Tuesday, April 21News That Matters

Banner News 3

तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिकाले गर्यो सम्मान

तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राईलाई गाउँपालिकाले गर्यो सम्मान

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ९ । तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता राजकुमार राईलाई खोटाङमा सम्मान गरिएको छ । राईलाई केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले शुक्रबार दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गर्नुभएको हो । केपिलासगढी गाउँपालिका राईको गृहपालिका हो । केही दिनअघि गृहपालिका आउनुभएका राईलाई तेक्वान्दोको माध्यमबाट देशलाई चिनाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर निवासी राईले आठौं साफमा नेपालकातर्फबाट तेक्वान्दोमा स्वर्ण पदक र १० औं एसियन गेममा नेपाललाई पहिलो कास्य पदक जिताउनु भएको थियो । वल्ड तेक्वान्दो च्याम्पियनको अनुभवसमेत बटुल्नु भएका राई चलचित्र निर्माता पनि हुनुहुनछ । उहाँको पछिल्लो फिल्म ‘सोउल अफ द कमाण्डो’ हाल विभिन्न हलमा चहिरहेको छ ।...
फोक्सिङ्टार पुल निर्माण सुरु भएको दश वर्षपछि सञ्चालनमा आयो

फोक्सिङ्टार पुल निर्माण सुरु भएको दश वर्षपछि सञ्चालनमा आयो

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ७ । पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत वारी–पारी सडक बनेपनि नदिमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो । हिउँदको समयमा अस्थायी रुपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारी साधन वारपार हुने गरेको थियो । बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता थियो । खोटाङ र उदयपुर जिल्लाको सिमानामा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदिमा मोटरेबल पक्की पुल बिहिबारबाट सञ्चालन आएसँगै तराई आवतजावत गर्न र सामान ढुवानी गर्न जिल्लाबासीलाई सहज हुने ...
सुत्केरी उद्दार गर्न आएको हेलिकप्टरले मोटरसाइकल उडाएपछि….भिडियोसहित

सुत्केरी उद्दार गर्न आएको हेलिकप्टरले मोटरसाइकल उडाएपछि….भिडियोसहित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, स्थानीय
खोटाङ, पुस ७ । बिहिबार सुत्केरी उद्दार गर्न दिक्तेल आएको हेलिकप्टरले मोटरसाइकल उडाएको छ । सुन्दा अचम्म लागे पनि घटना भने यथार्थ हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षिया इन्द्रकला राईको सुत्केरी पश्चात अत्याधिक रगत बगेपछि निशुल्क सेवा राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तरगत हेलिकप्टर लिन आयो । बिहिबार दिउसो करीब १ बजे दिक्तेलस्थित हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गरियो । तर ल्याण्ड गर्ने क्रममा हेलिप्याडको छेउमा पार्किङ गरेर राखिएको मोटरसाइकल हेलिकप्टरको हावाले उडाएको छ । हेलिप्याडको छेउमा ३/४ वटा मोटरसाइकल पार्किङ गरेर राखिएको थियो । त्यसमध्ये एउटा मोटरसाइकल भने हेलिकप्टरको हावाले उडाएर करीब १५ मिटर तल सडकमा झारेको छ । हेलिप्याडबाट जिल्ला समन्वय समितिको हल पछाडिको सडमा झरेको मोटरसाइकलको अगाडिको भाग पुर्णरुपमा क्षति भएको छ । मोटरसाइकल साकेला गाउँपालिकाका एक व्यक्तिको र...
नेपाल नगरपालिका संघको कोषाध्यक्षमा विमला राई चयन

नेपाल नगरपालिका संघको कोषाध्यक्षमा विमला राई चयन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, पुस ६ । नेपाल नगरपालिका संघको कोषाध्यक्षमा खोटाङका विमला राई चयन हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिकाको मेयर राई संघको संघको आठौं महाधिवेशनबाट कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । ४३ सदस्यीय कार्यसमिति रहनेगरी संघको अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुँदा उपमहासचिवमा काठमाडौं महानगरपालिकाक उपप्रमुख सुनिता डंगोल र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिका प्रमुख एकीकृत समाजवादीक मीना लामा चयन हुनुभएको छ । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित ह...
ऐँसेलुखर्कमा पुस १३ र १४ गते कृषि मेला प्रदर्शनी हुने

ऐँसेलुखर्कमा पुस १३ र १४ गते कृषि मेला प्रदर्शनी हुने

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ६ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा कृषि मेला प्रदर्शनी हुने भएको छ । गाउँपालिकाको आयोजनामा पुस १३ र १४ गते पालिका स्तरीय कृषि मेला प्रदर्शनी हुने भएको हो । पलिकाको वडा नम्बर तीनस्थित ऐँसेलुखर्क बजारमा मेला प्रदर्शनी हुने गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ । कृषि मेलामा कृषि उपज सामाग्रीसहित उपस्थित हुने उत्कृष्ट कृषकहरुले पुरस्कारसमेत पाउने गाउँपालिकाले जनाएको छ । हेर्नुहोस् पालिकाको सूचना...
हलेसी तुवाचुङ : सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पढाउन नगर शिक्षक नियुक्त

