खोटाङमा कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट पहिलो, दिप्रुङ चुइचुम्मा दोस्रो
खोटाङ, फागुन ११ । कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार नगरपालिका ६६.७८ अंक प्राप्त गरेर पहिलो बनेको हो ।
यस्तै, आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक प्राप्त गरेको छ । दिरुमनपा पछि दोस्रो स्थानमा दिप्रुङ चुइचुम्मा रहेको आयोगले जनाएको छ । जन्तेढुंगा गाउँपालिकाले भने जिल्लाको सबैभन्दा कमजोर देखिएको छ । प्रकाशित कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंक ल्याएको छ ।
अन्य स्थानीय तहले क्रमस ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै, साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी ग...








