महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने
खोटाङ, फागुन २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाउने भएको छ । देशका दुई चर्चित महिला नेता, सामाजिक अभियान्ता प्रेरक वक्तासहितको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानव हलेसी आउने नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, ‘उहाँहरु नेपालको उच्च ठाउँमा पुग्नु भएको छ । हरेक म्हिलाहरुलाई त्यो ठाउँमा पुग्ने मन हुन्छ, अझ भनौँ उहाँहरुको कुरा सुनेर सबैलाई प्रेरणा मिलोस् की त्यो ठाउँमा पुग्ने सबैको इच्छा चाहना बनोस् । त्यसैले उहाँहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो ।’ अहिले हरेक व्यक्ति, परिवार र...









