टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते
खोटाङ, कात्तिक २६ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा आयोजित साबिकको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र महिलातर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले जितेको छ । टेम्मास्थित धिप्लुङ झर्ना न्यु स्टार युवा संस्थाले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिसँगै राजापानीले नगद रु ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषतर्फ दोस्रो र तेस्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खुमुम्बु र सोही गाउँपालिकाको वडा नम्बर ७ टेम्मास्थित गोपिलेले क्रमस नगद रु २० हजार र रु १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । महिलातर्फ प्रथम भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले नगद रु ७ हजार ७७७ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र...









