टुङ्गियो समावीको विवाद, व्यवस्थापन समिति अध्यक्षमा इन्दिरा बस्नेत
खोटाङ, चैत ३ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विवाद टुङ्गिएको छ । सदस्य निर्वाचित भएर लामो समय अध्यक्ष चयन हुन सकेको थिएन् । शनिबारको छलफलले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत इन्दिरा बस्नेत कटुवाललाई चयन गरेको विद्यालयले जनाएको छ ।
समिति गठनका लागि गत जेठ २७ गते निर्वाचन भएको थियो । निर्वाचनमा एउटा प्यानलबाट इन्दिरा बस्नेत र डोरनाथ आचार्य, अर्को प्यानलबाट अकेला राई र नारायण राई निर्वाचित हुनुभएको थियो । शिक्षक प्रतिनिधि चन्द्रकुमार श्रेष्ठ पनि निर्वाचनबाटै चुनिनु भएको थियो । बाकी रहेको २ सदस्य मनोनयन गर्न र अध्यक्ष चुन्न पटक पटकको छलफलले सकेको थिएन् । ९ महिना पश्चात शनिबार फुर्वादोर्जी शेर्पा र सर्मिला विश्वकर्मालाई समितिको सदस्यमा मनोनित गरेर बस्नेतलाई अध्यक्ष सर्वसम्मत चुनिएको विद्यालयका प्रधानाध्यापक शिवहरी ढकालले बताउनुभ...









