उपचार अभावहुँदा खोटाङमा एक महिला काठको खोर भित्र दर्दनाक अवस्थामा
राजकुमार भट्टराई (सरगम)
खोटाङ, फागुन १२ गते । उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएपछि तत्काल उपचारको लागि लान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ३० वर्षिया फुर्दिकु शेर्पा खोरमा थुनिएकी हुन् ।
डेढ महिना अघिसम्म शेर्पाको दैनिकी सामान्य थियो । तर, अचानक उनको बानी व्यवहारमा परिवर्तन आएपछि अहिले आगनमा काठको खोर बनाएर परिवारले उनलाई थुनेर राखेका छन् । भेटिएको जो कसैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामानहरु फुटाइदिने, घर परिवारका सदस्यलाईसमेत आक्रमण गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पाले बताउनुभयो ।
घरको आगनमा काठले बारेर सानो खोर बनाइएको छ । सोही खोर भित्र महिलालाई राखिएको छ । समय समयमा खाना खाजा उनलाई खोर भित्रै परिवारका सदस्यले दिने गरेका छन् । हाल खोर भित्रै गीत गाउने, नाच्ने कपडाहरुलाई आफ्नो ...









