कुलमान घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थल रभुँवामा
खोटाङ, कात्तिक १५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरिक्षण गरेका छन् । निर्देशक घिसिङसहित एडिबी मनिला हेडक्वाटरबाट रमशे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डारेक्टर अर्नर्ड कुस्वा बुधबार (आज) आयोजना स्थल रभुँवामा आउनुभएको हो ।
आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरु रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो । उहाँहरुले आयोजनाबाट प्रभावित क्षेत्रका जनप्रतिनिधि र नागरिकसँग छलफलसमेत गर्नुभएको छ । प्रभावित क्षेत्रबाट उपस्थित रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निसा...








