धामीझाँक्रीको मात्र भर पर्दा खोटाङमा २४ दिनको बच्चाको ज्यान गयो
खोटाङ, मङ्सिर १४ । खोटाङमा अन्ध विश्वासको कारण २४ दिनको बच्चाको ज्यान गएको छ । धामीझाँक्रीको मात्र भर पर्दा जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पामा २४ दिनको बच्चाको ज्यान गएको हो ।
बिरामी बच्चालाई निरन्तर ६/७ दिनसम्म परिवारले धामीसँग झारफुक गर्न लगेका थिए । धामीको झारफुकले निको नभएपछि अन्तिम अवस्थामा बच्चालाई हरमटार अस्पताल पु¥याइएको थियो । अस्पताल आइपुग्दा बच्चाको धड्कन बन्द भइसकेको डाक्टर संगम न्यौपानेले बताउनुभयो ।
अन्ध विश्वासका कारण खार्पा कोइरालेका तेज बहादुर राई र देबिना राईले आफ्नो बच्चालाई गुमाएका हुन् । राई जोडिले कम उमेरमै बिबाह गरेका थिए । देबिनाको उमेर हाल १७ वर्ष मात्र रहेको छ । नियमित गर्भ चाँजसमेत नगराएका उनिहरुले प्रसूतिका लागि पनि वर्थीङ सेन्टरसम्म गएका थिएनन् । घरमै बच्चा जन्माएका उनिहरुले बच्चा बिरामीहुँदा पनि स्वास्थ्य संस्थामा लगेनन् । बच्चा नबाच्ने अवस्थामा पुगेपछ...









