Friday, April 17News That Matters

Banner News 3

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २८ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारकोक्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकै बारीमा जोत्ने क्रममा सामान्य विवादहुँदा श्रीमती रेनुकाले श्रीमान पाँचकर्णलाई कोदालोको पासोले टाँउकोमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । गम्भीर घाइते पाँचकर्णलाई नगर अस्पताल दुर्छिम उपचारको लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँचकर्णको शनिबार साँझ मृत्यु भएको प्रह...
खोटाङबाट राष्ट्रिय युवा संघको १३ जना केन्द्रीय प्रतिनिधि छनोट

खोटाङबाट राष्ट्रिय युवा संघको १३ जना केन्द्रीय प्रतिनिधि छनोट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख २८ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । पोखरामा हुने आसन्न महाधिवेशनको लागि युवा संघ खोटाङले १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित एमालेको पार्टी कार्यालयमा शनिबार बसेको युवा संघको तेस्रो पूर्ण बैठकले दश स्थानीय तहबाट १/१ जना र जिल्लाबाट ३ जना गरी १३ जना प्रतिनिधि छनोट गरेको युवा संघका जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो । जिल्लाबाट रोशन राई, सविन राई र रस्मिका आचार्य प्रतिनिधिकोरुपमा छनोट हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट विजय राई, हलेसी तुवाचुङ नगरपालिकाबाट किसन राई, ऐसेलुखर्क गाउँपालिकाबाट डेबिट राई, केपिलासगढी गाउँपालिकाबाट मौसम राई र रावा बेसी गाउँपालिकाबाट यम मगरलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरिएको छ । यस्तै, साकेला गाउँपालिकाबाट भैरब बस्नेत, दिप्रुङ चुइचु...
पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका

पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १८ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा रावा बेसी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो स्थानीय तह बनेको छ । खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि रावा बेसीलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाएपछि वडाहुँदै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा ...
गाउँ फर्किनेलाई पालिकाको एक लाख

गाउँ फर्किनेलाई पालिकाको एक लाख

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ५ गते । बसाइसराइँ गरेर गएपनि पुनः गाउँ फर्किने परिवारलाई खोटाङको बराहपोखरी गाउँपालिकाले एक लाख प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ दिएको हो । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइसराइँ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्ष पछि उनीहरु पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइसराइँले गाउँ खालीहुँदै गएको छ । गाउँ छाडेर जानेहरुको संख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिना अघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्त्रण गर्नुभएको हो । आफ्नो जन्मथलोको माया लागेर गाउँ फर्किएको बोदबहादुर खड्काको भनाइ छ । पुरानो आफ्नो ...
चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ४ । बाँदर खेद्न जादा खोटाङमा चट्याङ लागेर एक ब्यक्तिको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गंगा प्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जादा ढकाललाई चट्याङ लागेको पाइएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो । बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहिबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाइ छ । विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको वडाध्यक्ष चौहानले बताउनुभयो । चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको उहाँको भनाइ छ । चट्याङ लागेर मृत्यु भइसके पछि ढकाललाई मृत अवस्थामा भेटिएको हो ।...
खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो

खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङमा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बार्दलीबाट लडेर एक बालिकाको मृत्यु भएको छ भने चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाको छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु गएको हो । यस्तै, जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर ज्यान गएको हो । जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आएका पोखरेल दम्पतीको छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि स...
भवन र जनशक्ति नहुँदा जिल्ला अस्पताल खोटाङमा आइसियु प्रयोग विहिन

भवन र जनशक्ति नहुँदा जिल्ला अस्पताल खोटाङमा आइसियु प्रयोग विहिन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २ । खोटाङको एक मात्र ठूलो अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष (आइसियु) छैन । आइसियुका उपकरण आएपनि जडान गर्ने ठाउँ र जनशक्ति नहुँदा थन्किएर बसेको छ । जिल्लाको सबै भन्दा ठुलो अस्पतालमा आइसियु सेवा नुहँदा जटिल खालका बिरामीलाई जिल्ला बाहिर लानु पर्ने बाध्यता छ । कोभिडको समयमा जिल्ला अस्पताल खोटाङलाई पाँच बेड सञ्चालनका लागि आइसियुको उपकरण आएको अस्पताल प्रमुख डा. रुपेश संग्रौलाले बताउनुभयो । तर, जडान गर्ने ठाउँ र सञ्चालनका लागि जनशक्ति नहुँदा उपकरणहरु स्टोरमा थन्किएको उहाँको भनाइ छ । आइसियु सेवा सञ्चालन नहुँदा जटिल खालका बिरामीलाई बाहिर रेफर गर्नु पर्ने बाध्यता रहेको डा. संग्रौलाले बताउनुभयो । अस्पतालबाट रेफर भएका कतिपय बिरामीहरुको अन्य अस्पताल जादाजादै बाटैमा मृत्यु भएको छ । आर्थिक अवस्था राम्रो हुने परिवारले हेलिकप्टर चार्टर गरेर बिरामी सुविधा सम्पन्न अस्पतालमा लाने ...
कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ भर हलेसी तुवाचुङ प्रथम, दिक्तेल दोस्रो रावा बेसी तेस्रो

कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ भर हलेसी तुवाचुङ प्रथम, दिक्तेल दोस्रो रावा बेसी तेस्रो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २७ । स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहलाई पछि पार्दै हलेसी तुवाचुङ पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबै भन्दा बढी ६८.५४ नम्बर पाएको छ । यस अघिको प्रारम्भिक नतिजामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, रावा बेसी गाउँपालिका दोस्रो र हलेसी तुवाचुङ नगरपालिका तेस्रो थियो । तर आयोगले फागुन २५ गते सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङ पहिलो भएको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अङ्क माघ ...
हलेसी तुवाचुङ नगरपालिकाको लोगो सार्वजनिक

हलेसी तुवाचुङ नगरपालिकाको लोगो सार्वजनिक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २५ । त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । ऐतिहासिक धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । ११५ औं अन्ताष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थ मन्त्री प्रकाश शरण महतको हातबाट लोको सार्वजनिक गरिएको हो । पूर्व अर्थ मन्त्री महतसँगै प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई लगायतले लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनकि सूचना निकालिएको थियो । उक्त सूचनाका आधारमा ७ वटा लोगो आएको नगरपालिकाले जनाएको छ । जसमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोश दाहाल ले बनाएको लोगो छनोट भएको हो । नगरपालिकाको १५ औं नगरसभाले लोगो छनोटसँगै स्विकृत गरेको मे...
एक महिना पछि खोटाङले पायो सीडीओ

एक महिना पछि खोटाङले पायो सीडीओ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २२ । लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेको खोटाङले सीडीओ पाएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ करिब एक महिना सीडीओ विहिन रहेको थियो । गत माघ २४ गते तत्कालीन सीडीओ शिव कुमार कार्की अवकाशमा गएपछि खोटाङ सीडीओ विहीन थियो । करिब एक महिना पश्चात गृह मन्त्रालयले खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । खोटाङको सीडीओमा घिमिरेलाई पठाएको मन्त्रालयले जिल्ला प्रशासन कार्यालय खोटाङमा पत्र पठाइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले हाल निमित्त प्रमुख जिल्ला अधिकारीकोरुपमा काम गरिरहनुभएको छ । प्रमुख जिल्ला अधिकारी नहुँदा नागरिकका केही महत्वपूर्ण कामहरु रोकिएका छन् । खोटाङसँगै लामो समय सीडीयो विहिन ओखलढुंगा लगाएतका जिल्लाहरुले पनि सीडीओे पाएका छन् ।...