खोटाङमा आगलागीबाट घर गोठ जलेर नष्ट, ४५ वटा बाख्रा मरे
खोटाङ, पुस २५ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागीबाट एउटा घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङ बजार पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट सुरु भएको आगोले गोठसहित घर जलेर नष्ट भएको हो ।
मंगलबार राती करीब ८ः१५ को समयमा सुरु भएको आगो राती १२ बजे मात्र नियन्त्रणमा आएको थियो । गोठमा परालको कुनिउँ भएकाले आगो नियन्त्रण गर्न समस्या भएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको २ तले घर र २ वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको उहाँको भनाइ छ ।
घरसँगै अन्नपात, भाँडाकुडा, लत्ताकपडा, नगद पैसा सबै जलेर नष्ट भएको छ । गोठमा राखिएको ४५ वटा बाख्रा पनि आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन् । भैँसीको अर्को पाडोे जलेर मरे...