हलेसी तुवाचुङ : सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पढाउन नगर शिक्षक नियुक्त

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरेको छ । सुत्केरी बिदामा शिक्षक बस्दा विद्यार्थीहरुको पढाइ बिग्रिने भएकाले बिदामा बसेका विद्यालयमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । प्रसूति हुनेहरुको सट्टामा ३ महिनाका लागि सट्टा शिक्षक राख्ने नगर शिक्षा समितिको मंसिर १३ गतेको निर्णय अनुसार मंसिर १५ गते नगरपालिकाले सूचना जारी गरेको थियो । सूचनाका आधारमा आएका व्यक्तिहरुको परिक्षा गरेर १ पुरुष र ३ महिला गरी ४ जना नगर शिक्षक छनोट गरिएको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । छनोट भएका तीन जना नगर शिक्षकलाई वडा नम्बर ९ स्थित सरस्वती प्राथमिक विद्यालय, वडा नम्बर ७ स्थित कालिका आधारभुत विद्यालय र वडा नम्बर २ स्थित बालकन्या आधारभुत विद्यालयमा नियुक्ती दिएर खटाइसकिएको छ । ...
खोटाङ : बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

खोटाङ : बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, ४ पुस । खोटाङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको हो । सोमबार साँझ स्थानीय व्यवसायी दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो । आगलागीमा व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् । ढुंगामाटो र पानी हालेर स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन् । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...

राज्यले दिएको अधिकार नपाएको खोटाङका ज्येष्ठ नागरिकको गुनासो

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ४ । राज्यले दिएको अधिकार नपाएको भन्दै खोटाङका ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । गाडी भाडा, प्लेन भाडा, अस्पताल, बैकं र विद्युत कार्यालय लगायतका ठाउँहरुमा अन्याय भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ । राज्यले दिएको अधिकार सुनिश्चित गर्न माग गर्दै ज्येष्ठ नागरिकहरु सोमबार जिल्ला प्रशासन पुगेका थिए । करीब ३० जनाको संख्यामा प्रशासन पुगेका ज्येष्ठ नागरिकहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाइँ समक्ष गुनासो राखेका छन् । गाडी भाडा र प्लेन भाडामा पाउनु पर्ने ५० प्रतिशत भाडा छुट नपाएको, गाडीमा ज्येष्ठ नागरिकलाई सिट सुरक्षित नगरिएको, अस्पताल, विद्युत कार्यालय र बैंकहरुमा अन्य नागरिकलाई जस्तै लाइनमा लगाइएको ज्येष्ठ नागरिकहरुको गुनासो छ । ‘सवारी .साधनमा ज्येष्ठ नागरिकलाई खोटाङमा छुट् दिदैनन्, ज्येष्ठ नागरिकको सिटमा बस्न पनि नपाइने अवस्था छ । विभिन्न कार्यालयहरुमा लाइनमा उ...
खोटाङमा अलैंची उत्पादनमा वृद्धि

खोटाङमा अलैंची उत्पादनमा वृद्धि

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ३ । खोटाङमा यस वर्ष अलैंची उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलानामा यस वर्ष जिल्लामा २५ मेट्रिक्टनले अलैंची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । ज्ञान केन्द्रको तथ्यांक अनुसार अघिल्लो वर्ष १ हजार ४ सय २ हेक्टर जग्गामा अलैंची लगाउदा ५ सय ८५ मेट्रिक्टन अलैंची उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा अलैंची लगाउदा ६ सय १० मेट्रिक्टन अलैंची उत्पादन भएको हो । विशेष जिल्लाको जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अलैंची उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो ।...

तलब बिनाको समितिको पदमा बस्न होडबाजी, दुई पटकको भेलाले पनि समिति छान्न सकेन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङको दिक्तेलस्थित रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत मंसिर २६ गतेकालागि दोस्रो वार्षिक साधरण सभा बोलायो । सभा सफल पार्न जिल्ला समन्वय समितिको समिक्षालय हलमा उपभोक्ता पनि भेला भए । तर ५१ प्रतिशत उपभोक्ता उपस्थित नभएपछि सभा स्थगीत भयो । खानेपानी संस्थाले पुनः साधरणसभा गर्ने भन्दै पुस २ गतेलाई मिति तोक्यो । दोस्रो पटक पनि गणपुरक संख्या नभएको भन्दै सभा स्थगीत गरियो । तर उपभोक्ताको आवश्यक संख्या उपस्थित नभएको भन्दा पनि हालको समितिले चाहेको मान्छे नयाँ समितिमा निर्वाचित हुन कठीन हुने अवस्था देखिएपछि सभा स्थगीत भएको बुझिएको छ । ‘एक उपभोक्ताले भने, के को कम मानिस उपस्थित भएको हुनु, धेरै उपस्थित भएका थिए, तर आफुले चाहेको मान्छे अध्यक्ष लगायतका पदमा पराजित हुने स्थिती देखिएपछि साधरणसभा स्थिगीत गरेका हुन् ।’ ‘त्यो पदमा बसेर न भत्ता आउछ न तलब आउछ तर...