Saturday, August 1News That Matters

ताजा अपडेट

जन्तेढुंगाका दुई वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

जन्तेढुंगाका दुई वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २० । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र वडा नं. ३ काहुलेमा एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।काहुलेको हुमापोखरीमा रहेको नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक हप्ताभन्दा बढी समयदेखि उक्त क्षेत्रका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएको नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले बताउनुभयो । “नेटवर्क नहुँदा एक हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा फोन नलाग्ने समस्या छ,” विष्टले भन्नुभयो, “खासगरी बोपुङ र काहुले प्रत्यक्ष प्रभावित भएका छन् ।” सञ्चार जस्तो अत्यावश्यकीय सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ढिला गरिरहेको विष्टको भनाइ छ । यता नेपाल दूरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकी मगरले भने टावर मर्मतका लागि प्राविधिकको टोली खटाइसकिएको बताउनुभयो । समस्याको कारण पत्ता लगाई प्राविधिकको टोलीले चाँडै समाधान गर्ने उह...
देश विकास गर्ने पार्टी एमाले मात्र हो : एमाले अध्यक्ष ओली

देश विकास गर्ने पार्टी एमाले मात्र हो : एमाले अध्यक्ष ओली

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, चैत १९ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै रहेको बताउनुभएको छ । नेकपा एमाले खोटाङले सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न शनिबार जिल्ला आउनुभएका ओलीले सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । बृद्धबृद्धादेखि केटाकेटी सम्मको संरक्षण र देशको विकास एमालेले मात्र गर्न सक्ने उहाँको दावी छ । अध्यक्ष ओलीले भन्नुभयो “नेपालमा सामाजिक सुरक्षा भत्ता दिन नेकपा एमालेले सुरु गरेको हो, कर्मचारीको तलब बृद्धि गर्ने, नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरीब सम्झीने पार्टी भनेको एमाले मात्रै हो ।” समृद्ध नेपाल निर्माण गर्दैगर्दा अव सरकार सधै एमालेले मात्र बनाउने भयो भनेर बिरोधीहरुले जालझेल गरेर सरकारबाट आफुलाई हटाएको उहाँको दावी छ । तर, देशै भरी एमालेमा जनताको लहर रहेको कारण एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल निर...
दुवेकोल र हौँचुरमा महिनाको दुई दिन निशुल्क आयुर्वेदिक औषधि

दुवेकोल र हौँचुरमा महिनाको दुई दिन निशुल्क आयुर्वेदिक औषधि

Banner News 2, ताजा अपडेट, स्थानीय
प्रेम श्रेष्ठ खोटाङ, चैत १७ । रावाबेसी गाउँपालिकाका दुई वटा वडामा महिनाको दुई दिन सञ्चालन हुने गरी (नागरिक आरोग्य सेवा कार्यक्रम) सुरु भएको छ । गाउँपालिकाको आयोजना र खार्पा थुम्की आयुर्वेद औषधालयको संयोजनमा वडा नम्बर–५ दुबेकोल र ६ हौँचुरमा (नागरिक आरोग्य सेवा कार्यक्रम) सुरु भएको हो । पहिलो दिन चैत १५ गते दुबेकोलबाट कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै दोस्रो दिन चैत १६ गते हिजो हौँचुरमा सो कार्यक्रम सञ्चालन भएको छ । अव प्रत्येक महिनाको १५ र २९ गते दुवेकोलमा, १६ र ३० गते हौँचुरमा (नागरिक आरोग्य सेवा कार्यक्रम)ले त्यहाँका नागरिकलाई सेवा दिने हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो । (नागरिक आरोग्य सेवा कार्यक्रम) अन्तरगत योग तथा स्वास्थ्य परामर्शसँगै बिभिन्न रोगहरुको आयुर्वेदिक औषधि निशुल्क प्रदान गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।...
ऐँसेलुखर्क युवासंघ कपको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र आयोजक ‘ए’ ले जित्यो

