Saturday, August 1News That Matters

ताजा अपडेट

ओखलढुंगामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

ओखलढुंगामा गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार
खोटाङ, माघ ९ । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपमाथिे ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा को १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् । घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभीरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा द...
यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ ८ । सत्ता साझेदार दलहरूको पालिका स्तरीय बैठक दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका पालिका सभापति अमृत गिरीको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले बिभिन्न निर्णय समेत गरेको छ । केही दिन अगाडि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको जिल्ला स्तरीय दिक्तेलमा संयुक्त बैठक बसेको थियो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहरूमा संयुक्त बैठक बसी जनताका माग प्रदेश र संघीय सरकारमार्फत तत्काल सम्बोधन गर्न पहल गर्ने पनि निर्णय गरेको थियो । सोहि निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आज बसेको पालिका स्तरीय बैठकले गाउँपालिकामा सडक, खानेपानी , सिंचाइ , पर्यटन , सहरीकरण , खेलमैदान जस्ता क्षेत्रमा योजना माग गर्ने निर्णय गरेको ...
तुवाचुङ साप्ताहिकद्वारा ९ जना पत्रकारसहित १३ जनालाई पुरस्कार प्रदान

तुवाचुङ साप्ताहिकद्वारा ९ जना पत्रकारसहित १३ जनालाई पुरस्कार प्रदान

Banner News 1, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ ८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले १३ जनालाई पुरस्कृत गरेको छ । पत्रिकाले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा जिल्लामा कार्यरत ९ जना पत्रकार, एक जना शिक्षक, एक जना समाजसेवी, पत्रिकाका सीईओ र पूर्व प्रबन्ध निर्देशकलाई जनही १५ हजार नगदसहित प्रमाणपत्रले विभिन्न शीर्षकमा पुरस्कृत गरेको हो । पत्रिकाले पत्रकार उजुर राईलाई प्रेमबहादुर राई–हीरामाया राई–तुवाचुङ साप्ताहिक पुरस्कार तर्फको पुरस्कार प्रदान गरेको छ । यस्तै स्व. मेघराज राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार भीम राईलाई, स्व. हिमालशेर राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार डम्बरसिं राईलाई, हलेसी तुवाचुङ नगरपालिका–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार दिलीप खत्रीलाई प्रदान गरिएको छ । यस्तै स्व. इन्द्रशेर राई–गउनसरी राई–तुवाचुङ साप्ताहिक पुरस्कार पत्रकार हरिबोल आचा...
नगरपालिका र प्रहरी कार्यलयद्वारा मास्क लगाउँ अभियान सञ्चालन

नगरपालिका र प्रहरी कार्यलयद्वारा मास्क लगाउँ अभियान सञ्चालन

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ८ । खोटाङको हलेसी बजारमा मास्क लगाउँ अभियान सञ्चालन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको आयोजनामा आज मास्क लगाउँ अभियान सञ्चालन गरिएको हो । नगरपालिकाका मेयर इवन राई र इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो । कोरोना नियन्त्रणको लागि मास्क अनिवार्य लगाउँ, तपाईको मास्क खै लगायतका पर्चा सहित मेयर राई, प्रहरी, बिभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको टोलीले ¥याली सहित माइकिङ गरेको थियो । अभियानले मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण गर्दै हरेक दिन मास्क लगाउन अनुरोध समेत गरेको छ । आज हलेसी मन्दिर वरीपरीको बजारमा सञ्चालन गरिएको यो अभियान भोली बिजुले, अर्खौले, दुर्छिम, च्यास्मीटार र जयरामघाट बजारमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।...
कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्यकर्मी संघ खोटाङको माग

कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्यकर्मी संघ खोटाङको माग

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, ७ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङले कोरोना भाइरसबाट संक्रमित भएका स्वास्थ्यकर्मीलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ सूूत्रीय मागसिहतको ज्ञापनपत्र पठाउँदै संघले महामारी नियन्त्रणमा अहरोत्र खटिएका स्वास्थ्यर्मीलाई निःशुल्क उपचारको माग गरेको हो । महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने कार्यका लागि सबै पक्षको सहयोग आवश्यक रहेको र त्यसमा पनि सरकारको मुख्य भूमिका रहने संघका जिल्ला कार्यसमिति कार्यवाहक अध्यक्ष मोहनकुमार राउतले बताउनुभयो । स्वास्थ्यर्मीबाट बढीभन्दा बढी सेवा लिने वातावरण निर्माणका लागि संघले सबै पक्षलाई समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ । सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र क...
कोरोना नियन्त्रणका लागि पत्रकारसँग समन्वय गर्न सम्बद्ध निकायलाई महासंघको अपिल

कोरोना नियन्त्रणका लागि पत्रकारसँग समन्वय गर्न सम्बद्ध निकायलाई महासंघको अपिल

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ ६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पत्रकारसँग आपसमा समन्वय गर्न जिल्लाका सम्बद्ध पक्षलाई आग्रह गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रूपमा पालना गर्न गराउनको लागि सञ्चार माध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने वातावरण निर्माणका लागि महासंघले आग्रह गरेको हो । पत्रकार महासंघका जिल्ला अध्यक्ष दीलिप खत्रीले आज एक अपिल जारी गर्दै साझा प्रयासबाट मात्रा कोरोना नियन्त्रण सम्भव रहेकाले सबै पक्षलाई पत्रकारसँग सहकार्य र समन्वय गर्न आग्रह गर्नुभएको हो । जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायतमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने वातावरण निर्माण गर्न उहाँको आग्रह छ । महामारीको यस कठिन परिस्थितम...
खोटाङमा एकैदिन २७ जना कोरोना संक्रमित थपिए

खोटाङमा एकैदिन २७ जना कोरोना संक्रमित थपिए

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ६ । खोटाङमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । जिल्लमा आज एकैदिन २७ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको नियमित कोरोना अपडेटमा ३८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको २७ जनाको छुट्टै एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो । योसहित जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । संक्रमित सैब होम आइसोलेसनमा रहेका बताइएको छ । जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । प्रशासनले २५ जनाभन्दा धेरै भेला हुने सबै खालका भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ भने माघ ७ गतेदेखि सार्वजनिक निकायका सेवा लिन कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । यसैबीच जिल्ला प्रशासनले राष्ट्रिय परिच...
खोटाङमा भीडभाड हुने सबै किसिमका गतिविधिमा रोक

खोटाङमा भीडभाड हुने सबै किसिमका गतिविधिमा रोक

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ,माघ ६ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा भीडभाड हुने सबै प्रकारका गतिविधिमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सबै प्रकारका आमसभा, जुलुस वा धेरै मानिस भेला हुने क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको हो । बैठकले गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कोभिड–१९ विरुद्धको खोप पूरा मात्रामा लगाएका २५ जना व्यक्ति मात्र सहभागी हुने गरी गर्न सकिने निर्णय गरेको छ । दोहोरी, नाचघर, हेल्थ क्लब, फुटसल, हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम नगर्ने नगराउने निर्णय भएको छ भने शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्न सकिनेछ । विद्यालय, कलेजक...
कोरोनाका कारण हलेसी मन्दिर बन्द

कोरोनाका कारण हलेसी मन्दिर बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिर बन्द भएको छ । कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुुनेछ । यसअघि दोस्रो लहरमा पनि कोरोना नियन्त्रणका लागि बन्द गरिएको करिब ८ महिनापछि मन्दिर खुलेको थियो ।...
छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । छुट्टाछुट्टै जबरजस्ती करणीको मुद्दामा खोटाङमा दुई पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिङमाङले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर किशोरीलाई डर धम्की देखाई जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा आएको जाहेरीका आधारमा हिङमाङ बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोप्य रूपमा खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा दोर्पा चिउरीडाँडाबाटै बुधबार उनलाई पक्राउ गरेको हो । यस्तै राईले पुस ३० गते बिहान ११ बजे पा...