन । सोहि गाउँकी १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गतेबाट पटक पटक बलत्कार गरेको भन्दै बिहिबार परिवारको उजुरी पश्चात पोखरेललाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित किशोरीको २० हप्ताको गर्भ समेत रहेको बताइएको छ ।...
खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ३० । जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने सबै खालका गतिविधिमा रोक लागएको छ । प्रुमख जिल्ला अधकिारी फणिन्द्र दाहालले जारी गरेको आदेशमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायतका कार्यहरु गर्न नपाइने उल्लेख छ । बिहिबार राति १२ बजेदेखि लागु हुने गरी प्रजिअ दाहालले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन ७ बुँदे आदेश जारी गर्नुभएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रजिअ दाहालले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गर्नुभएको हो । आदेशमा राजनीतिक, आ...
भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
पुस २५ । माघ १५ गतेसम्मका लागि नेपालका सबै विद्यालय बन्द हुने भएका छन । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । प्रवक्ता नेपालका अनुसार यो निर्णय भोलिदेखि नै लागू हुने छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँको भनाई छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।...
एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २१ । नेकपा एमालेको भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन पुस २३ गते हुँदैछ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमालेले जनाएको छ । एमालेको खोटाङ जिल्ला अधिवेशन सदरमुकाम दिक्तेल स्थीत माटिकोरे कभर्ड हलमा हुने तयारी छ । अधिवेशनकोलागि तयारी लगभग पुरा भएको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले जानकारी दिनुभयो । जिल्ला भरीबाट करीब १ हजार प्रतिनिधि सहित १ हजार ५ सय बढी नेता कार्यकर्ता उपस्थित रहने अधिवेशनको मुख्य अतिथिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियदलका प्रमुख सचेतक विशाल भट्टराई जिल्ला आइसक्नु भएको छ । अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई समेत मिलाएर सर्वसम्मत नेतृत्वय चयन गर्दै पार्टीलाई एकढिक्का बनाउने तयारी रहेको अध्यक्ष दंगालले बताउनुभयो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने र समावेशी जिल...
काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना भएको छ । ना १ ज ४९५६ नम्बरको सुमो मध्य पाहाडि लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका ७ गुँरासेमा अन्यत्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । आज करीब साँझ ५ बजे भएको दुर्घटनामा सुमोमा सवार ७ जनानै घाइते भएका छन । घाइते मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दुईका ६२ बर्षका काजिमान राईको दाहिने हातको ३ वटा औला चुट्टिएको छ । १ बर्षका नाबालक सहित अन्य ६ जनालाई सामान्य चोट लागेको छ । घाइतेको इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले उद्दार गरी ओमबाबा पोलिक्लीनिक मेडिकल हलेसीमा उपचार भईरहेको छ । सुमो चाल फरार रहेको प्रहरीको भनाई छ ।...
जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...
हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो

हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई(सरगम) खोटाङ, पुस ६ गते । खोटाङको रावाबेसी गाउँपालिकामा पहिलो पटक बैंक पुगेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डे, हरम्टारमा राष्ट्रिय वाणिज्य बैंकको पाँचौ शाखा विस्तार भएको हो । शाखाको आज (मंगलवार) एक कार्यक्रमका बिच लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हाम्रा पालिका सहकर्मी युवराज भट्टराईले जानकारी दिनुभयो । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा पनि रावाबेसीमा भने यस अघिसम्म कुनै पनि बैंकको शाखा पुगेको थिएन । लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुन सफल भएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो । बैंकको लागि भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच गत मंसिर ९ गत...
फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुष १ । दिक्तेल–गाईघाट सडकखण्ड अन्तर्गत उदयपुर र खोटाङको सिमाना फोक्सिंटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । बर्सेनि बर्खाको समयमा निकाल्ने गरिएको अस्थायी बेलिब्रिज जडानपछि आजदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको हो । फोक्सिंटारमा स्थायी पुल नहुँदा विशेष गरी जिल्लाको दक्षिणी भेगका बासिन्दालाई तराई आवतजावत गर्न समस्या हँुदै आएको छ । अहिले भने स्थायी पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । यद्यपी समयमै पक्की पुल निर्माणको काम नसकिँदा यो वर्ष पनि बेलिब्रिज जडान गरिएको छ । दिगो समयसम्मको लागि पक्की पुल बन्न नसक्दा बर्सेनि अस्थायी रूपमा गाईघाट– दिक्तेल सडक योजनाले फोक्सिंटारमा बेलिब्रिज जडान गर्दै आएको छ । हिउँदमा मात्रै सञ्चालन हुने यो पुल बर्खामा कोशीमा पानीको बहाब बढेसँगै हटाउने गरिएको छ । यो वर्षको लागि करिब ७८ लाख बजेटमा बेलिब्रिज जडानको कार्य सम्पन्न गरिएको ग...
युवाका ढुकढुकी दुई युवा कांग्रेसको महामन्त्रीमा विजयी

युवाका ढुकढुकी दुई युवा कांग्रेसको महामन्त्रीमा विजयी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
पुष १ । नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । आज पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् । पार्टीभित्र र बाहिर गगन र विश्वप्रकाश लोकप्रिय छन् । विशेषगरी युवा पुस्तामाझ उनीहरु लोकप्रिय हुनुका साथै कतिपयका आदर्शपात्र समेत हुन् । भृकुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे । गगन शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने देउवा पक्षकै भएपनि अन्तिममा टिकट नपाएपछि विश्वप्रकाशचाहिँ प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए । गगन र विश्वप्रकाश विजयी हुँदा देउवा प्यानलबाट चुनाव लडेका महत र पौडेल पराजित ब...
मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक

मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । मानव अधिकारको सवालमा माथिल्लो सगरमाथाका तिन जिल्लाको अवस्था चिन्ताजनक रहेको मानव अधिकार आयोगले जनाएको छ । दिक्तेलमा आज भएको ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय खोटाङलका प्रमुख श्याम बाबु काफ्ले यस्तो बताउनु भएको हो । प्रमुख काफ्लेका अनुसार खोटाङमा अघिल्लो आ.व. र यस आ.व.को चारमहिना भित्रमा गरी ९३ जनाबाट आत्महत्या भएको छ । यसै अवधिमा ओखलढुंगामा ६१ र सोलुखुम्बुमा ९३ जनाले आत्महत्या गरेका छन । तर त्यसको रोकथामको प्रभावकारी कार्य हुन भने सकेको छैन । यस्तै अघिल्लो आर्थिक आ.व. र यस आ.व. को कार्तिक मसान्त सम्म खोटाङमा महिला हिंसा विरुद्धका विभिन्न ४६, ओखलढुंगामा ८६ र सोलुखुम्बुमा पनि ४६ वटा घटना प्रहरी कार्यालयमा पुगेका छन् । मानसिक समस्या भएका महिला समेत...