ऐँसेलुखर्क युवासंघ कपको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र आयोजक ‘ए’ ले जित्यो

खेलकुद, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत १६ । राष्ट्रिय युवा संघ ऐँसेलुखर्कले आयोजना गरेको खुल्ला पुरुष भलिबलको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र महिला भलिबलको उपाधि आयोजक ए समुहले जितेको छ । उपाधिसँगै पुरुष समुहले रु ५० हजार र महिला समुहले रु ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै पुरुष तर्फ दोस्रो, आयोजक ए, तेस्रो राष्ट्रिय युवा संघ रावाबेसी र चौथो तरुण दल महेस्वरी भएका छन् । उनिहरुले क्रमस रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ दोस्रो नेपाली कांग्रेस बाकाचोल, तेस्रो मिलिजुली संयुक्त लोखिम र चौथो बाकाचोल संयुक्त समुह भएका छन् । उनिहरुले क्रमस रु २० हजार, १० हजार र ७ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै ब्याटमिन्टन तर्फ हुलास गुरुङ र महेश बिश्वकर्माको समुह प्रथम, भुमिनन्द राई र दिपेश राईको स...
धितुङमा ज्येष्ठ नागरिकलाई सम्मान, दुर्छिममा महिलालाई बुटिक तालिम

धितुङमा ज्येष्ठ नागरिकलाई सम्मान, दुर्छिममा महिलालाई बुटिक तालिम

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १६ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ८० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले आज कार्यक्रम नै आयोजना गरेर महिला र पुरुष गरी ८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ७३ वर्षमाथिका पुरुष र ७० वर्ष माथिका महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको धितुङका वडाध्यष पृथ्वीराज राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाक मेयर इवन राई र उपमेयर विमला राईले दोसल्ला आढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । सोही अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसमेत गरिएको छ । स्वास्थ्य चौकी धितुङका स्वास्थ्यकर्मीलाई बोलाएर सम्मान कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकको रक्तचाप जाँच गरिएको वडाध्यक्ष राईले बताउनुभयो । दुर्छिममा महिलालाई बुटिक तालिम हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा महिलालाई बुटिक सम्बन्धी सीप विकास तालिम प्रदान गर्न थालिएको छ । गरिबी निवारणका लागि लघु उद...
धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र र सम्पर्क वडा कार्यालय सञ्चालन

धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र र सम्पर्क वडा कार्यालय सञ्चालन

Banner News 1, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत १६ । खोटाङको रावाबेसी गाउँपालिका–४ स्थित धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । भवन निर्माण सम्पन्न पश्चात मंगलबार औपचारीक कार्यक्रममा बीच भवनको उद्घाटन भएसँगै आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै डुम्रेधारापानीको साविक ६,७,८ र ९ नम्बर वडाका नागरिकले अव आधारभुत स्वास्थ्य उपचारको सेवा घर नजिकबाट पाउने वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । वडाध्यक्ष पाण्डेले भन्नुभयो “ती साविका ४ वटा वडाका नागरिकलाई देउरालीमा रहेको डुम्रे स्वास्थ्य चौकी पुग्न २÷३ घण्टा हिड्नु पर्ने बाध्यता थियो । धारापानीमै स्वास्थ्य केन्द्र सञ्चालनमा आएपश्चात त्यहाँका करीब २ सय ५० घरपरिवारले अव घर नजिकैबाट स्वास्थ्य सेवा पाउने छन् ।” यस्तै धारापानीमा आधारभुत स्वास्थ्य केन्द्रसँगै सम्पर्क वडा कार्यालय पनि खोलिएको छ । “वडा कार्यालय टाढा रहेकाले ना...
खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १६ । नेपालका अधिकांश स्थानीय तहका जनप्रतिनिधिको महँगो चार पांग्रे गाडिमा मोह भएपनि केही जनप्रतिनिधिले गाडि खरिद नगरी आफ्नो कार्यकाल बिताउन लागेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङ जिल्लाका चार स्थानीय तहका जनप्रतिनिधिले चार पांग्रे गाडि खरिद गरेका छैनन् । गाडि खरिद नगर्ने स्थानीयतहहरुमा वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । नागरिकको आवश्कयतालाई प्राथमिकतामा राखेर धेरै रकम पर्ने चार पांग्रे गाडी खरिद नगरेका जिल्लाका चार पालिकाका अध्यक्ष र उपाध्यक्षले मोटरसाइकल भने खरिद गरेका छन् । सेवा दिन नागरिकका घरआँगन पुग्नुपर्ने भएकाले थोरै रकमको दुई पांग्रे मोटरसाइकल खरिद गरिएको उहाँहरूले बताउनुभएको छ । “एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले स्कारपि...
३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार मतदाता बढे

