Thursday, July 30News That Matters

ट्रेन्डिङ

यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २० : मकैको खोसेलाबाट बन्ने विभिन्न सामग्री निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाका महिलालाई यस सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङसँगको समन्वयमा १२ दिनको आधारभूत तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो । हलेसी तुवाचङ नगरपालिका–७, ऐँसेलुखर्कमा असोज ८ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा १९ जना महिला सहभागी थिए । सहभागीहरूलाई यसअघि नगरपालिकाले आयोजना गरेको तालिममा लिनुभएकी मनिषा राईले प्रशिक्षण दिनुभएको थियो । मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्ने तालिम दिइएको हो । सामान्यतया घाँसको रूपमा गाईवस्तुलाई खुवाउने गरिएको खोस्टाबाट घरायसी आकर्षक घरायसी सामग्री उत्पादन गरी...
जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु भएको छ । दिक्तेलबाट साप्सुखोला हुँदै खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारसम्म जाने सडकको प्रारम्भिक स्तरोन्नतिको काम सुरु भएको हो ।   सडक विभागको ८ करोड लागतमा सडक स्तरोन्नतिको काम थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । आज (बुधबार) जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र नगरप्रमुख दिपनारायण रिजालले संयुक्त रूपमा सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । १० मिटर चौडाइ र ६ किलोमिटर लम्बाइको सडक आगामी पुस सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ११ : जिल्ला प्रशासन कार्यालय खोटाङबाट पाँच महिनामा १६ सय ४७ जनाले नागरिकता लिएका छन् । कार्यालयको नागरिकता शाखाका अनुसार प्रतिलिपि, संशोधन र नयाँ गरी चालु वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको अवधिमा सो संख्याको राहदानी वितरण भएको हो । दुई जनाले वैवाहिक अंगीकृत र बाँकीले वंशजका आधारमा नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ९ सय ५३ पुरुष र ६ सय ९४ महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले जानकारी दिनुभयो । यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी र जेठ महिनामा सबैभन्दा कमले नागरिकता लिएका छन् । भदौमा ३ सय ४९ पुरुष र २४७ जना महिला गरी ५९६ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठमा भने एक जना पुरुषले मात्र नागरिकता लिएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएकाले जेठ महिनामा नागरिकता वितरण प्रभावित भएको सहायक प्...
खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...
खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २ गते : खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि भएको छ । एक हप्ताको अवधिमा जिल्लाको तीन स्थानीय तहका आठ जनामा डेंगु रोग पुष्टि भएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले जानकारी दिनुभयो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, सोहि नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको उहाँले बताउँनु भयो । डेंगु रोग लागेको पुष्टि भएका ६ जनालाई शरीरमा रगत कम भएकाले जिल्ला अस्पताल खोटाङले रेफर गरेको छ । बाकी दुई जनाको घरमै उपचार भईरहेको छ । यो सिजनमा खोटाङमा विगतका वर्षमा पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।...
साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ भदौ २८ : पुर्वको पशुपती नामले परिचित त्रि–धार्मिकस्थल हलेसी मन्दिर लामो समय पछि खुला भएको छ । कोरोना भाईरस कोभिड—१९को दोस्रो लहरको कारण बैशाख १५ गतेबाट बन्द रहेको मन्दिर साडे चार महिना पछि सोमबार बाट खुला गरिएको हलेसी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । जिल्लामा कोभिड—१९को संक्रमण दर कम भएको भन्दै भदौ २७ गते बसेको (डिसिसिएमसी) को बैठकले जिल्ला भित्रका सबै धार्मिक स्थलहरु खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउँनु भयो । सोहि अनुसार हलेसी मन्दिरमा सोमबारबाट पुजाआजा सुरु गरिएको मन्दिरका ब्यवस्थापन समितिका अध्यक्ष राईले बताउँनु भयो । अध्यक्ष राईका अनुसार हप्ताको दुई दिन सोमबार र शनिबार मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । पुजाआजा खुला भएपनि कोरोना भाईरसको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना ...
खोटाङका अधिकांश बिद्यालय सञ्चालनमा

खोटाङका अधिकांश बिद्यालय सञ्चालनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २८ गते : कोरोना भाईरस संक्रमणका कारण लामो समय बन्द रहेका खोटाङका अधिकांश बिद्यालयहरु सञ्चालनमा आएका छन । जिल्लामा कोरोनाका संक्रमितको सङ्ख्यामा कमि आएसँगै बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन गर्ने गरी बिद्यालयहरु सञ्चालनमा आएका हुन । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश वटा स्थानीयतहरु रहेका छन । जस मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना भाईरसको संक्रमणबाट बच्न उचित स्वास्थ्य मापदण्ड पालना गर्दै आईतबार बाट बिद्यालयहरुमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ बहादुर बिकले जानकारी दिनुभयो । यस्तै जिल्लाको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा पनि आईतबार बाटै पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएका छन । अनलाईन कक्षा सञ्चालन गरेर बिद्यार्थीको पठाईलाई निरन्तरता दिईरहेको भएपनि अनलाई कक्षा सोचे अनुसारको प्रभावक...
खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दुलहीको उमेर नपुगी विवाह गर्न लागेको सूचना आएपछि ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलमा प्रहरीले बाल विवाह रोकेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलकी १७ बर्षिया बालीका र सोहि गाउँपालिका ४ जलेश्वरीका २१ बर्षका युवक बिच शुक्रबार विवाह हुन लागेको थियो । दुलही लिन जन्ती आएपछि दुलहीको उमेर नपुगि विवाह हुन लागको भन्दै गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यलय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उक्त विवाह रोकेको प्रहरी निरिक्षक एवं जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता सागर शाहले बताउँनु भयो । दुलहीको उमेर १७ बर्ष मात्र भएको र यस्तो विवाह कानुन बिपरीत भएको कारण विवाह गर्न नमिल्ने भनेर दुवै परिवारलाई प्रहरीले सम्झाएको उहाँको भनाई छ । विवाह प्रहरीले रोकेपछि दुलहा र जन्ती घर फर्केको प्...
दिक्तेलमा भोलीदेखि पठनपाठन सुरु हुने, हलेसीमा असोज ३ गतेबाट

दिक्तेलमा भोलीदेखि पठनपाठन सुरु हुने, हलेसीमा असोज ३ गतेबाट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु हुने भएको छ । भदौ २३ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार भोलीबाट बिद्यालय सञ्चालन हुने नगरपालिकाले जनाएको छ । कोरोना भाईरसको संक्रमणको कारण लामो समय देखि विद्यालय बन्द रहेको छ । संक्रमण दर कम भएसँगै उक्त भाईरसको संक्रमणबाट बच्न उचित स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा संयोजक तिर्थ बहादुर विकले बताउँनु भयो । यसैबिच, हलेसी तुवाचुङ नगरपालिकामा पनि बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु हुनु भएको छ । नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या शुन्य भएसँगै भौतिक उपस्थिीतमा पठनपाठन सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको भदौ २० गते बसेको बैठकको निर्णय अनुसार असोज ३ गतेबाट नगरपालिका भीत्रका सबै बिद्यालयमा पठनपाठन सुरु हुने श...