३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार मतदाता बढे

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
पवन खड्का खोटाङ, चैत १५ । करिब ३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार बढी मतदाता बढेका छन् । केन्द्रीय तथ्यांक विभागले माघ अन्तिम साता सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणले पछिल्लो दश वर्षमा जिल्लाको जनसंख्या ३० हजार ९ सय ७२ ले घटेको देखाएको थियो । २०६८ को जनगणनामा २ लाख ६ हजार ३ सय १२ जनसंख्या रहेको जिल्लामा २०७८ को जनगणनाले १ लाख ७५ हजार ३ सय ४० मात्र रहेको देखाएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७ सय ५२ जनाले मतदानमा भाग लिन पाउने भएका छन् । जिल्लाका ७५ हजार ६ जना पुरुष र ६८ हजार ७ सय ४६ जना महिलाले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख १५ हजार ६ सय ४२ जना मतदाता थिए । यस आधारमा जिल्लामा पछिल्लो पाँच वर्षमा २८ हजार १ सय...
खोटाङ : कांग्रेसको छैटौँ बैठकले कोषाध्यक्षमा नवराज राईलाई मनोनीत गर्यो (अरु के–के भए निर्णय)?

खोटाङ : कांग्रेसको छैटौँ बैठकले कोषाध्यक्षमा नवराज राईलाई मनोनीत गर्यो (अरु के–के भए निर्णय)?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत १५ । नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिको कोषाध्यक्षमा नवराज राई मनोनीत हुनुभएको छ । निर्वाचित जिल्ला सदस्यलाई सभापतिले सिफारिस गर्ने र जिल्ला कार्यसमितिले मनोनीत गर्ने कांग्रेसको बिधान अनुसार छैटौँ बैठकले राईलाई कोषाध्यक्षमा मनोनीत गरेको हो । सदरमुकाम दिक्तेल स्थित कांग्रेसको पार्टी कार्यालय बिपि स्मृती भवनमा आज बसेको जिल्ला कार्य समितिले बैठकले कोषाध्यक्षमा राईलाई मनोनीतसँगै अन्य चार वटा निर्णय समेत गरेको छ । वडागत संगठन बिस्तार सुदृढीकरण र अनुगमन समितिले पेस गरेको प्रतिबेदन अध्यान गर्नका लागि उप–सभापति तिर्थराज भट्टराईको संयोजकत्वमा अध्यान समिति गठन गरिएको कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिनुभयो । सो समितिले चैत ३० गते भीत्रमा प्रतिबेदनको अध्यान गरी सार प्रतिवेदन पार्टीको जिल्ला कार्यालयमा बुझाउनु पर्नेछ । यस्तै प्रदेश क्षेत्रीय समितिले वडा र पालिका...
खोटाङ : बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा पाँच जना पक्राउ

खोटाङ : बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा पाँच जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १४ । बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा खोटाङमा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा पुल्ली उत्खनन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा पाचँथरको फिदिम नगरपालिका–९ का ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापाको धाइजन गाउँपालिका–७ का ७३ वर्षीय सुनबहादुर चेम्जोङ रहेका प्रहरीले जनाएको छ । बहुमूल्य धातु पुल्लीको उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...